• ५ कात्तिक २०८१, सोमबार

चार सय ७१ बोरा अवैध चिनी बरामद

blog

भैरहवाको गोदामबाट बरामद चिनी । तस्बिर : जिल्ला प्रहरी कार्यालय रूपन्देही

कपिल ज्ञवाली
सिद्धार्थनगर, कात्तिक ५ गते । 
भारतबाट अवैध रूपमा तस्करी गरेर नेपाल भित्र्याइएको ठुलो परिमाणमा चिनी रुपन्देहीको भैरहवाको गोदामबाट बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देही र भैरहवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार सिद्धार्थनगर नगरपालिकाका–४ स्थित सुगरमिल क्षेत्रबाट तस्करी गरेर भित्र्याइएको चिनी बरामद गरेको हो ।

अवैध रूपमा दुई वटा घरको गोदाम बहालमा लिएर भण्डारण गरिएको चार सय ७१ बोरा (२३५५० किलो) चिनी बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देहीका प्रमुख डिएसपी चन्द्रकुमार थापाले जानकारी दिनुभयो ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार बरामद चिनीको करिब १५ लाख मूल्य बराबरको रहेको बताउनुभयो । बरामद चिनी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।