• १५ वैशाख २०८१, शनिबार

एसीसी प्रिमिर कपमा ओमान तेस्रो

blog

खेल रद्द भएपछि हात मिलाउँदै ओमान र कुवेतका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, वैशाख १७ गते । एसीसी प्रिमियर कप क्रिकेटमा ओमान तेस्रो भएको छ । त्रिवि मैदान कीर्तिपुरमा तेस्रो स्थानमा लागि आइतबार तय भएको ओमान र कुवेतबीचको खेल वर्षाका कारण रद्द भएसँगै ओमान आईसीसी एकदिवसीय वरीयताको आधारमा तेस्रो भएको हो ।

यससँगै ओमानले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएको छ । जितको लागि एक सय ३१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा विनाविकेटको क्षतिमा ४१ रन बनाउँदा खेल वर्षाका कारण रोकिएको थियो ।

मैदान भिजेका कारण सुपर ओभरको समेत खेल हुन नसकेपछि ओमानले वरीयताको आधारमा बाजी मारेको हो । आईसीसी एकदिवसी वरीयतामा ओमान १८औं स्थानमा छ ।

कुवेत भने एकदिवसीय टोलीमा छैन । प्रतियोगिताको फाइनल खेल सोमबार नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच त्रिवि मैदानमा बिहान ९:०० बजे सुरु हुनेछ । 

नेपाल र युएई एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा चिरपरिचित प्रतिद्वन्द्वी हुन् । यी दुई टोलीबीच एकदिवसीयमा मात्र १३ पदक भिडन्त भएको छ ।

जसमा नेपालले सात र युएईले ६ खेल जितेको छ । नेपाल सोमबार घरेलु मैदानमा दर्शकको उत्साहसाथ युएईलाई हराउने योजनामा छ । 

फाइनल विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्नेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।

शीर्ष तीनमा परेसँगै ओमान, नेपाल र युएईले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको यात्रा सुनिश्चित गरेका छन् ।