• ५ कात्तिक २०८१, सोमबार

पूर्व गृहमन्त्री लामिछानेलाई छ दिन हिरासतमा राख्न अनुमति

blog

अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने। तस्बिर: सन्तोष सुवेदी ।

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक ४ गते। पूर्व उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थप तीन दिन हिरासतमा रहनुहुने भएको छ। शुक्रबार पक्राउ पर्नुभएका लामिछानेलाई आइतबार म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएको हो।

अब कास्की प्रहरीले बुधबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउनेछ। कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा छ दिन हिरासतमा राख्न आदेश दिएको हो। 

पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना अभियोगमा लामिछाने पक्राउ पर्नुभएको हो। संसदीय छानबिन विशेष समितिले सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको औँल्याउँदै आवश्यक छानबिन र कारबाही गर्न सिफारिस गरेको छ।

  

यो पनि पढ्नुहोस

रास्वपा सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी