• ६ कात्तिक २०८१, मङ्गलबार

६ जना क्रिकेटरलाई नेपाल प्रहरीको सम्मान

blog

सम्मानित भएपछि नेपाल प्रहरीका उच्च अधिकारीसँग प्रहरीका क्रिकेटर । तस्बिर : नेपाल प्रहरी

काठमाडौं, वैशाख २० गते। नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने नेपाल प्रहरीका ६ जनालाई सम्मान गरेको छ। 

बुधबार नेपाल प्रहरीका खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा क्रिकेट खेलाडीलाई सम्मान गर्नुभएको हो। 

एसीसी प्रिमियर कपको विजेता बनेको नेपाली क्रिकेट टिमका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी एवम् करण केसी र गुल्सन झालाई सम्मान गरिएको हो। 

उहाँहरूलाई बधाई दिनुहुँदै महानिरीक्षक कुँवरले प्रशंसापत्र तथा नगद पुरस्कारसहित सम्मान गर्नुभएको हो।