मानव बेचबिखनमा दोषी पाँच जनालाई जेल सजाय
१६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचबिखनको प्रयास गर्ने समूहलाई मानव बेचबिखन तथा ओसार-पसार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ ।
झापामा अनुचित लेनदेनका ८३ उजुरी
जिल्लामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ८३ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा उक्त उजुरी दर्ता भएका हुन् ।
स्रोत नखुलेको रकमसहित एकजना पक्राउ
काठमाडौँ महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको रु. ३८ लाखसहित चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरिएको छ ।
चिर्पट प्रहार गरी एकको हत्या
पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–५ मलम्पारका एक युवकले चिर्पट प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् ।
ट्रयाक्टर चोरी आरोपमा पक्राउ
ताप्लेजुङमा ट्रयाक्टर चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका –८ दोखुका २१ वर्षीय प्रकाश मगरलाई ट्रयाक्टर चोरी गरेको आरोपममा प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषधसहित दुई पक्राउ
वालिङ नगरपालिकाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २० बस्ने ३७ वर्षीय सन्तोष बहादुर नेपाल र वडा नं १६ बस्ने ३४ वर्षीय कमल भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
अनुचित लेनदेनका ५९ उजुरी दर्ता
चितवनमा अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि पछिल्लो पटक ५९ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा ५७ वटा तथा जिल्ला प्रहरी कार्यालयमा दुईवटा उजुरी दर्ता भएका हुन् ।
एटिएम मेसिन तोडफोडको अभियोगमा पक्राउ
माछापुच्छ्रे बैङ्कको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सिराहाको नरहा गाउँपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।
विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
कैलाली प्रहरीले विभिन्न मुद्दाका फरार पाँच प्रतिवादीलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
लागूऔषधसहित युवती पक्राउ
कैलालीको धनगढीमा लागूऔषधसहित प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट दार्चुलाको महाकाली नगरपालिका–४ का २१ वर्षीया आरती धामी पक्राउ पर्नुभएको हो ।
भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सुर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
१४ किलो चाँदीका गहनासहित तीन जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १४ दशमलव २५० किलो चाँदीको गहनासहित तीन जनालाई पक्राउ गरेको छ ।
कारागारका शाखा अधिकृत डेढ लाख घुस रकमसहित नियन्त्रणमा
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त घुस रकमसहित पक्राउ परेका छन् ।
नाबालिका अपहरण गरी सामूहिक बलात्कार अभियोगमा दुई पक्राउ
नाबालिकालाई अपहरण गरी सामूहिक बलात्कार गरेको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
सुनचाँदीका गहनासहित युवा पक्राउ
भन्सार छलेर नेपाल भित्र्याइदै गरेको सुनचाँदीका विभिन्न गहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
कुटपिटबाट राईको ज्यान गयो
पाँचथरको फिदिम नगरपालिका १४ मा सामूहिक रूपमा कुटपिट गर्दा घाइते हुनु भएका एक जना युवकको ज्यान गएको छ ।
कटहरियाका नगरप्रमुख, उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजयप्रकाश, उपप्रमुख रिता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अपराधका घटना बढे
बागमती प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुरबाहेकका १० जिल्लामा पछिल्लो समय आर्थिक अपराधका घटना बढेको देखिएको छ । सङ्गठित तथा आर्थिक अपराधका घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाको तथ्याङ्कले देखाएको छ ।
कालीकोटमा दृष्टिविहीन बालिका बलात्कृत
कालीकोटमा दृष्टिविहीन बालिका बलात्कृत भएकी छन् । घर परिवारका सदस्यहरू रोपाइँमा गएको बेला, नरहरिनाथ गाउँपालिका वडा नम्बर–८ का ५० वर्षीय चक्रबहादुर विष्टले घरमा एक्लै भएको मौका पारेर बलात्कार गरेको आफन्तले बताएका छन् ।
कोरियाको भिसा समय बेच्ने आठ जना पक्राउ
दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गर्ने आठ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार भोजपुरको पौवादुङ्मा–५ का दीपेन्द्र राई, नवलपुरको देवचुली–१२ का पवन काफ्ले, कावासोती–८ का सङ्घर्ष ढकाल, काठमाडौँ कलङ्कीका नवीन पौडेल, पोखरा–९ का समेश शेरचन र गोरखाको चुमनुब्री का–७ का छिरिङ निमा लामा रहेको जनाएको छ । पक्राउ पर्ने अन्य दुई जनाको नाम प्रहरीले खुलाएको छैन ।
पूर्वप्रदेश सभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान
महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या आरोपमा पक्राउ परेका पूर्वमधेश प्रदेशसभा सदस्य कौशलकुमार यादवलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको छ ।
आधारहीन समाचार प्रसारण नगर्न प्रहरीको ध्यानाकर्षण
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले भ्रामक तथा आधारहीन समाचार प्रसारण नगर्न ध्यानाकर्षण गराएको छ ।
दश लाख बढीको अवैध सामान बरामद
भारतबाट अवैध रूपमा तस्करी गरेर राजस्व छली ल्याएका १० लाख भन्दा बढीको अवैध सामान बरामद भएको छ ।