• ११ असोज २०८१, शुक्रबार

स्रोत नखुलेका सात लाख रुपियाँसहित दुई जना पक्राउ

blog

मोरङ, असोज ८ गते । विराटनगर महानगरपालिका–१७ स्थित मटेरूवाबाट स्रोत नखुलेको नगद ७ लाख रुपियाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–७ बस्ने २४ वर्षीय सुशान्त यादव र भारत अररिया जोगवनी–३२ बस्ने ३४ वर्षीय सानतुन राय रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ६००२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक सुशान्त साथबाट तीन लाख र स्कुटरमा सवार सानतुनको साथबाट चार लाख रुपियाँ फेला पारी दुवै जनालाई मङ्गलबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।