६ जना क्रिकेटरलाई नेपाल प्रहरीको सम्मान
नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधत्व गर्ने नेपाल प्रहरीका ६ जनालाई सम्मान गरेको छ।
यात्रा एसिया कप : प्रतिस्पर्धा भारत र पाकिस्तानसँग
नेपाली क्रिकेटले अर्को ठूलो फड्को पार गरेको छ। एसीसी प्रिमियर कपको उपाधि मङ्गलबार जितेपछि नेपाल एसिया कपका लागि चयन भएको छ। यससँगै आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा अब नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली खेलाडीको प्रदर्शनमा खुशी छुः मोन्टी देशाई
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाईले नेपाल एसीसी मेन्स प्रिमियर कपको उपाधि उचाल्दै एसिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आफू सन्तुष्ट रहेको बताउनुभएको छ।
क्रिकेट टिमलाई राष्ट्रपति पौडेलको बधाई
राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी प्रिमियर कप क्रिकेटको विजेता नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ।राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै बधाई दिएको हो।
सन्दीप प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी
स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी ‘प्लेयर अफ दि सिरिज’ चुनिनु भएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा नेपाली टोलीलाई बधाई ज्ञापन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
युएईलाई हराउँदै नेपाल च्याम्पियन
गुलशन झाले अर्धशतकीय इनिङ्स खेलेपछि नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई सात विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
नेपाललाई युएईको एक सय १८ रनको सामान्य लक्ष्य
एसीसी प्रिमियर कपको फाइनलमा नेपाललाई जितका लागि संयुक्त अरब इमिरेट्स (युएई) ले एक सय १८ रनको सामान्य लक्ष्य दिएको छ ।
नेपाल र युएईको खेल रोकियो
एसीसी प्रिमियर कपको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच सोमबारको फाइल खेल वर्षाका कारण रोकिएको छ ।
नेपाल र युएईको फाइनल खेलमा वर्षा बाधक
त्रिवि मैदानमा कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा नौ विकेटको क्षतिमा एक सय ६ रन जोड्दा पानी परेपछि खेल रोकिएको छ ।
नेपाल युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै
एसीसी प्रिमियर कपको फाइनलमा आज (सोमबार) नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।
एसीसी प्रिमिर कपमा ओमान तेस्रो
एसीसी प्रिमियर कप क्रिकेटमा ओमान तेस्रो भएको छ ।
वर्षाले फाइनल खेल रद्द भए नेपाल च्याम्पियन
एसीसी प्रिमियर कपको फाइनल खेल पनि वर्षाका कारण रद्द भए आयोजक नेपाल सोझै च्याम्पियन बन्नेछ ।
बुटवल मेयर कप टी–२० क्रिकेट हुने
रुपन्देहीमा प्रथम बुटवल मेयर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
नेपाल र युएई फाइनलमा
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।
नेपालले दियो कुवेतलाई दुई सय ८२ रनको लक्ष्य
एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतलाई जितको लागि दुई सय ८२ रनको लक्ष्य दिएको छ ।
नेपाल र कुवेतको खेलमा वर्षा वाधक
एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेलमा वर्षा वाधक बनेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेल वर्षका कारण रोकिएको छ ।
नेपाल टस हारेर पहिले ब्याटिङ गर्दै
एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज (शनिबार) नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र कुवेतबीचको सेमिफाइनल कीर्तिपुरमा
एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा शनिबार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी कुवेत
सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (युएई)ले समूह ‘ए’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल अपराजित रहँदै सेमिफाइनलमा
सुरुवातमा ब्याटिङमा कमजोर प्रदर्शन गरेको नेपाल कतारविरुद्ध उत्कृष्ट बलिङ गर्दै एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालद्वारा कतारलाई एक सय ५८ रनको सामान्य लक्ष्य
कमजोर ब्याटिङ गरेपछि एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई जितका लागि एक सय ५८ रनको सामान्य लक्ष्य दिएको छ ।
कतारविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, समूह विजेता बन्ने लक्ष्य
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज (बिहीबार) समूहको अन्तिम खेलमा कतारसँग प्रतिस्पर्धा गर्दैछ ।
साउदीलाई हराउँदै ओमान सेमिफाइनलमा
ओमान एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा ओमानले साउदी अरबलाई ७२ रनले हरायो ।