रेमिट्यान्स पठाउने श्रमिकलाई विमानस्थलमा दुःख नदिन आग्रह
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह गर्नुभएको छ ।
श्रीलङ्काको केन्द्रीय बैङद्वारा ब्याज दर नियन्त्रण
श्रीलङ्काको केन्द्रीय बैङ्कले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) ५० आधार अङ्कले घटाएर क्रमशः : ८.५० प्रतिशत र ९.५० प्रतिशतमा झार्ने निर्णय गरेको छ ।
इटालीमा १० प्रतिशत नागरिकमा निरपेक्ष गरिबी
सन् २०२३ मा इटालीमा हरेक १० मध्ये एक जना निरपेक्ष गरिबीमा बाँचिरहेका प्रारम्भिक सरकारी तथ्याङ्कले देखाएको छ ।
अमेरिकामा पनि मनाइयो होली पर्व
फाल्गुण शुक्ल अष्टमीका दिन हर्षोल्लास र उमङ्गका साथ मनाइने पर्व होली अर्थात् फागु मनाइएको छ ।
गृहमन्त्री लामिछाने र इजरायलका राजदूत गोदरबिच भेट
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबिच भेटवार्ता भएको छ । भेटमा राजदूत गोदरले गृहमन्त्री नियुक्त हुनुभएकोमा लामिछानेलाई बधाई ज्ञापन गर्नुभयो ।
सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैङ्कलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) लाई आग्रह गर्नुभएको छ ।
मधेशी एकता समाजको 'इफ्तार' कार्यक्रम
विदेशमा बस्ने नेपालका मधेशीहरुको साझा सङ्गठन मधेशी एकता समाजले युइईको दुबईमा 'इफ्तार' पार्टीको आयोजना गरेको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा
बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गर्नुभयो ।
लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका उपाध्यक्षलाई निमन्त्रणा
अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गर्नुभएको छ ।
बङ्गलादेशका पारवहनमन्त्री चौधरी पूर्वीनाका हुँदै नेपाल भ्रमणमा
बङ्गलादेशका पारवहनमन्त्री खालिद महम्मद चौधरी पूर्वीनाका काँकडभिट्टा हुँदै शनिबार नेपाल भ्रमणमा आउनुभएको छ ।
एक वर्षमा वैदेशिक रोजगारीका सात लाखभन्दा बढी आबद्ध
वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा स्वरोजगार रहेका नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सुुरु गरेको एक वर्षमा सात लाखभन्दा बढी आबद्ध भएका छन् । गत वर्ष चैत ८ गते वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहनुभएकी मञ्जु थपलियाका श्रीमान् गोपाल सङ्ग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर सुरु भएको योजनामा सात लाख ३२ हजार ८७८ जना आबद्ध भएका हुन् । यो सङ्ख्या गत चैत ८ देखि आजसम्म वैदेशिक रोजगारीमा जानुपूर्व र विदेशमा स्वरोजगार हुने कोषमा आबद्धता भएकाको सङ्ख्या हो तर निरन्तरता दिने श्रमिकको सङ्ख्या असाध्यै कम रहेको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ भोली चीन जानुहुँदै
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।
एक घण्टामा श्रम स्वीकृति दिन असम्भव
श्रम स्वीकृति दिने जिम्मा पाएको वैदेशिक रोजगार विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय तथा श्रम कार्यालयहरूले हालको सफ्टवेयरबाट एक घण्टामा श्रम स्वीकृति दिन नसक्ने जनाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डिपी) ले शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने तयारी गरेको बताउनुभएको थियो । विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय काठमाडौँसहित श्रम तथा रोजगार कार्यालय पोखरा, श्रम तथा रोजगार कार्यालय बुटवल, श्रम तथा रोजगार कार्यालय जनकपुर र श्रम तथा रोजगार कार्यालय सुर्खेत र दूतावासबाट गन्तव्य देशबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था छ ।
रुसद्वारा किएभमा ३१ क्षेप्यास्त्र प्रहार, १३ जना घाइते
रुसले ४४ दिनपछि युक्रेनको राजधानी किएभमा बिहीबार बिहान ३१ ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्र प्रहार गरेको अधिकारीहरूले बताएका छन् । वायु सेनाले मिसाइलहरू खसाए पनि घटनामा एक बालिकासहित १३ जना घाइते भएका छन् ।
नेपाल–भारत धार्मिक सिद्धरत्ननाथ–देवीपाटन महायात्रा हुने
धार्मिक एवम् ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा २०८० को तयारीलाई तीव्र बनाइएको छ । प्रत्येक वर्ष चैत पञ्चमीका दिन दाङको चौघेराबाट भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थीत पाटेश्वरी मन्दिर पुग्नेगरी हुने धार्मिक र सांस्कृतिक महत्वको ऐतिहासिक यात्रालाई भव्य बनाउँदै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने गरी महायात्राको तयारी थालिएको हो ।
ओलम्पिक रोमान्स : खेलाडीलाई कन्डम निःशुल्क
पेरिस ओलम्पिक आयोजकहरूले यस वर्ष प्रेमको सहरमा हुने खेलहरूमा रोमान्टिक हुन चाहने खेलाडीहरूलाई दुई लाख २० हजार कन्डम वितरण गर्ने भएका छन् ।
अस्ट्रेलियाको वातावरण अस्वस्थकर
सन् २०२३ मा अस्ट्रेलियाको वातावरण स्वास्थ्यकर नरहेको प्रतिवेदन सार्वजनिक भएको छ । सन् २०२३ मा कम वर्षा र खतरामा परेका प्रजातिहरूको सङ्ख्यामा वृद्धिमा पनि गिरावट आएको एक रिपोर्टले जनाएको छ ।
अस्ट्रेलियामा आँधीका कारण सात सय जना अलपत्र
अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्ण कटिबन्धीय चक्रवातका कारण करिब सात सय जना व्यक्ति अलपत्र परेका छन् ।
२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन
विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले नेपाली जातिलाई एकतृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन [एएनओ] गठन गरेको छ ।
‘नेपालमा पढाइन्छ, जापानमा सिकाइन्छ’
हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयमा पुग्दा प्राङ्गणमा सूर्यचन्द्र अङ्कित नेपाली झण्डा फहराइरहेको थियो । विद्यार्थीहरु ‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई... बोलको नेपाली मौलिक गीतमा नृत्यको अभ्यास गर्दै थिए ।
आठ महिनामा चार लाख एकहत्तर हजार श्रम स्वीकृति
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या करिब पाँच लाख पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत साउनदेखि फागुनसम्म रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या चार लाख ७१ हजार २४० पुगेको हो ।
इजराइली सैनिकले गाजामा योजनाबद्ध स्थल आक्रमण गर्ने
इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइली सैनिकले दक्षिणी गाजाको रफामा योजनाबद्ध स्थल आक्रमण गर्ने आइतबार बताउनुभएको छ । यसबाट ठूलो मात्रामा नागरिक हताहत हुने आशङ्का बढेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुखद्वारा रफाहमाथिको आक्रमण रोक्न आग्रह
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले गाजाको सबैभन्दा दक्षिणी सहर रफाहमा भइरहेको स्थलगत आक्रमण रोक्न इजरायललाई आग्रह गर्नुभएको छ ।
अस्ट्रेलियाका कोषाध्यक्षद्वारा सरकारी राजश्व घट्ने चेतावनी
अस्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले कमोडिटीको मूल्यमा गिरावट र बेरोजगारीमा वृद्धिले अस्ट्रेलियाको आगामी सङ्घीय बजेटमा राजश्व प्रक्षेपणमा नकारात्मक असर पार्ने चेतावनी दिनुभएको छ ।