भगवान् भेट्न ‘स्वर्ग जाने बाटो’
म्याग्दी (बेनी), भदौ ११ गते । आफन्तजन ८४ वर्ष पुग्दा खुसियालीमा भोज खुवाउन वा पितृको सम्झनामा धार्मिक अनुष्ठान गर्न खर्च गरिने रकम पदमार्ग निर्माणमा लगानी गर्ने चलन उदाहरणीय बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार र आसपासका गाउँलेले आफन्त ८४ वर्ष पुगेपछि भगवान् भेट्न जाने बाटो निर्माण गरिदिने अनौठो चलन चलाएका छन् । निजी खर्चमा कालीगण्डकीको तीरदेखि अन्नपूर्णको फेदीमा रहेको धार्मिकस्थल खयरभारानी थानसम्म पुग्ने पदमार्ग निर्माणको अभियान आठ वर्षदेखि कायम छ । सामाजिक सेवाको भावले गाउँलेले स्वतस्फूर्त रूपमा पदमार्ग निर्माण गर्दै आएका छन् । सुरुवातमा पाउद्वारवासीले मात्र सुरु गरेको यो अभियानमा अहिले आसपासका छिमेकी गाउँले जोडिएका छन् । खयरभारानी जाने बाटो निर्माणपछि सामाजिक सेवाका साथै पुण्य मिल्ने विश्वास यहाँका स्थानीयले गर्दै आएका छन् । खयरभारानी थान क्षेत्र संरक्षण कोषका संयोजक राजु पुनले भन्नुभयो, “अहिलेसम्म पदमार्ग बनाउन स्थानीयले दुई करोड रुपियाँभन्दा बढी खर्च गरिसकेका छन् ।” खयरभारानीको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने विश्वास रहँदै आएको छ । खयरभारानी प्रसिद्ध शक्तिपीठमध्येकै एक मानिन्छ । सो शक्तिपीठसम्म जान कतिपय स्थानमा पदमार्ग बनाउन र रेलिङ हाल्न अझै बाँकी छ । पाउद्वार गाउँका ८४ वर्ष पुगेका पाँच जना ज्येष्ठ नागरिकले आफ्नो ८४ पूजाको सट्टा सबैभन्दा अप्ठ्यारो उकालोमा नौ लाख ५० हजार रुपियाँ खर्चिएर भ¥याङसहितको पदमार्ग निर्माण गरिदिएका छन् । कोषका संयोजक पुनले त्यसरी निर्माण गरिएको पदमार्गलाई ‘चौरासीको उकालो’ भनेर नामकरण गरिदिएपछि पदमार्ग निर्माणमा अन्य व्यक्तिले पनि धमाधम इच्छा देखाउन थालेको बताउनुभयो ।यो पदमार्ग बनाउन स्थानीयले दुई करोड रुपियाँभन्दा बढी खर्च गरिसकेका छन् । सामाजिक सेवाको भावले गाउँलेले स्वतःस्फूर्त रूपमा पदमार्ग निर्माण गर्दै आएका छन् । हाल पोखरा बस्दै आउनुभएका स्थानीय कृष्णबहादुर तिलिजाले बाबु ८४ वर्ष उमेर पुग्नुभएको अवसरमा पूजा गर्नुभन्दा उहाँको सम्मान स्वरूप सात लाख रुपियाँको लागतमा ५८५ वटा भर्याङसहितको पदमार्ग बनाइदिनुभयो । स्थानीय तिलिजाले बाबुको इच्छामा ८४ पूजाको रकम खयरभारानीमा बाटो निर्माणमा खर्च गरिएको बताउँदै भन्नुभयो, “बाबुको इच्छा पूरा गर्न पदमार्ग निर्माण गरिदियौँ । अप्ठ्यारो भीरमा पदमार्ग बनेपछि भक्तजनलाई सहज भएको कुरा सुनाउँदा बुबा निकै खुसी हुनुभयो ।” खयरभारानीको दर्शन गर्न पुग्नुभएका बेनीका विमल रिजालले पितृको उद्धार होस् भनेर बाटो, खानेपानीको धारा र चौतारा निर्माण गरेर आफ्ना मातापितालाई स्मरण गर्ने चलन रोचक लागेको र यो चलन सामाजिक सेवाको उत्कृष्ट नमुना भएको बताउनुभयो । अझै धेरै स्थानमा पदमार्ग बनाउन बाँकी छ । गाउँलेको नमुना काम देखेर गत आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिकाले १३ लाख रुपियाँ बराबरको पदमार्ग निर्माण गरिदिएको थियो । पाउद्वारदेखि खोप्रा हुँदै खयरलेकसम्म पुग्न करिब दुई दिनको पैदलयात्रा गर्नुपर्छ । यहाँबाट अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलामा देखिने सूर्योदय र सूर्यास्तको दृश्य, याक फार्मिङ, हरियाली घाँसै मैदान, भीरपहरा, हिमाली ताल र विभिन्न वन्यजन्तु तथा भेडापालनको अवलोकन गर्न पाइन्छ ।
नागरिकता विधेयकबारे भ्रममा नपरौँ: गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकका बारेमा देखिएका केही भ्रमका विषयमा स्पष्ट पार्नुभएको छ । उहाँले नेपाल नागरिकता ऐन, २००९ मा भएको व्यवस्थादेखि हालसम्मका ऐनमा भएका नागरिकतासम्बन्धी व्यवस्थाको चर्चा गर्दै अङ्गीकृत नागरिकतासम्बन्धी वास्तविकता बारेमा स्पष्ट पार्नुभएको हो ।
‘राजनीतिले नै मुलुक सुधार गर्छ’
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका पुराना नेता कमल चित्रकारको प्रेरणाबाट आफूू राजनीतितर्फ आकर्षित भएको बताउनुभएको छ ।
बुबाको सम्मानमा बुबाको मुख हेर्ने दिन
कुशे औंसी अर्थात् आज बुबाको मुख हेर्ने दिन । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गछ्र्रन् ।
कोरोनाविरुद्धको खोप लगाएपछि विद्यार्थी
बेनी नगरपालिका– २ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीले खोप लगाएपछि खोपकार्डसहित विद्यार्थी ।
नागरिकता विधेयकमा भ्रम फैलाइयो : कांग्रेस सचेतक विश्वकर्मा
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएपछि यस सम्बन्धमा विभिन्न बहस र छलफल भएका छन्।
कार्यदलले सिट बाँडफाँटका लागि साझा अवधारणा बनाउने
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको शुक्रबार बसेको बैठकले सिट बाँडफाँटको सम्बन्धमा साझा अवधारणा बनाउने भएको छ।
राष्ट्रपति समक्ष साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ।
कमल चित्रकारबाट राजनीतिमा आकर्षित भएँ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका नेता कमल चित्रकारको प्रेरणाबाट राजनीतिमा आकर्षित भएको बताउनु भएको छ ।
‘तीजमा माइती देशकै झल्को आउँछ बरिलै’
पहिला मीठो मसिनो खान वर्ष दिनकै चाड कुर्नुपर्थ्यो । अहिले परिस्थिति बदलिएकाले पनि महिलाहरु मीठो मसिनो खानकै निम्ति माइतीमै जानुपर्छ भन्ने चलन हराउँदै गएको छ ।
म्याद सकिन चार महिना बाँकी रहँदा धरहरा पुनर्निर्माणको २३ प्रतिशत काम बाँकी
दोस्रो पटक थपिएको म्याद सकिन अब चार महिना मात्र बाँकी रहदा धराहरा पुनर्निमाणको काम सम्पन्न नहुने देखिएको छ ।
निर्वाचनमा सेनाका हतियार
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले थप हतियार सेनामार्फत लिने तयारी गरेको छ। नेपाल प्रहरीसँग रहेका हतियार पर्याप्त नहुने भएकाले सेनासँग सापटी लिने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले आवश्यक हतियार नेपाली सेनासँग बालगिरी (काम सकिएपछि फिर्ता गर्ने) सर्तमा साना हतियार लिने तयारी भइरहेको जानकारी दिनुभयो। प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमार्फत सेनासँग निर्वाचन अवधिभर ४० दिनका लागि हतियार लिन पत्राचार गरेको जनाएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सेनासँग झन्डै दुई हजार पाँच सय साना हतियार मागिएको छ।
सुनकोसी–३ निर्माण गर्न संयुक्त कम्पनी खडा गर्ने सहमति
नेपाल–बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको चौथो बैठक सम्पन्न भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा सचिव सुशीलचन्द्र तिवारी र बङ्गलादेशका ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोलीबीच राजधानीमा बिहीबार बैठक बसेको थियो । यो बैठकमा बङ्गलादेशले लगानी गर्न चाहेको ६८३ मेगावाटको जलाशययुक्त सुनकोसी तेस्रो जलविद्युत् आयोजनाको वित्तीय ‘मोडालिटी’समेत टुङ्ग्याउने कार्यसूची थियो तर सो आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन गरेर आगामी बैठकमा वित्तीय ‘मोडालिटी’ टुङ्ग्याउने सहमति भएको छ ।
निर्वाचन खर्चमा १० अर्बको सीमा
अर्थ मन्त्रालयले आगामी निर्वाचनमा निर्वाचन आयोगबाट हुने खर्च १० अर्बभित्र राख्न सीमा तोकेको छ। निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग आगामी चुनावका लागि १० अर्ब ९८ करोड बजेट माग गरेको थियो तर मन्त्रालयले १० अर्बको सीमा तोक्दै बजेट स्वीकृत गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मन्त्रालयले स्वीकृत गरेबमोजिम आयोगले अब विभिन्न शीर्षकका लागि बजेट परिमार्जन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “कुन शीर्षकमा कम गर्न सकिन्छ, मन्त्रालयले तय गरेको सीमाभित्र रहेर आयोगले परिमार्जन गर्नेछ।” निर्वाचनमा परिचालन हुने जनशक्तिको बीमा, निर्वाचन शिक्षा तथा मतदान सामग्री खरिद शीर्षकको बजेट मिलाउनेछ।
बन्द आँखाले सात छोरीको लालनपालन
दुवै आँखा देख्न छाडेको १५ वर्ष भयो तर सात छोरीको लालनपालनको दायित्व उहाँकै काँधमा छ। त्यो पनि उहाँले करिब करिब पार लाउनुभएको छ। उहाँमा फेरि आफ्नै आँखाले संसार देख्ने धोको छ। रामेछाप जिल्लाको मन्थली नगरपालिका–९, पुराना गाउँकी ४० वर्षीया चमेली मगरका दुवै आँखा बन्द छन्। यस्तैमा पतिको पनि निधन भएपछि आठमध्ये सात छोरीको लालनपालन र पठनपाठनको जिम्मा उहाँकै काँधमा आएको हो। चमेलीका आठ छोरीमध्ये जेठीको मात्र विवाह भएको छ। जुम्ल्याहा माइली र साइँली १२ कक्षामा पढ्छन्। काइँली ८ मा, ठाइँली ६ मा, अन्तरी ५ मा, जन्तरी ३ मा र कान्छी १ कक्षामा अध्ययनरत छिन्। यी सबैको जिम्मेवारीले उहाँलाई थिचेको छ।
जनताको विश्वास र भरोसा कायम राख्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास र भरोसा कायम राख्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।
राष्ट्रपतिले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पनि गराउनु भएन : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकलाई पुनर्विचारका लागि फिर्ता पठाउनुअघि राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर त्यस विषयमा ध्यानाकर्षण पनि नगराएको बताउनु भएको छ।
झाडीले छोपियो खुला मञ्च (फोटो फिचर)
पुरानो बसपार्कमा २०७१ सालमा ‘भ्यू टावर’ बन्न थालेपछि केही समय बस पार्कको रुपमा प्रयोग भएको खुला मञ्चमा पक्की संरचना बन्न थालेपछि बसपार्क हटाइएको थियो।
निर्वाचन आयोगद्वारा दल तथा निर्वाचन चिन्हको क्रम निर्धारण
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिन्हको क्रम निर्धारण गरेको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ८७ दल सहभागी हुने जनाएको छ । आयोगका सहायक प्रवक्ता एवम् सहसचिव सूर्यप्रसाद अर्यालले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै सो जानकारी गराउनुभएको हो ।
केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा प्रस्तुत
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को बिहीबारको पोेलिट्ब्युरो बैठकले भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डाहरु तय गरेको छ ।
५४ स्मार्टसिटी निर्माण गर्ने योजनाको काम अघि बढेन
सरकारले आधुनिक र व्यवस्थित सहरीकरण गर्न भन्दै देशभर ५४ वटा नयाँ सहर घोषणा गरे पनि अहिलेसम्म कामको प्रगति अघि बढ्न सकेको छैन । २०६७–६८ मा मध्यपहाडी लोकमार्गमा अबस्थित १० वटा सहरहरूको छनोट गरी नयाँ सहरको रूपमा विकास गर्न थालिएको थियो । त्यसछि भेरीगङ्गा र भेरी थपिएपछि १२ वटा सहर पुगे ।
महानगर प्रमुख साहको नेतृत्वमा अनधिकृत संरचना हटाउने अभियान
काठमाडौं महानगरपालिका भित्रका अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता दिनुभएका महानगर प्रमुख बालेन्द्र साहले आक्रोश व्यक्त गर्नुभएको छ।
केसीले बनाए कोरियामा ब्याट्रीबाट चल्ने गाडी
रोजगारीका क्रममा दक्षिण कोरिया पुग्नुभएका म्याग्दीको बेनी नगरपालिका –६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाउनुभएको छ । पाँच महिनादेखि निरन्तर गरेको कोसिसपछि उहाँ चार पाङ्ग्रे गाडी बनाउन सफल हुनुभएको हो ।
सत्ता गठबन्धन बैठक : निर्वाचन क्षेत्रको अध्ययन प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन
सत्तारुढ गठबन्धनले देशका सबै निर्वाचन क्षेत्रको अवस्थाको अध्ययन गरेर प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएको छ।