भ्रष्टाचारको मुद्दा सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा
प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्ति-कम्पनी) लाई कारबाही गरेको छ ।
सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ सुरु
आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरूको प्रदर्शनी ‘टेक एक्स २०२४’ सुरु भएको छ ।
जुवा खेलाएको अभियोगमा नौ जना पक्राउ
प्रहरीले जुवा खेलिरहेको अवस्थामा दश लाख ११ हजारसहित नौ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
७२ हजार नक्कली भारतीय रुपियाँसहित एक पक्राउ
यहाँस्थित नेपाल भारत सिमानामा रहेको भारतीय सीमावर्ती बजार रूपैडिहामा नक्कली भारतीय रुपियाँको कारोबार भइरहेको खुलासा भएको छ । ७२ हजार नक्कली भारतीय रुपियाँसहित एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेपछि सो खुलासा भएको हो ।
मन्त्री मनाङेलाई कारबाही गर्न पत्रकारहरूको माग
कास्कीका पत्रकारहरूले पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति दिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारबाही गर्न माग गरेका छन् ।
असी लाख तिरेर अवैध बाटोबाट अमेरिका जाँदा ज्यानै गयो
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक ओलीको अमेरिकामा हत्या भएको छ । अमेरिकाको टेक्सासमा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट ओलीको हत्या भएको हो ।
सबइन्जिनियर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकका सवइन्जिनियर हिरा बाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
धारिलो हतियार प्रहारबाट पुरुषको हत्या
धनुषाको धनुषाधाम नगरपालिका-२, मंगलपुरमा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ । सोही ठाउँ बस्ने ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको प्रहरीले जनाएको हो ।
बबियाबाट एक सय १५ किलो गाँजा बरामद
सुनसरीको इनरुवा नगरपालिका ९ बबियाबाट १ सय १५.७ किलो गाँजा बरामद भएको छ ।
पूर्वमन्त्री जोशी भ्रष्टाचारी ठहर
मुद्दा चलेको दुई दशकपछि पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा अन्तिम अदालतबाट पनि दोषी ठहर हुनुभएको छ । सर्वोच्चमै झन्डै १२ वर्षदेखि विचाराधीन मुद्दामा अदालतले आइतबार अन्तिम फैसला सुनाएको हो ।
नेतालाई रिहा नगरे पुन: आन्दोलन गर्ने बङ्गलादेशी विद्यार्थी समूहको चेतावनी
बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई आइतबार हिरासतबाट रिहा नगरेसम्म प्रदर्शन पुन : सुरु गर्ने चेतावनी दिएको छ । प्रहरी र अस्पतालबाट प्राप्त एएफपीको तथ्याङ्कअनुसार गत हप्ता भएको हिंसामा कम्तीमा दुई सय पाँच जनाको मृत्यु भएको थियो ।
खैरो हिरोइनसहित पतिपत्नी पक्राउ
सदरमुकाम मंगलसेन बजारमै लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । कैलाली जिल्लाको कैलारी घर भइ मंगलसेन नगरपालिका ५ बसोवास गर्ने ३० वर्षीय प्रकाश बोहरा र उनकी श्रीमती २९ वर्षीय कल्पना भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान
अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डले संयुक्त विज्ञप्तिमार्फत गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन् ।
काठमाडौँ उपत्यकामा दुर्घटना र मानवीय क्षति घट्यो
काठमाडौँ, साउन १२ गते । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो । आर्थिक वर्ष २०७८/७९ मा १० हजार सात सय ३३ सवारी दुर्घटना हुँदा एक सय ९१ जनाको मृत्यु भएको थियो । आव २०७९/८० मा १० हजार छ सय ७५ दुर्घटना हुँदा एक सय ८७ को मृत्यु र गत आवमा आठ हजार आठ सय ८१ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा एक सय २९ पुरुष र ४८ महिलाको मृत्यु भएको थियो । जनचेतनामूलक कार्यक्रम, सुरक्षा जाँचमा कडाइ, विभिन्न अभियानसहित उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा सडक दुर्घटनामा केही कमी ल्याउन सकिएको प्रहरी उपरीक्षक खड्काको दाबी छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दुर्घटना सङ्ख्या १६.८ र मृत्यु हुनेमा छ प्रतिशतले कमी आएको उहाँले जानकारी दिनुभयो ।चालु आवमा पनि दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित ट्राफिक व्यवस्थापन सुधारलाई थप प्रभावकारी बनाउने योजना अघि बढाइएको खड्काले बताउनुभयो । जनचेतनामूलक कार्यक्रमले सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पालना गर्न र सडक सुरक्षालाई आत्मसाथ गर्न प्रेरणा दिएको पाइएको उहाँको बुझाइ छ । ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, ट्राफिक सचेतना विशेष अभियानलगायत कार्यक्रममा समावेश भएका ट्राफिक गतिविधिमार्फत हालसम्म चार लाख ७७ हजार तीन सय ती जना प्रत्यक्षरुपमा लाभान्वित भएका प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारी चलाउने विरुद्धको अभियान, लेन अनुशासन पालना, लापरबाहीका साथ सवारी चलाउने र तीव्र गतिका कारणले हुने दुर्घटना न्यूनीकरणमा अभियान प्रभावकारी बनेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने १० लाख बढीलाई ट्राफिक प्रहरीले कारबाही गरी जरिवाना बापत ७२ करोड ६० लाख सङ्कलन गरेको छ । विभिन्न सडक केन्द्रित सचेतना कार्यक्रम सञ्चालन, ट्राफिक सुरक्षा जाँच, चौकी विस्तार, भित्री गल्ली तथा साँघुरा सडक र कोरिडोरमा नियमित गस्ती थालिएको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले यसलाई अझ प्रभावकारी बनाउन थप योजना बनाइ कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो । रासस
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्दार
भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्दार गरिएको छ ।
अवैधरुपमा भिओआइपी सञ्चालन गर्ने दुई जना पक्राउ
अवैधरुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी)सञ्चालन गरेको अभियोगमा काठमाडौँबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
फरार नक्कली परीक्षार्थी पक्राउ
लोक सेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी आरोपी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।
कोठामा डाक्टर मृत फेला
मोरङको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा कार्यरत डाक्टर मनीषकुमार यादव कोठामा मृत भेटिनुभएको छ ।
भारतमा सुनको मूल्य घट्दा नेपालमा तस्करी बढ्ने सम्भावना
छिमेकी मुलुुुक भारतमा सुनमा लगाउँदै आएको भन्सार शुुल्क घट्दा नेपालमा चोरी तस्करी बढ्ने देखिएको छ ।
इन्जिनियरविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इन्जिनियर मोहम्मद अख्तर हुसैनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पूर्व सहायकमन्त्रीको हत्याको अध्ययन भइरहेको छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले पूर्व भूमिसुधार सहायकमन्त्री रामचन्द्र रायको हत्यालाई प्रहरीले सूक्ष्म अध्ययन थालेको बताउनुभएको छ ।
सवा ३४ करोडका अवैध सामान बरामद
यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले गत आर्थिक वर्षमा ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य बराबरका बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको छ ।
प्रहरी हुँ भन्दै रकम उठाउने क्षेत्री पक्राउ
प्रहरीको सूचना अधिकारी भएको फर्जी परिचय दिई कुनै काम भए मिलाइदिन्छु भनी रकम माग गर्ने एक जनालाई पक्राउ गरिएको छ । कास्की प्रहरीले ह्वाट्स्यप र टेलिग्रामबाट सम्पर्क गरी रकम माग्ने पोखरा महानगरपालिका वडा नम्बर १६, बाटुले चौरका २१ वर्षीय सुजित क्षेत्रीलाई पक्राउ गरेको हो ।