• १० मंसिर २०८१, सोमबार

नेपाल युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै

blog

टसपछि नेपाल र युएईका कप्तान । तस्बिर : क्यान

काठमाडौं, वैशाख १८ गते । सीसी प्रिमियर कपको फाइनलमा आज (सोमबार) नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहित पौडेलले टस जितेर पहिला युएईलाई ब्याटिङ गर्ने निम्तो दिनुभएको छ । 

एसिया कपमा छनोट हुन नेपालका लागि आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । घरेलु मैदानमा दर्शकको साथमा नेपाल युएईमाथि सानदार जित निकाल्ने तयारीमा छ ।

युएई पनि नेपाललाई हराएर एसिया कपको ढोका खोल्ने अभियानमा छ । काठमाडौंमा पछिल्ला दिन लगातार पानी परिरहेकोले आजको खेलमा पनि वर्षा वाधक बन्ने डर छ । 

नेपाल र युएई एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा चिरपरिचित प्रतिद्वन्द्वी हुन् । यी दुई टोलीबीच एक दिवसीयमा मात्र १३ पटक भिडन्त भएको छ ।

जसमा नेपालले सात र युएईले ६ खेल जितेको छ । नेपाल सोमबार घरेलु मैदानमा दर्शकको उत्साहसाथ उपाधि जित्ने लक्ष्यमा छ । जसका लागि मौसमले समेत साथ दिन आवश्यक छ । 

फाइनल विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्नेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।

शीर्ष तीनमा परेसँगै ओमान, नेपाल र युएईले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको यात्रा सुनिश्चित गरेका छन् । 

युएईविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।