श्रीलङ्काका राष्ट्रपति र सार्क महासचिवबीच भेटवार्ता
परिचयात्मक परामर्श भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० का महासचिव गुलाम सरवारले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग बुधबार कोलम्बोमा शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा बुधवार भेटवार्ता भएको छ ।
कुवेतको भवनमा भएको आगलागीबाट ३५ बढीको मृत्यु
कुवेतमा करिब दुईसय विदेशी कामदार रहेको एक भवनमा बुधबार बिहानै आगलागी हुँदा ३५ जनाभन्दा बढीको मृत्यु भएको छ । आगलागीबाट धेरैजना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
क्यानडामा सुदूरपश्चिम समाज दर्ता
सुदूरपश्चिम क्षेत्रबाट क्यानडा पुगेर बसोबास गर्ने नेपाली संगठित भएर सुदूरपश्चिम समाज क्यानडा स्थापना भएको छ।
राष्ट्रपति पौडेल जेनेभामा
राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभा पुग्नुभएको छ ।उहाँलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
उद्योगमन्त्री भण्डारी र बेलायती राजदूत फेनबिच भेटवार्ता
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबिच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उद्योग मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी सहयोगको विषयमा छलफल भएको थियो ।
प्रकाशमानको स्वास्थ्य अवस्था बुझ्न नेता महर भारतमा
भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत कांग्रेस नेता प्रकाशमान सिंहको स्वास्थ्य अवस्था बुझ्न काँग्रेस नेता नैनसिंह महरले अस्पताल पुग्नु भएको छ ।
ब्रोवार्ड काउन्टीको पिचले सशङ्कित नेपाल र श्रीलङ्कन टोली
मुस्किलले औसत सय देखि एक सय २० रन बन्ने । टेस्ट टोलीका चर्चित खेलाडी समेत थोरै रनमा आउट हुने ।
राष्ट्रपति आज साँझ जेनेभा जानुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्नुहुने भएको छ ।
भारत सरकारले गरिबलाई तीन करोड घर उपलब्ध गराउने
प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकालको शपथ लिएपछि सोमबार पहिलो केन्द्रीय मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुभएको छ । आज बसेको केन्द्रीय मन्त्रिपरिषद्को बैठकले योग्य परिवारको सङ्ख्यामा भएको वृद्धिका कारण उत्पन्न हुने आवास आवश्यकता पूरा गर्न थप तीन करोड ग्रामीण तथा सहरी घरधुरीलाई घर निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री प्रचण्डसँग भारतीय व्यवसायीको भेट : नेपालमा लगानी गर्न आग्रह
छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
महिला मन्त्री चौधरी र पूर्व राजदूत लिउ युहेबिच भेट
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र पूर्व राजदूत तथा परराष्ट्र मन्त्रालय चीन, क्याडर विभागका पूर्व महानिर्देशक लिउ युहेबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा भारतीय समकक्षी मोदीको नेतृत्वमा नेपाल–भारत सम्बन्ध समृद्ध हुने विश्वास
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नयाँ दिल्ली र भारतबिचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपतिद्वारा दुई देशमा गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ । सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीलाई सान मारिनोका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डसँग भारतका नवनियुक्त मन्त्री जयशङ्करको शिष्टाचार भेट
छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गर्नुभएको छ ।
भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कनुहुँदै
भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको शपथ ग्रहण समारोहमा भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किँदै हुनुहुन्छ ।
इजरायली राजदूतद्वारा विपिन जोशीका परिवारसँग भेट
सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल पुगेका बेला हमासले आक्रमण गरी बेपत्ता बनाएका विपिन जोशीको परिवारलाई इजरायली राजदूत हेनान गोडर र स्डोट नेगेभ कलेजका अध्यक्ष प्रा. हाइम शाकदले भेट गर्नु भएको छ । आइतबार राति विपिनको घर कञ्चनपुरको महेन्द्रनगर पुगेर कलेजका अध्यक्ष र राजदूतले भेट गर्नु भएको हो ।
प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्रीको शपथ समारोहमा सरिक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ ।
लण्डनमा नेपालीको राम्रो प्रगति
संयुक्त अधिराज्य (बेलायत) मा रहेका दक्षिण एशियाली डायोस्पराले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आफ्नो देशको पर्यटन, संस्कृतिको प्रवर्धनमा पुलको रुपमा काम गरेको बताएका छन् ।
गोरखामा ५१ जनाले त्यागे नेपाली नागरिकता
गोरखामा गत साउनदेखि जेठसम्म ५१ जनाले नेपाली नागरिकता त्यागेका छन् । विशेष गरी रोजगारीको सिलशीलमा विदेश गएर केही वर्षको प्रयास पछि त्यस देशको पी आर अर्थात् नागरिकता प्राप्त गरिसकेपछि नेपाली नागरिकता त्याग्ने गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
नेपाल युएईसँग पराजित
फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स [युएई]ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा सम्पन्न खेलमा युएईले नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो ।
वैदेशिक रोजगारदाता कम्पनीको मागपत्र अनलाइनबाटै प्रमाणीकरण
वैदेशिक रोजगारदाता कम्पनीहरूले अब सिधै अनलाइनमार्फत वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण गर्न पाउने भएका छन् । हालसम्म सम्बन्धित दूतावास तथा कन्सुलर विभागमा भौतिक रूपमा उपस्थित भएर कागजी प्रक्रियामार्फत भइरहेको प्रमाणीकरण अब अनलाइनबाट हुने भएको हो ।
खराब मौसमका कारण नौ पदयात्रीको मृत्यु
उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएको कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको प्रतिकूल मौसमका कारण मृत्यु भएको छ ।