• १३ असोज २०८१, आइतबार

मन्त्रिपरिषद्का १६ निर्णय

सरकारद्वारा उच्चस्तरीय तलब सुविधा आयोग गठन

blog

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर : सुजन गुरुङ

काठमाडौं, भदौ ७ गते । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूर्व मुख्यसचिव लीलामणि पौडेयालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय भएको बताउनुभएको छ ।

भदौ ६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘देशको आर्थिक अवस्था र खर्चको बहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब भत्ता पारिश्रमिक एवम् सुविधा पुनरवलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न पूर्व मुख्यसचिव लीलामणि पौडेयालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ ।’’

यसैगरी, बैठकले विभिन्न १६ वटा निर्णय पनि गरेको छ ।