काठमाडौं, भदौ ८ गते । काठमाडौं महानगरपालिकाले महानगरभित्र अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीव्र पारेको छ । यस क्रममा महानगरले बुधबार सुन्धारास्थित काठमाडौं मलमा बनेका अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ ।
महानगरका प्रमुख वालेन्द्र साहकै उपस्थितिमा काठमाडौं मल अगाडि बनेका अनधिकृत संरचना हटाइएको हो ।
यसैगरी, खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिका संरचना पनि भत्काएको छ । काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएपछि महानगरले खिचापोखरी क्षेत्रका संरचना भत्काएको हो ।