• १७ असार २०८१, सोमबार

बुटवल मेयर कप टी–२० क्रिकेट हुने

blog

आयोजक टिमका खेलाडीलाई जर्सी प्रदान गरिँदै । तस्बिर : गोरखापत्र

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख १६ गते । रुपन्देहीमा प्रथम बुटवल मेयर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा वैशाख १८ देखि २२ गतेसम्म प्रतियोगिता हुन लागेको हो । 

पालिकास्तरका युवा क्रिकेट खेलाडीहरूलाई प्लेटफर्म दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिन लागिएको बुटवल क्रिकेट विकास समितिको अध्यक्ष अमित श्रेष्ठले जानकारी दिनभयो । 

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । समितिका वरिष्ठ उपाध्यक्ष रोमित बज्राचार्य र उपाध्यक्ष अनिल सेन्चुरीले शनिबार बुटवल टिमको जर्सी सार्वजनिक गर्दै टिम क्याप्टेन भुवन पाण्डेलाई हस्तान्तरण गर्नुभएको छ । 

प्रतियोगितामा बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका गरी ६ टिको सहभागिता रहनेछ । 

लिग कप नकआउट आधारमा हुने प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपियाँ, उपविजेताले २५ हजार, व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ सय र म्यान अफ दि म्याचलाई पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । उद्घाटन खेलमा आयोजक बुटवल र सैनामैनाबीच प्रतिस्पर्धा हुनेछ ।