पाँच वर्षमा ५० टन लागूऔषध र २० लाख थान ड्रग्स नष्ट
गत जेठ ३०–३१ गते बरामद गरिएको ५१ केजी हेरोइन ढलमा बगाएर नष्ट गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोले उक्त हेरोइन अदालत परिसरभित्रै पानीमा घोलेर ढलमा बगाई नष्ट गरेको जनाएको छ । बरामद हेरोइनको अवैध अन्तर्राष्ट्रिय बजार मूल्य एक अर्ब १० करोड रुपियाँभन्दा बढी पर्ने प्रहरीले बताएको थियो । दक्षिण अफ्रिकी मुलुकबाट नेपालहुँदै भारततर्फ तस्करी हुने क्रममा उक्त लागूपदार्थ बरामद गरिएको थियो ।
खेतमा चर्दै मयूर
शुक्लाफाँटा नगरपालिका–९ सिसैयास्थित स्थानिय किसानको खेतमा चर्दै गरेको मयूर ।
वर्षायाममा छालामा के कस्ता समस्या देखिन्छन् ?
वर्षायाममा छालामा विभिन्न रोगहरु देखिन्छन् । छाला रोग विशेषज्ञ प्राडा. सविना भट्टराईले यो सयममा मौसमको आद्रता बढ्ने हुँदा शरीरको पसिना गुम्सिएर विभिन्न ब्याक्टेरीया र ढुस्सीले छालामा समस्या देखिने बताउनुहुन्छ ।
गैरआवासीयको मताधिकार- संविधानमा सुनिश्चित, संसदमा कानुनको अड्को
विदेशमा रहेका नेपाली नागरिकको मतदाधिकारको विषयले चर्चा पाएको लामो समय भएको छ। गैरआवासीय नेपाली नागरिकको मतदान गर्ने अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले २०७४ सालमा छ बुँदे निर्देशनात्मक आदेश दिएको थियो।
एक लाख खर्च भयो तर बनेन राहदानी
कञ्चनपुरका सुवर्णराज पुरी राहदानीका लागि त्रिपुरेश्वरस्थित राहदानी विभाग धाउन थालेको छ महिना बित्यो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सिफारिसमा उहाँ पुसदेखि विभाग धाउन थाल्नुभएको हो ।
बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाबीच मतदान सुरु
बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाबीच बिहान ७ः०० बजेदेखि मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बूढीगङ्गा नगरपालिकाको अधिकांश मतदान स्थलमा धाँधली हुँदा यहाँको मतगणना रोकिएपछि असार २३ गतेका लागि पुनः निर्वाचन तय भएको हो ।
चेफाको बाँसले धानेको जीवन
पानी सँग खेल्नु आफैमा जोखिमपूर्ण हुन्छ । सामान सँगै विनासाधन नदीमा यात्रा गर्नु त झनै जोखिमपूर्ण छ । तर जोखिमको कुनै प्रवाह नगरी सप्तकोशी नदीका सहायक नदीबाट स्थानीयले वर्षेनी पानी नै पानीको लामो यात्रा तय गरी बाँस ओसार्ने काम गरेका छन् ।
बन्द तीन उद्योग सञ्चालन गरिने
लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड र हेटौँडा कपडा उद्योग सञ्चालन गरिने भएको हो । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समन्वय गरेर उद्योग सञ्चालन गर्ने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुुराम गौतमले जानकारी दिनुभयो ।
चन्द्रागिरि केबलकारमा फसेका यात्रुको उद्धार
चन्द्रागिरि हिल्स प्रालिबाट सञ्चालित केबलकार एक्कासि बन्द भएपछि यात्रु अलपत्र परे । बुधबार दिउँसो १ः४० बजे केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आई चलिरहेका केबलकार बन्द भएपछि यात्रु आत्तिए ।
पर्यटक आकर्षित गर्न सफल : ‘पाल्पा दरबार सङ्ग्रहालय’ (फोटो फिचर)
पाल्पा दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । छिमेकी देश भारत, चीन, जापानसहित देशका विभिन्न स्थानबाट समेत दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो
सर्वोच्च अदालतले पछिल्लो १० दिनमा एउटै विषयमा एउटा महत्वपूर्ण फैसला गरेको छ । विशेषगरी प्रसारण लाइन निर्माणसँग जोडिएका ती फैसलाले लामो समयसम्म निर्माणमा देखिएको अवरोध खुलेको मात्रै छैन, आगामी दिनका लागि समेत थप सहज बनाइदिएको छ ।
नागरिकता विधेयक नयाँ ल्याइने
सरकारले चार वर्षदेखि संसद्मा विचाराधीन नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मङ्गलबारको मन्त्रिपरिषद् बैठकले विचाराधीन विधेयक फिर्ता लिएर नयाँ विधेयक संसद् लैजाने निर्णय गरेको हो । उक्त विधेयक सङ्घीय संसद्मा २०७५ साउन २२ गते दर्ता भएको थियो । २०७७ असारमा समितिको प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस भएको थियो ।
हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको काम पुनः सुरु
पूर्वको लाइन पश्चिममा लैजान महत्वपूर्ण मानिएको हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको काम पुनः सुरु हुनेभएको छ । यस खण्डमा दुई वटा टावर राख्न नदिने अघिल्लो अन्तरिम आदेशलाई सर्वाेच्च अदालतले निरन्तरता नदिई रिट नै खारेज गरेपछि काम सुरु हुने भएको हो ।
हत्केलामा ज्यान, पढाइमा ध्यान
व्यास नगरपालिका–११, सेरास्थित वसन्त आधारभूत विद्यालयमा अध्ययनरत चार वर्षीया छात्रा युविना थापा खोलामा बगेर घाइते भइन् । विद्यालय नजिकैैको बुल्दी खोलाले असार २ गते बगाएपछि सख्त घाइते युविनाको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।
राहदानी बनाउन साइबरमा कागज
सिन्धुपाल्चोककी कमला तामाङ (नाम परिवर्तन)लाई छिटो विद्युतीय राहदानी बनाउनुपरेको थियो तर आफ्नो पालो आउन करिब एक साता लाग्ने भएपछि उहाँ कसरी छिटो बनाउने भन्ने ध्याउन्नमा दैनिकजसो नै त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आउन थाल्नुभयो ।
संवेदनशीलता हेरेर उपत्यकाको सुरक्षा संघीय प्रहरीलाई दिने तयारी भयो : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नुपरेको बताउनुभएको छ।
अछाम सदरमुकामका छ स्थानमा निषेधाज्ञा जारी
शान्ति, सुरक्षा कायम गर्न भन्दै जिल्ला प्रशासन कार्यालय अछामले सदरमुकाम मङ्गलसेन बजारका छ स्थानमा निषेधाज्ञा जारी गरेको छ । मंगलसेन दरबार क्षेत्र, अदालत, सरकारी वकिल कार्यालय, बैरागीधारा, कृषि ज्ञान केन्द्र, मंगलसेन नगरपालिका कार्यालय क्षेत्रमा विरोधका कार्यक्रम नगर्न भन्दै निषेधित क्षेत्र घोषणा गरिएको छ ।
७८ नर्सिङ शिक्षालय बन्द
आफ्नै एक सय शय्याको अस्पताल हुनुपर्ने बाध्यकारी प्रावधान पूरा गर्न नसक्दा नर्सिङ विषय पढाइरहेका मुलुकभरका ७८ वटा शिक्षालय बन्द भएका छन् । चिकित्सा शिक्षा ऐन २०७५ मा नर्सिङ विषय पढाउन चाहने शिक्षालयको आफ्नै एक सय शøया भएको अस्पताल हुनुपर्ने उल्लेख छ ।
विशेष अदालतको मुद्दा रोक्न सर्वोच्चमा रिट
विशेष अदालतमा दायर मुद्दाको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । विध म्यानेजमेन्ट प्रालिका कार्यकारी अध्यक्षसमेत रहेका भीमकान्त भण्डारीले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा रोक्न माग गर्दै रिट दायर गर्नुभएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ३ गते भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो । भण्डारीको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ भने विशेषले भण्डारीविरुद्ध म्याद जारी गरिसकेको छ । कानुनका जानकारहरू भने दर्ता नहुनुपर्ने रिट दर्ता भएको बताउँछन् ।
उपकुलपतिविहीन विश्वविद्यालयको तयारी
विश्वविद्यालयहरूमा दलीय भागबन्डामा पदाधिकारी नियुक्ति गर्ने परम्पराको अन्त्य गर्दै सरकारले कुलपति, सहकुलपति तथा उपकुलपति नहुने गरी मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयू) स्थापना गर्न लागेको छ । विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक सोमबार सङ्घीय संसद्को प्रतिनिधि सभाबाट पारित भएको छ । अब राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपति कार्यालयले प्रमाणित गरेपछि विधेयकले कानुनी मान्यता प्राप्त गर्नेछ ।
अझै बन्न सकेन ‘होल्डिङ सेन्टर’
मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन सकेका छैनन् ।कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई राख्न ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र निर्माण गर्ने निर्णय गरिएको डेढ वर्ष पुग्न लाग्दा पनि ‘होल्डिङ सेन्टर’ अझै तयार हुन सकेको छैन । सरकारले निर्णय गरेका आठ ठाउँमध्ये अहिलेसम्म एउटाको जग्गा प्राप्ति नै हुन नसक्दा कार्यक्रम नै रद्द गरिएको छ भने बाँकीको निर्माण कार्य अझै चलिरहेको छ ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढ्यो
आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हवाई इन्धनको अन्तरिकतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढेको छ।
राष्ट्रपतिसमक्ष नवनियुक्त तीन मन्त्रीको शपथ
राष्ट्रपतिसमक्ष शपथ लिने मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र सिंह र वन तथा वातावरण मन्त्री प्रदीप यादव हुनुहुन्छ ।
कैदीबन्दीको सुविधासम्बन्धी कार्यविधि : छुट सुविधा पाउने
गृह मन्त्रालय कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कामदारी सुविधासम्बन्धी कार्यविधि तयार गरिरहेको छ । यो कार्यविधि लागू भएपछि कारागारको उद्योगमा काम गर्ने कामदारहरुले छुट सुविधा पाउने छन् ।