• ३० चैत २०८२, सोमबार

गुल्मीमा ब्याडमिन्टन प्रतियोगिता हुँदै

blog

पत्रकार सम्मेलनमार्फत प्रतियोगताको जानकारी गराइँदै। तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, चैत ३० गते।
गुल्मीमा ब्याडमिन्टन प्रतियोगिता हुनेभएको छ। जिल्ला ब्याडमिन्टन संघ, गुल्मीको आयोजनामा आगामी जेठ १५ र १६ गते जिल्ला ब्याडमिन्टन संघको कभर्ड हलमा प्रथम प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुनेभएको हो।

विभिन्न छ विधामा दुई दिनसम्म प्रतियोगिता सञ्चालन गरिने जिल्ला ब्याडमिन्टन संघ, गुल्मीका अध्यक्ष भरत थापाले जानकारी दिनुभयो। अध्यक्ष थापाका अनुसार खुल्ला पुरुष डबल्स समूह ए र बी, मास्टर भेट्रान पुरुष डबल्स ३५ प्लस र ४५ प्लस, सुपर भेट्रान पुरुष डबल्स ५५ प्लस, खुल्ला पुरुष डबल्स सी लेवल, खुल्ला पुरुष एकल र भूपू ९० प्लसका विधामा प्रतियोगता सञ्चालन हुनेछ।

यस प्रतियोगितामा लुम्बिनी प्रदेशका सबै जिल्लाका ब्याडमिन्टन खेलाडीहरुले उक्त विधामा भाग लिन पाउनेछन्। लुम्बिनी प्रदेशका खेलाडीहरुको सहभागितामा खेलकुदको विकास र खेलाडीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यसहित प्रथम प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागिएको हो।

यसैगरी, रेसङ्गा नगरपालिकाले सञ्चालन गरेको ‘जाऊँ हिँड् रेसुङ्गा’ अभियानलाई सहयोग पुर्‍याउनका लागि पनि प्रदेशस्तरको खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा विजयी हुने खेलाडीहरूलाई ट्रफी, पदक, प्रमाणपत्रसहित नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ।

खुल्ला पुरुष डबल्स समूह ए र बी मा प्रथमलाई ४० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई १५ हजार रुपियाँ प्रदान गरिनेछ। मास्टर भेट्रान पुरुष डबल्स ३५ प्लस र ४५ प्लसमा प्रथमलाई ३५ हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार रुपियाँ प्रदान गरिनेछ। सुपर भेट्रान पुरुष डबल्स ५५ प्लसमा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई सात हजार रुपियाँ प्रदान गरिनेछ।

यसैगरी, खुल्ला पुरुष डबल्स सी लेवलमा प्रथमलाई २५ हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १५ हजार रुपियाँ प्रदान गरिनेछ। खुल्ला पुरुष एकलमा प्रथमलाई २० हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपियाँ प्रदान गरिनेछ। भूपू ९० प्लसमा प्रथमलाई २५ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपियाँ प्रदान आयोजकले जनाएको छ।