भोगचलन नभएको जग्गामा औद्योगिक क्षेत्र निर्माण हुनसक्ने
रुपन्देहीको बुटवल उपमहानगरपालिका १७ स्थित निर्माण हुन लागेको मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानका लागि गृहमन्त्री बालकृष्ण खाणले सक्रियता देखाउनुभएको छ । ५ वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको थियो ।
लोप हुँदै भेडा पालन
एकाध पाका पुस्ताले भेडापालनलाई निरन्तरता दिए पनि युवापुस्ताले चासो देखाएका छैनन् । पुथाउत्तरगङ्गा गाउँपालिका–१० र ११ सँगै अधिकांश वडामा एक दशक अघि सम्म घरैपिच्छे भेडा पालन व्यवसायमा थिए । अहिले यी वडामा फाटफुट मात्र व्यवसायिक भेडापालनमा छन् ।
वनको जग्गामा बजार विस्तार
लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङको बजार क्षेत्र सरकारी वनको जग्गा अतिक्रमण गरी बनाइएको पाएको छ। राप्ती अञ्चलको प्रवेशद्वार भालुवाङ दाङसहित रोल्पा, प्युठान र अर्घाखाँची पश्चिम भागको व्यापारिक केन्द्र हो। यो बजार नै वनको जग्गामा रहेको पाइएको छ। भालुवाङ पुरानो बजार हालको बजारभन्दा प्युठान जाने सडकनजिक थियो। पूर्व–पश्चिम राजमार्ग निर्माणसँगै सो बजार राजमार्गको दायाँबायाँ विस्तार भएको हो। यो राजमार्गको दायाँबायाँ ठुल्ठूला पक्की घर तथा संरचना निर्माण गरिएका छन्। त्यही घर संरचना बनेको जग्गा राष्ट्रिय वनको नाममा रहेको बताइएको छ। ती घरधनी तथा संरचनाको मालिक कसैसँग पनि लालपुर्जा नभएको सम्बद्ध अधिकारी बताउँछन्।
सङ्गठित गिरोह नै संलग्न भएको आशङ्का
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको आवरणमा हजारौँको सङ्ख्यामा खाडी मुलुक पठाएको घटनामा सङ्गठित गिरोह नै सक्रिय रहेको हुन सक्ने आशङ्का विज्ञहरूले राख्नुभएको छ। भिजिट भिसाको माध्यमबाट अधिकांश किशोरीका कागजपत्र नक्कली भेटिनु र सजिलै खाडी मुलुक पुगिरहेको घटनामा कतिपय म्यानपावर कम्पनी र तिनका दलालमार्फत विमानस्थलका कतिपय कर्मचारीको समेत मिलेमतो रहेको हुन सक्ने भएकाले निष्पक्ष छानबिनको माग गरिएको छ।
ब्युँतिन थाल्यो सिन्डिकेट
सार्वजनिक यातायातको सिन्डिकेट हटाइएको पाँच वर्ष नबित्दै पुनः ब्युँतिन थालेको छ । त्यसको थालनी गत वर्षदेखि नै ट्रक तथा टिप्पर सङ्घको दर्ताबाट सुरु भइसकेको छ । बस व्यवसायीको पनि चाँडै पूर्ववत् समिति दर्ता हुने दाबी व्यवसायीको छ । सिन्डिकेट हटाउन सर्वोच्च अदालतले २०६७ माघ १९ गते ‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई एकाधिकार कायम हुने, सिन्डिकेट, कार्टेलिङ र त्यस्ता अन्य कुनै पनि रूपका क्रियाकलाप सञ्चालन नगर्नू, नगराउनू’ भन्ने परमादेश जारी गरेको थियो ।
नेपालले जित्यो टी–२० सिरिज
घरेलु टोली केन्याविरुद्ध पाँच खेलको टी–२० सिरज नेपालले जितेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको निर्णायक तथा अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले हरायो । यससँगै नेपालले सिरिज ३–२ ले कब्जा गरेको हो ।
राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति विद्यादेवी भण्डारीले पुशपतिनाथको दर्शन गर्नुभएको छ।
मन्त्रिपरिषद् बैठकका १२ निर्णय : विश्व बैंकबाट १७ अर्ब ऋण स्वीकार
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ।
सार्वजनिक यातायात सुरक्षित र व्यवस्थित बनाउन आग्रह
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले यातायात क्षेत्रको वर्तमान अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेको ध्यानाकर्षण गराउनु भएको छ।
त्रिवेणीदेखि बडिमालीकासम्मको यात्रा (फोटो फिचर)
बडिमालिका माईको थाकथलोमा जान कालीकोट र बाजुरा जिल्लाको सीमा स्तम्भ भएको लैडिबिनायकसम्म मानव लस्करले सुन्दर पाटन झन् सुन्दर देखिने गर्दछ । बाजुरा जिल्लाका भक्तजनहरु पनि त्रिवेणीमा आएर स्नान गर्नुपर्ने अनिवार्य जस्तै छ । शुद्ध हुन त्रिवेणीमा आउने स्नान गर्ने, पुजारीले त्रिवेणीमा सबै धातुले बनेको गजुरलाई नुहाउने चलन छ ।
शिवजीको आराधना : श्रीमानको लामो आयु र सुयोग्य वरको कामना
तीज पर्व भाद्र शुक्ल, द्वितीयादेखि सुरु भई पञ्चमीसम्म मनाइने हिन्दु महिलाको विशेष पर्व मानिन्छ । नेपाली हिन्दू महिलाको महान पर्व तीजको रौनक धेरै दिन पहिलेदेखि नै हुन्छ । हिन्दु धर्मावलम्बीहरुको महान तथा विशेष चाडको रुपमा परिचित यस पर्वमा महिलाले आफ्नो श्रीमान्को लामो आयु र दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन छ ।
पशुपतिमा बिहानैदेखि तीजका व्रतालुको भीड
भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनार्थीको बिहान तीन बजेदेखि नै भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान सवा तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।
११ करोडको निर्वाचन सामग्री खरिद गर्दै आयोग
निर्वाचन आयोगले निर्वाचन प्रक्रियामा प्रयोग हुने महत्त्वपूर्ण सामग्रीहरूको खरिद प्रक्रिया अघि बढाएको छ । ४५ दिनभित्र आपूर्ति गर्ने गरी ११ करोड ४७ लाख दुई हजार ३५० को निर्वाचन सामाग्री खरिद सुरु गरेको छ ।
बन्यो विमानस्थल आएन जहाज
गुल्मीको सिमीचौरमा विमानस्थल निर्माण भएको पाँच वर्षभन्दा बढी भइसकेको छ तर अहिलेसम्म विमान सेवा सञ्चालन हुनसकेको छैन । ३३ करोड रुपियाँभन्दा बढी लगानी गरेर निर्माण सम्पन्न गरिएको यो विमानस्थलमा निर्माण भएका पूर्वाधार बिग्रिने अवस्थामा पुगेका छन् । स्थानीय बासिन्दा भने कहिले जहाज आउँछ भनेर प्रतीक्षा गरेर बसेका छन् । सम्पूर्ण पूर्वाधार तयार भएर रङरोगन गरिसकिएको यो विमानस्थल घुम्न आउने बढेका छन् ।
खाडी मुलुकबाट ५३ हजार फर्केनन्
पछिल्लो छ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई)लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश फर्किएका छैनन्। अध्यागमन विभागको तथ्याङ्क अनुसार गत फागुन २७ देखि भदौ १० गतेसम्म सबैभन्दा बढी खाडी मुलुक दुबईमा ३९ हजार ६३० जना भिजिट भिसामा गएका छन्। यसैगरी कतार एक हजार ३८६ जना, साउदी अरब एक हजार ८१, ओमन ७९६, कुवेत ५२८ र बहराइन ३०४ जना भिजिट भिसा गएकामध्ये अधिकांश फिर्ता भएका छैनन्।
डेङ्गुका बिरामीले भरिँदै अस्पताल
उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामीले शय्या भरिन थालेका छन्। त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई भर्ना गरेर राखिएका छन्। टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई शय्या पाउनै मुस्किल छ। उक्त अस्पतालमा चार जना बिरामीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक जनाको डेङ्गुका कारण मृत्यु भएको छ। अस्पतालका उपनिर्देशक डा. सुवास आचार्यले दिनुभएको जानकारीअनुसार ३५ वर्षीय युवकको डेङ्गुका कारण मृत्यु भएको जानकारी दिनुभयो। शिक्षण अस्पतालको आकस्मिक कक्षमा आउने अधिकांश बिरामी डेङ्गुको लक्षण लिएर आउने गरेका छन्।
तीजको रमाइलो आयो वरि लै...
पाल्पा जिल्लाको रामपुर नगरपालिका–५ समाज सुधार आमा समूह सुन्दरटोलका महिला दरखाने कार्यक्रममा सहभागी हुँदै ।
प्रधानमन्त्री देउवा र भारतको नेशनल डिफेन्स टोलीबीच भेट
भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कोर्स–६२ टोलीले प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ । एयर भाइस मार्सल तेजवीर सिंहको नेतृत्वमा आइतबार नेपाल आएको भारतीय टोलीले सोमबार प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटवार्ता गरेको हो ।
नागरिकता विधेयकको संवेदनशील विषय परिमार्जन गर्न सकिन्छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फर्काइएको नागरिकता विधेयकको महत्वपूर्ण र संवेदनशील विषयमा परिमार्जन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन समितिको छलफलमा आज सोमबार भाग लिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीसहित कांग्रेस नेताद्वारा राष्ट्रपतिसँग नागरिकता विधेयकमा छलफल
राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले समसामयिक विषयमा छलफल गर्नुभएको छ ।
खाल्डाखुल्डीरहित सडकमा गाडी गुड्छ फिलिलि...
चाडपर्वको सिजन सुरू भएसँगै सडक विभागले देशभरका मुख्य सडकको खाल्डाखुल्डी पुर्ने भएको छ । अन्य समयमा भन्दा चाडपर्वको बेला धेरै मानिसले आवतजावत गर्ने भएकाले सडक विभागले मुख्य राजमार्गका खाल्डाखुल्डी पुर्ने योजना बनाएको हो ।
प्रधानमन्त्री देउवासहित कांग्रेस पदाधिकारी राष्ट्रपति निवासमा
प्रधानमन्त्री सभापति शेरबहादुर देउवासहित नेपाली कांग्रेसका पदाधिकारीहरु राष्ट्रपति निवास पुग्नुभएको छ ।
आकर्षणको केन्द्र छ्योत छ्योत झरना (फोटो फिचर)
प्राकृतिक सौन्दर्यतासँगै अग्ला पहाडबाट झरेको आकर्षक झरना, वरिपरि हरियाली वनजङ्गल, चराचुरुङ्गीको चिरबि र चिरबिर र छ्योत छ्योत झरनाको छमछम आवाजमा मोहित बन्न पुग्छन् सबै पर्यटकहरु ।
पर्यटकीय गन्तव्य बन्दै पुथाउत्तरगङ्गा (फोटो फिचर)
बाक्ला मिलेर बनेको मगर बस्ती । आफ्नै छुट्टै कला, संस्कृति, रहनसहन एवम् खाम मातृभाषा बोकेको पृथक समुदाय । सयौं वर्षअघि निर्मित ढुङ्गा र माटाका घर । एउटै घर जस्तो देखिने मगर जातिको बाहुल्यता रहेको यी मगर बस्ती । एउटा घरको छत माथिल्लो घरको आँगन । खेतीयोग्य जमिनलाई साँचेर अलग्गै बसाइएका बाक्ला बस्ती । सक्रिय ग्रामीण जीवनशैली । कुनै चित्रकारको डिजाइनमा तयार गरिएको एकीकृत बस्तीको ढाँचाजस्तो ।