अनुसन्धानमा सफल नौ घटना
मुलुकमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढिरहेका छन् । प्रहरीको तथ्याङ्क अनुसार प्रविधिको विकाससँगै आपराधिक क्रियाकलाप बढिरहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय साइबर तथा बैङ्किङ अपराधहरू बढ्दो क्रममा रहेका जानकारी दिनुभयो । परम्परागतरूपमा हुने अपराध पनि भइरहेका देखिन्छन् ।
लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अपराधका घटना बढ्दै
बर्सेनि अपराधका घटनामा वृद्धि हुँदै गइरहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो चार आर्थिक वर्षका तथ्याङ्कले अपराधको सङ्ख्या बर्सेनि बढ्दै गएको पुष्टि गर्छ ।
बाँकेमा चित्तलको मासुसहित एकजना पक्राउ
जिल्लाबाट चित्तलको मासुसहित एकजनालाई पक्राउ गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा तैनाथ रणबम गणमा कार्यरत नेपाली सेनाको संयुक्त गस्ती टोलीले गएराति कोहलपुर नगरपालिका–१३ का मोहन थारूलाई ६० किलोग्राम चित्तलको मासुसहित पक्राउ गरेको हो ।
अवैध काठसहित भारतीय गाडी नियन्त्रणमा
रौतहटको गुजरा नगरपालिका–४ लालबकैया खोला नजिकबाट सशस्त्र प्रहरीले अवैध काठसहित भारतीय नम्बरको सफारी गाडी नियन्त्रणमा लिएको छ ।
विष खुवाएर दुई महिने शिशुको हत्या, आमा पक्राउ
ओखलढुङ्गामा विष खुवाएर दुई महिने शिशुको हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । बालकको हत्या आरोपमा सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीप कुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो ।
एम्बुलेन्स तोडफोड गरेको आरोपमा पक्राउ
ताप्लेजुङमा एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाद्वारा सञ्चालित प्र १–०२–००१ झ ०८११ नम्बरको एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सन्दीप लामिछानेविरुद्ध मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक (पूर्णपाठसहित)
उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । गत जेठ २ गते उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको सयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ आज (शुक्रबार) सार्वजनिक भएको हो ।
बाँके राष्ट्रिय निकुञ्जबाट गोली लागेर मरेको चित्तलसहित शिकारी पक्राउ
बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जना शिकारीलाई गोली लागेर मरेको चित्तलसहित रङ्गेहात पक्राउ गरिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने महादेवा जंगलबाट ४४ वर्षीय मोहन थारु रंगेहात पक्राउ परेका हुन् ।
गेष्टहाउसबाट छ जना बालिकाको उद्धार
बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् ।
श्रीमती र छोरी मिलेर हत्या
सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगर आले टोलमा श्रीमती र छोरी मिलेर एक पुरुषको हत्या गरेका छन्।
जापान पठाइदिन्छु भन्दै ८० लाख ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारका लागि जापानमा पठाइदिन्छु भनी ८० लाख ठगी गर्ने तनहुँकी एक महिला पक्राउ परेकी छन् । व्यास नगरपालिका–१२ गोल्ला निवासी ३८ वर्षीय मनुमाया थापा पक्राउ परेकी हुन् ।
एक किलो अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले एक किलो एक सय ग्राम अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन गर्ने पक्राउ
भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका–३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारी रहेका छन् ।
भ्रष्टाचारका दुईसय मुद्दा दर्ता हुँदा ५२४ कर्मचारी तानिए
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ मा दुई सय एक मुद्दा विशेष अदालतमा दायर भएको जानकारी दिएको छ।
'डिएसपी हुँ' भन्दै ठगी गर्ने पक्राउ
सिआईबी र राष्ट्रिय अनुसन्धानको 'डिएसपी हुँ' भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
छोराले हानेको ढुङ्गा लागेर बाबुको मृत्यु
नवलपुर सदरमुकाम कावासोतीमा छोराले हानेको ढुङ्गाले लागेर बाबुको मृत्यु भएको छ। कावासोती नगरपालिका –५ ठकुरीचोकका १८ वर्षीय छोरा निराजन कुमालले हानेको ढुंगाले लागेर ४३ वर्षीय बाबु प्रेम कुमालको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
छ वर्षीय बालकको हत्या
वराहक्षेत्र नगरपालिका वडा नम्बर ३ विस्थापित टोलमा ६ वर्षीय एक बालकको हत्या भएको छ । मङ्लबार दिउँसो आफन्त पर्नेले पिर्काले टाउकोमा हिर्काएर गम्भीर चोट लागेको बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘कण्डक्टर’ले बस चलाउँदा.......
झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
श्रीमती हत्या आरोपी पक्राउ
गोरखामा श्रीमती हत्या गरेको आरोपमा कुमार सार्की पक्राउ परेका छन्। बारपाक सुलीकोट गाउँपालिका– ७ बालुवा बस्ने ३१ वर्षीय सार्कीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो।
काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर लागूऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ
प्रहरीले झन्डै छ किलो कोकिनजस्तो देखिने पदार्थसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित काठमाडौँ सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई पक्राउ गरेको हो ।
प्रहरी जवानको परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थी पक्राउ
प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ ।
अवैध लागूऔषधसहित पाँच पक्राउ
सुनसरीको धरानबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले विशेष सूचनाको आधारमा अवैध लागूऔषध र नियन्त्रित औषधीसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
नगदसहित हुण्डी कारोबारी प्रहरी नियन्त्रणमा
अवैध रूपमा हुण्डीको कारोबार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले २४ लाख रुपियाँ नगदसहित नियन्त्रणमा लिएको छ ।