• ३२ साउन २०८१, शुक्रबार

प्रधानमन्त्री ओली र अमेरिकी उप–विदेशमन्त्री वर्माबिच भेट

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुहुँदै संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर.वर्मा । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, साउन ३२ गते । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर.वर्माबिच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार अपराह्न प्रधानमन्त्री ओली र अमेरिकी उप–विदेशमन्त्री रिचार्डबिच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उप–विदेशमन्त्री रिचार्ड आजै नेपाल भ्रमणमा आउनुभएको हो ।

नेपाल भ्रमणको क्रममा उहाँले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।