अष्ट्रेलियामा बाढीका कारण सामान्य जनजीवन प्रभावित
सिड्नी, चैत २५ गते । अस्ट्रेलियाको न्यू साउथ वेल्समा व्यापक वर्षापछि आइतबार आएको बाढीका कारण सयौँ व्यक्ति प्रभावित भएका छन् । उत्तरपूर्वी सिड्नीमा भारी वर्षापछि बाढी र डुबानको जोखिमबाट सुरक्षा दिन करिब ३०० घर खाली गराइएको आपतकालीन सेवाहरूले जनाएका छन् ।सङ्घीय विपद् व्यवस्थापन मन्त्री क्याथरिन किङले बाढीको पानीले छोटो समयमा नै राज्यभरि व्यापक क्षति पु र्य ाएको बताउनुभएको छ । “न्यू साउथ वेल्स सरकारले क्षतिको आँकलन गर्न र यस विपत्तिको प्रभाव बुझ्ने कार्यलाई जारी राखेको छ,” मन्त्री किङले भन्नुभयो । आपतकालीन सेवा राज्यमन्त्री जिहाद डिबका अनुसार उद्धारकर्मीले शुक्रबारदेखि समाचार तयार पार्दासम्म् करिब २०० घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थलमा पु र्य एका छन् । उहाँका अनुसार करिब पाँच हजार स्वयंसेवकले रातभर काम गरेर प्रभावितलाई सहयोग गरेका थिए ।राज्यका आपतकालीन आयुक्त कार्लीन योर्कले बाढी प्रभावित क्षेत्रमा बाढीजन्य जोखिमबाट बच्न नियमित सूचना जारी गरिरहेको जानकारी दिनुभयो । जलवायु परिवर्तनले बाढी, डढेलो र चक्रवातजस्ता प्राकृतिक प्रकोपको जोखिम बढाउँछ भनेर अनुसन्धाताहरूले बारम्बार चेतावनी दिँदै आएका समय पछिल्लो डेढ वर्षमा यस क्षेत्रमा सात पटकभन्दा बढी बाढी आएको छ । अधिकारीहरूले सफाइ खर्च र आपतकालीन आवासका लागि भुक्तानीमा सहयोग गर्न प्रकोप सहायता सुरु गरेका छन् । रासस/एएफपी
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
गोरखा समाज अष्ट्रेलियाको निमन्त्रणा एवं आयोजनामा गत फेब्रुअरी १२ देखि मार्च २५ तारिखसम्म अष्ट्रेलियाको सात राज्यका विभिन्न १० स्थानमा गरिएको कार्यक्रममा नगद रु ५० लाख र प्रतिवद्धतास्वरुप रु एक करोड २० लाख प्राप्त भएको मानवसेवा आश्रमले जनाएको छ ।
नयाँ वर्षमा अस्ट्रेलियामा आतसबाजी
विदेशमा रहने नेपालीले आफ्नो अलग पहिचान देखाउने प्रवृत्ति बढ्न थालेको छ । यसै क्रममा अस्ट्रेलियामा बस्ने नेपालीले नयाँ वर्ष २०८१ का अवसरमा आतसबाजी गर्ने भएका छन् । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते (१३ अप्रिल, २०२४) अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन्समा आतसबाजीसहित नयाँ वर्ष मनाउन लागिएको जानकारी अस्ट्रेलियास्थित सनातन समाजका अध्यक्ष सन्तोष मल्लले दिनुभयो । अध्ययन, रोजगारलगायत विभिन्न उद्देश्यले अस्ट्रेलिया पुगेका नेपालीको क्यानबेरामा उल्लेख्य बसोबास रहेको छ । अस्ट्रेलियामा लामो समयदेखि थुप्रै नेपाली बस्दै आइरहेका छन् ।
प्रधानमन्त्रीद्वारा जुगल हिमाल आरोहण दललाई नेपाली झन्डा हस्तान्तरण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुगल हिमाल आरोहण टोलीलाई नेपाली झन्डा हस्तान्तरण गर्नुभएको छ । नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ५०औँ वर्षका अवसरमा उक्त टोलीले जुगल हिमाल आरोहण गर्न लागेको हो ।
विलासी सहर दुबई
दुबई अवतरण भएकै दिन हो, रातिको खानाको आयोजना क्रुजमा थियो । मरिनबिचको क्रुजतिर जानै लाग्दा चालकबाहेकको अर्को एक जनाले सोध्यो, ल्याङ्वेज इङ्लिस वा हिन्दी ? उसले आफ्नो परिचय दियो । ऊ गाइड थियो । अनुमान लगाउन गाह्रो भएन । सबैभन्दा पहिला दुबई आउने पर्यटकले जान्नैपर्ने नियमहरू बतायो । दस वटा नियम पालैपालो ।
केयरगिभरमा इजरायल जान करार सम्झौता
सरकारले इजरायलमा सहायक श्रमिकका रूपमा केयरगिभरमा जान स्वास्थ्य परीक्षण गरेका ४२५ युवामध्ये २१ जनाको करार सम्झौता भएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलमा केयरगिभरका लागि रोजगारदाताले श्रम सम्झौता गर्न थालेपछि नेपाली युवा जान पाएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पटक पटकको आग्रहपछि इजरायल सरकारले केयरगिभरमा छनोट भएका युवालाई इजरायलमा रोजगारी दिने भएपछि जान थालेका छन् । यसअघि लट्रीमा नपरेका अहिले पुनः छनोट गरेर ४२५ युवालाई अहिले लैजान सुरु गरेको हो ।
अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि संयुक्त राष्ट्रसङ्घसँग आग्रह गर्ने तयारी
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्नका लागि संयुक्त राष्ट्रसंघसँग आग्रह गर्ने बताउनुभएको छ ।
कृषिका लागि चिनियाँ विकास बैंकको ऋण सहयोग दोब्बर
चीनको प्रमुख नीतिगत बैंकको रुपमा रहेको चाइना विकास बैंक (सिडिबी) ले यस वर्ष देशभर कृषि विकास र संरक्षणका साथै उत्पादकत्व सुधारका लागि आर्थिक सहयोग बढाएर दोब्बर बनाएको छ ।
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारत भ्रमण गर्ने
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतको आसन्न लोकसभा चुनाव सम्पन्न भएपछि भारतको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री हसिनाले चुनावपछि भारत भ्रमण गर्ने जानकारी बङ्गलादेशका विदेशमन्त्री हसन महमुदले बताउनुभएको छ ।
गीतकार लोकराज अन्तर्राष्ट्रिय अवार्डमा मनोनीत
अमेरिकाको एटलान्टामा आगामी अगष्ट २४ मा हुने छैटौँ आइएसएसए अन्तर्राष्ट्रिय अवार्डमा नेपालबाट सञ्चारकर्मी एवं प्रसिद्ध गीतकार लोकराज अधिकारी मनोनीत हुनुभएको छ ।
‘नेपाल डे परेड’ को तयारी तीव्र
गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका क्यालिफोर्निया राज्य च्याप्टर, वेष्ट रिजन कमिटी, नेपाल आदिवासी जनजाती महासंघलगायत क्यालिफोर्नियाको सक्रिय संघ संस्थाहरुको संयुक्त आयोजनामा अप्रिल १४ मा हुने ‘नेपाल डे परेड’ को तयारी तिव्र बनाइएको छ ।
विदेशमा बसेका नेपालीका गुनासा र समस्या सम्बोधन गर्न नयाँ व्यवस्था
कन्सुलर सेवा विभागले बिहीबरबाट विदेशमा बसेका नेपालीहरुका गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत दर्ता गराउन सक्नेगरी नयाँ मोड्युल (अनलाइन प्रणाली) को शुभारम्भ गरेको छ ।
पदक विजेता एरिका र प्रशिक्षक कुशल अमेरिकामा सम्मानित
नेपालकी चर्चित कराँते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ अमेरिकामा सम्मानित हुनुभएको छ ।
एनआरएनएको दुवै कार्यसमिति अमान्य ठहर
सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा नेतृत्व गर्नुभएका बद्री केसी र आरके शर्मा दुवै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।
बेचिनबाट जोगिए पाँच महिला, होटलबाट उद्धार
वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी अहिले आवश्यक परामर्श गरिरहेको र उक्त घटनाको अनुसन्धान पनि थालिएको जनाएको छ ।
चीन भ्रमणबारे उपप्रधानमन्त्री श्रेष्ठद्वारा संसद्लाई जानकारी
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणको उपलब्धिबारे संसद्लाई जानकारी गराउनुभएको छ ।
मृत्युदण्डले मर्दैन अपराध
विश्वका विभिन्न मुलुकमा जघन्य अपराध गरेका अपराधीलाई मृत्युदण्ड दिने गरिन्छ । मृत्युदण्ड दिने तरिका फरक फरक छन् । कतै झुन्डाएर, कतै टाउको काटेर, कतै गोली हानेर, कतै घातक सुई दिएर र त कतै विषालु ग्यास सुँघाएर मृत्युदण्ड दिने गरिन्छ । मृत्युदण्डले अपराधी त मर्छ तर अपराध मर्दैन । त्यसैले मृत्युदण्ड दिने मुलुकमा अपराधमा कमी आएको छैन । विश्वमा पहिलो पटक अमेरिकामा नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ । सन् १९८८ मा एलिजावेथ सेनेट नामकी महिलाको हत्या गरेको आरोपमा दोषी केनेथ युजिन स्मिथलाई मृत्युदण्ड दिइयो । उनले एक हजार अमेरिकी डलर पाउने आशामा सेनेटको हत्या गरेका थिए । ती बन्दीले आफूलाई पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड
स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान
सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो ।
आवासीय भवनमा आगलागी : २५ जनाको मृत्यु
इस्तानबुलको एक आवासीय भवनमा मङ्गलबार आगलागी हुँदा २५ जनाको मृत्यु हुनाका साथै तीन जना घाइत भएका छन् । सहरको गभर्नरको कार्यालयले यसअघि १५ जनाको मृत्यु र आठ जना घाइते भएको जानकारी दिएको थियो ।
इजराइली प्रधानमन्त्रीद्वारा अल जजिरा बन्द गर्न आह्वान
इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार एक विस्तृत कानून पारित गरेपछि अल जजिरा न्यूज नेटवर्क बन्द गर्न आह्वान गर्नुभएको छ ।
उद्योगमन्त्री भण्डारी र कोरियाली राजदूत तइयोङबिच भेट
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयोङबिच मङ्गलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
पाकिस्तानमा विद्यार्थीलाई शैक्षिक सामग्रीको अभाव
पाकिस्तानको बलुचिस्तानका विद्यालयहरूमा पाठ्यपुस्तक लगायत स्टेशनरी शैक्षिक वर्ष सुरु भएको एक महिना बितिसक्दा पनि नपुगेपछि विद्यार्थी तथा उनीहरूका अविभावक आक्रोशित बनेका छन् ।
युक्रेनदेखि एघार सय किलोमिटर टाढा रहेको रूसी क्षेत्रमा ड्रोन आक्रमण
युक्रेनबाट एक हजार १०० किलोमिटरभन्दा बढी दूरीमा रहेको तातारस्तानमा रहेको कारखानामा ड्रोन आक्रमण भएको रूसले जनाएको छ ।
गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ३२ हजार ८४५ पुग्यो
इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ ।