दुई अधिकृतविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप
कपिलवस्तुको यशोधरा गाउँपालिकामा सि.अ.न.मी. (अधिकृत छैठौं) कार्यरत सरस्वती ओली क्षेत्रीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप लागेको छ ।
लेबनानविरुद्धको इजरायली आक्रमणबाट फताह समूहका स्थानीय नेताको मृत्यु
लेबनानको दक्षिणी सहर सिदोनमा बुधबार इजरायली आक्रमणमा फताहका एक अधिकारीको मृत्यु भएको प्यालेस्टिनी समूहका एक वरिष्ठ सदस्य र एक सुरक्षा स्रोतले बताएका छन् ।
पेस्तोलसहित एकजना पक्राउ
झापाको अर्जुनधारा नगरपालिका–४ दहिझोडाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । प्रहरीले स्थानीय ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बेलाई मङ्गलबार राती कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।
विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ
कैलाली प्रहरीले विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ । प्रहरीले धनगढीस्थित धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेनालाई पक्राउ गरेको हो ।
खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ
झापामा मङ्गलबार साँझ घरेलु धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । शिवसताक्षी नगरपालिका वडा नं. ७ शिवालय टोलमा ४६ वर्षीय ओमप्रसाद अधिकारीले ३० वर्षीया श्रीमती रन्जना गौतम अधिकारीको खुकुरीले काटेर बीभत्स हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विक पक्राउ
ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । एक बालिकालाई विभिन्न प्रलोभन देखाई पटक–पटक करणी गरेको आरोपमा २७ वर्षीय वीरबहादुर विक पक्राउ परेका हुन् ।
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ
एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि पाँचथर प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ ।
सुनसरीमा चार महिनामा ४८ बलात्कारका घटना
सुनसरीको विभिन्न स्थानीय तहमा चार महिनामा ४८ वटा बलात्कारका घटना भएका छन् । गत वैशाखदेखि साउनसम्म जिल्लामा ६ देखि ५० वर्ष उमेर समूह बलात्कारको सिकार बनेको तथ्याङ्कले देखाएको छ ।
चीनमा फुटबल पूर्वपदाधिकारीलाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय
चीनको एक अदालतले सोमबार देशको फुटबल सङ्घका एक उच्च पूर्वपदाधिकारीलाई घूस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ ।
एक पुरुषको हत्या आरोपमा दम्पती पक्राउ
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ दम्दुका एक पुरुषको हत्या आरोपमा प्रहरीले सोही गाउँका एक दम्पतीलाई पक्राउ गरेको छ ।
पर्यटन कार्यालय बाँकेका तत्कालीन निर्देशकसहित ६ जनाविरुद्ध मुद्दा सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दीपकबहादुर बुढाथोकीसहित ६ जनाको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
श्रीमानद्वारा श्रीमतीमाथि खुकुरी प्रहार
मोरङमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । मोरङको कानेपोखरी –७ का ३३ वर्षीय हिराधन तामाङले खुकुरी प्रहार गर्दा ३० वर्षीया श्रीमती कविता घाइते हुनुभएको हो ।
म्याग्दीमा महिलाको बीभत्स हत्या
म्याग्दीमा एक महिलाको बीभत्स हत्या भएको छ । जिल्लाको मालिका गाउँपालिका–३ डाँडागाउँस्थित गलकोटमा स्थानीय ३५ वर्षीय दलविर श्रीपालीले धारिलो हतियार प्रहार गरी छिमेकी ४३ वर्षीया बिनाकुमारी बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो ।
बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ
प्रहरीले बैकिङ कसुरमा फरार प्रतिवादी ३७ वर्षीय महेशचन्द्र यादवलाई पक्राउ गरेको छ ।
सालकका खपटा र हाडखोरसहित ६ जना पक्राउ
मोरङको इलाका प्रहरी कार्यालय पथरीले आइतबार ठूलो परिणाममा लोपोन्मुख बन्यजन्तु सालकको खपटा र लागुऔषध खैरो हिरोइनको कारोवार गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
कृषि प्राविधिक अधिकृत र कृषि नायब प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा
दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत र कृषि नायब प्राविधिक सहायकविरुद्ध नौ लाखभन्दा बढी भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पर्सामा ठुलो परिमाणका लागूऔषधसहित कारोबारी धमाधम पक्राउ
पर्साको ग्रामीण भेगबाट ठुलो परिणामको लागुऔषध ओसारपसार हुने गरेको फेला परेको छ । पर्सा प्रहरीले पछिल्ला दिनमा ठुलो परिमाणको लागुऔषध गाँजा र चरेससहित कारोबारी पक्राउ गरेसँगै सो खुलासा भएको हो ।
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
हेटौँडा उपमहानगरपालिका वडा नं. ९, धापमा शनिवार दिउँसो मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
सप्तरीमा ट्याङ्करको ठक्करबाट दुई जनाको मृत्यु
सप्तरीको पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कन्चनरुप नगरपालिका १० बदगमामा शुक्रबार तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको घटना स्थलमै एक र एक जनाको अस्पतालमा मृत्यु भएको छ ।
पत्रकार खनालमाथि साङ्घातिक आक्रमण
बर्दीबासस्थित आज्ञा खवर अनलाइनका पत्रकार निकेश खनालमाथि साङ्घातिक आक्रमण भएको छ ।
प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ
महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले प्रतिबन्धित लागूऔषध नाइट्रोभेट ट्याबलेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
उपसचिव अवधकिशोरलाई भ्रष्टाचार मुद्दा
मधेश प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जनकपुरधाममा कार्यरत तत्कालीन उपसचिव अवधकिशोर प्रसाद कुशवाहासहित चार जनाविरुद्ध पाँच लाख ३१ हजार ४२८ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिपी कोइराला अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध सेवाग्राहीसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।