• १३ असोज २०८१, आइतबार

खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

blog

बिष्णुप्रसाद पोखरेल
दमक, भदौ ५ गते ।
झापामा मङ्गलबार साँझ घरेलु धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

शिवसताक्षी नगरपालिका वडा नं. ७ शिवालय टोलमा ४६ वर्षीय ओमप्रसाद अधिकारीले ३० वर्षीया श्रीमती रन्जना गौतम अधिकारीको खुकुरीले काटेर बीभत्स हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार साँझ साढे ६ बजे भएको घटनामा श्रीमानले गरेको खुकुरी प्रहारबाट श्रीमती रन्जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले नियण्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको पनि उहाँले जानकारी दिनुभयो । मृतकका ११ वर्षीय छोरा र पाँच वर्षीया छोरी रहेका छन् ।

प्रहरीका अनुसार घरझगडाले उग्ररुप लिँदा घटना घटेको हो । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको चन्दले बताउनुभएको छ ।