• २ असोज २०८१, बुधबार

अधिकृतलाई नक्कली शैक्षिक प्रमाणपत्रको आरोप

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २ गते । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा कार्यरत दिपेन्द्र यादवलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सिनियर ल्याब टेक्निसियन सातौं (हाल अधिकृत आठौं) तहमा कार्यरत यादवले बढुवा प्रयोजनका लागि पेश गरेको बीएमएलटी (एलटी) सँग सम्बन्धित लब्धाङ्कपत्र, प्रोभिजनल प्रमाणपत्र तथा भारतको मागध युनिभर्सिटीबाट उत्तीर्ण भइ प्राप्त गरेको भनिएको झुट्टा प्रमाणपत्र पेश गरी व्यक्तिगत लाभ लिएको आरोप लागेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीमाथि कारवाहीको मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।