• ३० फागुन २०८२, शनिबार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, फागुन ३० गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ६४ पैसा र बिक्रीदर १४८ रुपियाँ २४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ २८ पैसा र बिक्रीदर १६९ रुपियाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपियाँ ७५ पैसा र बिक्रीदर १९६ रुपियाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपियाँ ४८ पैसा र बिक्रीदर १८८ रुपियाँ २४ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपियाँ ९८ पैसा र बिक्रीदर १०४ रुपियाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ९९ पैसा र बिक्रीदर १०८ रुपियाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ३३ पैसा र बिक्रीदर ११५ रुपियाँ ८० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २६ पैसा र बिक्रीदर नौ रुपियाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ४१ पैसा र बिक्रीदर २१ रुपियाँ ५० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ३५ पैसा र बिक्रीदर ३९ रुपियाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ५० पैसा र बिक्रीदर ४० रुपियाँ ६६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५७ पैसा र बिक्रीदर चार रुपियाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ १९ पैसा र बिक्रीदर ४० रुपियाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ४९ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ८७ पैसा र बिक्रीदर ०९ रुपियाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७२ पैसा र बिक्रीदर १५ रुपियाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६५ पैसा र बिक्रीदर २२ रुपियाँ ७५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ८६ पैसा र बिक्रीदर १८ रुपियाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपियाँ ७० पैसा र बिक्रीदर ४८३ रुपियाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रुपियाँ ०५ पैसा र बिक्रीदर ३९२ रुपियाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३८३ रुपियाँ ४८ पैसा र बिक्रीदर ३८५ रुपियाँ ०४ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस