• ५ जेठ २०८१, शनिबार

गर्मीले ट्याक्सी चालकलाई असर

blog

काठमाडौँ, वैशाख २३ गते । म्यानमारका धेरै भागमा अत्यधिक तापक्रमले मानिसहरूको दैनिक जीवनमा उल्लेखनीय प्रभाव पारेको छ । विशेष गरी ट्याक्सी चालकहरूको जीविकोपार्जनमा समस्या आएको बताइएको छ । 

म्यानमारको मौसमविज्ञान तथा जलविज्ञान विभागले जारी गरेको प्रतिवेदनले दक्षिण पूर्वी एसियाली देशका धेरै क्षेत्रमा हालैका दिनमा ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम अनुभव गरेको देखाएको छ । म्यानमारभर पारा बढेको बेला, स्वास्थ्य मन्त्रालयले सल्लाहहरू जारी गरेको छ । नागरिकहरूलाई उनीहरूको भलाइको रक्षा गर्न आवश्यक सावधानी अपनाउन र अत्यधिक गर्मीमा सुरक्षित रहन आग्रह गरेको छ । 

देशको मौसम एजेन्सीका अनुसार याङ्गुनमा हालैका दिनहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । मण्डलेका साइकल ट्याक्सी चालक यु थेन टानले हालैको गर्मीले मेरो आम्दानी आधाले घटेको बताउनुभयो । म्यानमारको दोस्रो ठुलो सहर मण्डलेमा कार चालकहरूको तुलनामा साइकल चालकहरूको सङ्ख्या बढी छ । दिउँसो बाहिर निस्कनेहरू मात्रै बाहिर निस्किएका र धेरैजसो मानिसहरूले बाहिर निस्कन छाडेकाले आर्जन घटेको बताउनु भयो । अप्रिल २८ मा, मण्डलेमा ७७ वर्षकै सबैभन्दा बढी गर्मी भएको थियो । 

तापक्रम ४४.८ डिग्री सेल्सियस पुगेको थियो । अप्रिलमा मण्डलेमा गर्मीका कारण ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिन्ह्वाको सहयोगमा