• १४ वैशाख २०८१, शुक्रबार

एसीसी प्रिमियर कप

नेपाल र युएईको खेल रोकियो

blog

पानी परेपछि पालले ढाकिएको कीर्तिपुर मैदान। तस्बिर : विकास द्वारे

काठमाडौं, वैशाख १८ गते । एसीसी प्रिमियर कपको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच सोमबारको फाइल खेल वर्षाका कारण रोकिएको छ।

त्रिवि मैदान कीर्तिपुरमा लगातार वर्षका कारण खेल बीचमै रोकिएको हो । दुई टोलीबीचको बाँकी खेल मङ्गलबार ‘रिजर्भ डे’ मा हुनेछ । 

वर्षा हुनुअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा नौ विकेटको क्षतिमा एक सय ६ रन जोड्दा पानी परेपछि खेल रोकिएको थियो । 

युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाउनुभयो । कप्तान आर्यानल लार्काले १३, मुम्हमद वासिमले ११ र बसिल हमेदले १० रन जोड्नुभयो । 

बलिङमा नेपालका ललित राजवंशीले तीन, सन्दीप लामिछाने र करण केसीले दुई दुई तथा सोमपाल कामी र गुलशन झाले एक एक विकट लिनुभएको छ । 

एसिया कपमा छनोट हुन नेपालका लागि फाइनल खेल निकै महत्त्वपूर्ण रहेको छ । घरेलु मैदानमा दर्शकको साथमा नेपाल युएईमाथि सानदार जित निकाल्ने सोमबारको प्रयास मङ्गलवार पूरा हुने विश्वास गरिएको छ । 

युएई पनि नेपाललाई हराएर एसिया कपको ढोका खोल्ने अभियानमा छ । तर मङ्गलवार पनि वर्षाको कारण खेल रोकिएमा सुपर ओभर या वरीयताको आधारमा नजिता निकालिने छ । 

पहिलो सुपर ओभर बराबरी भएका दोस्रो सुपर ओभर हुनेछ । यदि सुपर ओभर समेत हुन नसकेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एक दिवसीय वरीयतामा अगाडि रहने टोली विजेता बन्नेछ ।

यस्तो अवस्थामा नेपाल वरीयतामा १४औँ र युएई १९औँ स्थानमा छ । त्यसैले वरीयताको आधारमा नेपाल च्याम्पियन बन्नेछ । फाइनल विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्नेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।

शीर्ष तीनमा परेसँगै ओमान, नेपाल र युएईले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको यात्रा सुनिश्चित गरेका छन् । 

युएईविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी । तस्बिर : क्यान