अनलाइनमार्फत ठगी गर्ने नौ भारतीय नागरिक पक्राउ
प्रहरीले अनलाइनमार्फत ठगी गर्ने नौजना भारतीय नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्ड
सिङ्गापुरले बुधबार लागूऔषध तस्करीमा दोषी ठहरिएका ५९ वर्षीया व्यक्तिलाई फाँसी दिएको अधिकारीहरूले बताएका छन् ।
गहना चोरी अभियोगमा दुई जना पक्राउ
सुनको गरगहना चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वृद्धा हत्या आरोपी सार्वजनिक
बाह्रबिसे नगरपालिका–७ खनियावासकी ७१ वर्षीया वृद्धा रत्नकुमारी थापाको हत्या आरोपीलाई जिल्ला प्रहरी कार्यालय चौताराले सार्वजनिक गरेको छ ।
नाबालिका करणी गरेको आरोपमा युवक पक्राउ
नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
कारागारमा अनियमितता भएको कैदीबन्दीको गुनासो
यहाँस्थित जिल्ला कारागारमा आर्थिक अनियमितता र बेथिति भोग्नु परेको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा आर्थिक अनियमिता, आन्तरिक मूल्यवृद्धि र मनोमानी हुने गरेको गुनासो कैदीबन्दीले गरेका हुन् ।
खुकुरी प्रहार अभियोगमा तीन जना पक्राउ
काठमाडौँ महानगरपालिका-३१ आलोकनगरस्थित सौराहा होटल नजिक सडकमा कैलाली धनगढी उपमहानगरपालिका-२ घर भई हाल काठमाडौँ आलोकनगर बस्ने २२ वर्षीय मनत केसीलाई खुकुरी प्रहर गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
कालोपुलमा एक जनाको हत्याको अभियोगमा दुई जना पक्राउ
काठमाडौँ, साउन २० गते । काठमाडौँ महानगरपालिका–७ कालोपुलमा २० वर्षीय प्रेम महत दर्जीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ । महतको आज विहान हत्या भएको प्रहरीको भनाइ छ ।पक्राउ पर्नेमा ओखलढुङ्गा मानेभञ्जयाङ गाउँपालिका–९ माधबपुर घर भएकी २४ वर्षीया उषा नेपाली तथा सोही ठाउँका २७ वर्षीय मदन रम्तेल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “आज कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा कोठा भाडामा लिई एक महिनादेखि बस्दै आएका श्रीमान श्रीमतीमध्ये पुरुष २० वर्षीय प्रेम महत दर्जी मृत अवस्थामा फेला परेकाले मृतकको श्रीमती उषा सार्की र मदन रम्तेललाई पक्राउ गरिएको हो ।”घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो । रासस
जुम्ला कारागारमा कैदीको मृत्यु
जुम्ला कारागारमा एक कैदीको मृत्यु भएको छ ।
आफ्ना नागरिकलाई लेबनान छोड्न फ्रान्सको आग्रह
इजरायल र हिजबुल्लाहबिच चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबिच फ्रान्सले आइतबार लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ ।
५० किलोग्राम गाँजासहित महिला पक्राउ
पर्सामा ५० किलोग्राम लागूऔषध गाँजासहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका-२ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौँ रहेकी छन् ।
आफैँले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ ।
प्राधिकरणका दुई जना कर्मचारीमाथि कुटपिट
नेपाल विद्युत प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इन्चार्जसहित दुई जना कर्मचारीमाथि कुटपिट भएको छ ।
बाँकेमा चिनी र खाने तेलको तस्करी बढ्यो
यहाँस्थित नेपाल–भारत नाकामा पछिल्लो समयमा चिनी, खाने तेल र तयारी कपडा लगायत सामग्रीको तस्करी बढेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट ठुलो मात्राको अवैध चिनी, खाने तेल र एक गाडी नियन्त्रणमा लिएको छ ।
काठमाडौँको एक गेष्ट हाउसमा दुई जना मृत अवस्थामा फेला
काठमाडौँ महानगरपालिका-९ शम्भुमार्गस्थित एक गेष्टहाउसमा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
दुई जनाविरुद्ध तीन लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा
चितवनको कालिका नगरपालिका वडा नं. ६ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १० बस्ने केशरी प्रसाद तिवारी र उर्मिला पौडेलविरुद्ध तीन लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बालिका अपहरण गर्ने तीन पक्राउ
सुनसरीको दुहवी नगरपालिकाबाट मामा घरको आँगनमा खेली रहेकी ६ वर्षीया नाबालिकालाई अपहरण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
किर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ
काँकडभिट्टा माध्यमिक विद्यालयको बैङ्क खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् ।
एक करोड १७ लाख अपचलन गरी मेनेजर फरार
एक करोड १७ लाख लिएर मेनेजर फरार भएका छन् । झापा बिर्तामोडको प्रभु बैङ्कमा ग्राहकले राखेको एक करोड १७ लाख रुपियाँ रकम खाताबाटै गायब बनाएपछि मेनेजर फरार भएको पीडितले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
कारागारका अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा
नवलपरासीको कारागार कार्यालयमा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोदकुमार दत्त कर्णविरुद्ध एक लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
प्राध्यापक धर्मराज विष्टको हत्या आरोपित १७ वर्षपछि पक्राउ
नेपाल प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-७ पालिया का २८ वर्षीय झकबहादुर खड्का रहेका छन् ।
नयाँ बसपार्कमा बसभित्र युवकको शव फेला
काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका-२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो ।