• १० मंसिर २०८१, सोमबार

इजरायली आक्रमणबाट वेस्ट बैङ्कमा ३३ प्यालेस्टाइनीको मृत्यु

blog

काठमाडौँ, भदौ २० गते । वेस्ट बैङ्कमा इजरायलको सैन्य कारबाहीमा एक हप्तामा ३३ प्यालेस्टाइनी मारिएका छन् । करिब १ सय ४० जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरूमा जेनिनमा १९, टुबासमा चार र तुल्कारममा सात जना प्यालेस्टिनी छन् ।

सबै उत्तरी वेस्ट बैङ्कका छन् । साथै दक्षिणमा हेब्रोनमा तीन जना रहेको रामल्लाहस्थित मन्त्रालयले जनाएको छ । इजरायली सेनाले बुधवार लगातार आठौँ दिन जेनिन सहर र त्यसको शिविर विरुद्धको कारबाही जारी राखेको प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरमा गाँजा स्ट्रिपमा प्यालेस्टाइन–इजरायली द्वन्द्व सुरु भएदेखि वेस्ट बैङ्कमा इजरायली आक्रमणबाट ६८० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । 

सिन्ह्वाको सहयोगमा