• २९ भदौ २०८१, शनिबार

विमानस्थलबाट एक किलो बढी सुन जस्तो पदार्थ बरामद, एकजना पक्राउ

blog

सुन जस्तो पदार्थसहित पक्राउ भारतीय नागरिक । तस्बिरः सशस्त्र प्रहरी

काठमाडौँ, भदौ २८ गते।  शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल भन्सार इलाकाबाट एक किलो बढी सुन जस्तो पहेलो पदार्थ प्रहरीले बरामद गरेको छ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  भन्सार कार्यालय तथा सशस्त्र प्रहरी बल  नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल  भन्सार सुरक्षा बेशको संयुक्त  टोलीले आगन्तुकको ब्यागेज पुनः चेकजाँच  गर्ने क्रममा १ किलो दुई सय ६०ग्राम (प्याकेज सहित)  सुन जस्तो पदार्थ बरामद गरेको हो।  प्रहरीले  थाइ एयरमार्फत बैंककबाट आएकी महिला यात्रु ३७ वर्षीया भारतीय नागरिक सुमित्रदेवी लक्ष्मण रामलाईसमेत नियन्त्रणमा लिएको छ।  

अर्ध तरल अवस्थामा तीन वटा छुट्टाछुट्टै पोकामा प्लास्टिकले बेरेको  सो पदार्थ बरामद भएको हो।  पक्राउ परेकी महिलालाई थप अनुसन्धानको लागि गौशाला प्रहरी वृत्तमा बुझाइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।