• २२ भदौ २०८१, शनिबार

चोरीको आरोपमा एक युवक पक्राउ

blog

चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका प्रकाश दास । तस्बिर : देवरामप्रसाद यादव

देवराम प्रसाद यादव
सप्तरी, भदौ २२ गते ।
 सप्तरीको अग्नीसाईर कृष्णावारन गाउँपालिका-२ चाँदनी चोकबाट शनिबार चोरीको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपनी गाउँपालिका ६ वीरेन्द्र बजारका अन्दाजी वर्ष १८ वर्षीय प्रकाश दास रहेका छन् ।

चाँदनी चौकका ललित नारायण साहको घरको ताल्चा फुटाउँदै गर्दा दासलाई बिहान ५ः३० बजे पक्राउ गरेको स्थानीय खड्गबहादुर तामाङले बताउनुभयो । पक्राउ परेका दासलाई प्रहरी बोलाएर जिम्मा लगाएको तामाङको भनाइ छ ।

दासको साथबाट गत मङ्गलबार चोरी भएको सङ्गीता लिम्बूको मुक्तिनाथ बैङ्क र एभरेष्ट बैङ्कको एटिएम कार्ड समेत फेला परेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दासलाई इलाका प्रहरी कार्यालय महुलीको नियन्त्रणमा राखी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

दासले घरमा कोही नभएको मौका पारेर ग्यास सिलिन्डर, गैती, हथौडा, बेल्चा, साबेल, नगद खाद्यान्न, भाँडाकुँडा लगायतको सामान चोरी भएको प्रहरीले जनाएका छन् ।

भाडावाल सङ्गीता लिम्बूको कोठाबाट ताला फुटाएर, पर्ससहित नगद एटिएम,  खाद्यान्न, सिलिन्डरसहितका सरसामान चोरी भएको थियो ।

चोरी घटनाको खबर प्रहरीलाई दिएपछि घटना स्थलमा प्रहरी टोली खटी आवश्यक अनुसन्धान गरेका थिए भने संलग्नहरूको खोजी जारी राखेका थिए ।

सप्तरीमा केही दिन यता विद्यालय, मठमन्दिर, गुम्बासहितका सार्वजनिक स्थल तथा घर गाउँमा सवारी साधन, पशुचौपाया चोरीको घटना वृद्धि भएपछि स्थानीय त्रसित भएका छन् ।