• २३ वैशाख २०८१, आइतबार

शिवजीको आराधना : श्रीमानको लामो आयु र सुयोग्य वरको कामना

blog

तस्बिर : केशव गुरुङ

काठमाडौं, भदौ १४ गते । तीज पर्व भाद्र शुक्ल, द्वितीयादेखि सुरु भई पञ्चमीसम्म मनाइने हिन्दु महिलाको विशेष पर्व मानिन्छ । नेपाली हिन्दू महिलाको महान पर्व तीजको रौनक धेरै दिन पहिलेदेखि नै हुन्छ । हिन्दु धर्मावलम्बीहरुको महान तथा विशेष चाडको रुपमा परिचित यस पर्वमा महिलाले आफ्नो श्रीमान्को लामो आयु र दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन छ । 

आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिककालदेखि चलिआएको परम्परा हो । तीजको अघिल्लो दिन महिलाले मीठा भोजनका परिकार खाने र तीजको दिन नीराहार ब्रत बस्ने चलन छ । 

तीजमा विवाहिता महिला आफ्ना पतिको दीर्घायुको कामना गर्दै ब्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता महिला सुयोग्य वरको आशा राखी ब्रत बस्ने चलन छ ।

तीजमा विवाहिता महिला आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता महिला सुयोग्य वरको आशा राखी ब्रत बस्ने चलन छ । व्रतको दिन महिलाले तीजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीलाई दान दक्षिणा दिने चलन छ । 

तीज व्रतलाई अन्य ब्रतभन्दा फरक ढङ्गले लिने गरिन्छ । यसदिन पानीसम्म पनि नखाई व्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भए पनि कतिपय महिला महादेवको पुजा आराधनापछि मात्र फलफूल खाने गर्छन् । यसदिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइन्छ ।

संस्कृतिविद् जगमान गुरुङका अनुसार तीज बुबा माईती र छोरीबीचको सदभावको पर्व हो । गुरुङ भन्नुहुन्छ, “तीज एक सामाजिक पर्व हो । विवाह गरेर पतिका घरमा गएका चेलीलाई माइतीमा दर खुवाई परिवारका सदस्यहरु भेला भई नाचगान गर्ने र सुखदुख साट्ने हुँदा यस पर्वले समाजिक महत्व राख्छ ।” 

उहाँका अनुसार तीज महिलाको स्वास्थ्य लाभको पनि पर्व हो । महिलाको पक्षबाट हेर्ने हो भने महिलाको स्वास्थ्य लाभ भएपछि आफ्नो श्रीमानलाई आफूप्रति आकर्षित गराउन सकिन्छ र जायजन्म गराउन सकिन्छ । तीजको व्रतले सकुशल गर्भधारण गर्न सकिने र जायजन्म गराएर छोराछोरी हुर्काउन सजिलो हुनेसमेत धार्मिक आस्था रहेको गुरुङको भनाइ छ । 

विवाह गरेर पतिका घरमा गएका चेलीलाई माइतीमा दर खुवाई परिवारका सदस्यहरु भेला भई नाचगान गर्ने र सुखदुख साट्ने हुँदा यस पर्वले समाजिक महत्व राख्छ ।

“तीज पहाडी हिन्दु महिलाको पर्व हो । तर आजभोलि सबै धर्म र जातमा यो लोकप्रिय भएको छ । संस्कृति भनेको आफ्ना्े परम्परा र परम्परा अंगाल्नु नै हो” उहाँ भन्नुहुन्छ, “नेवार महिलामा तीजको व्रत बस्ने चलन छैन, तर पञ्चमीको व्रत बस्ने चलन रहेको छ ।” 

धार्मिक आस्थाको रुपमा समाज भगवानप्रतिको सदभावमा अड्किएको छ । तीज भगवान शिव पार्वतीको महिमा हो । महिलाले आफ्नो श्रीमानलाई सधैं शारीरिक मानसिक र आर्थिक रुपले सुख दिनका लागि र श्रीमानलाई आफ्नो बोली व्यवहारले आकर्षण गर्न तीजको व्रत बस्ने चलन छ ।

यसबाहेक छोरीचेलीले दैनिक कामबाट एकदिन भए पनि छुटकारा पाउने र माइतीमा रमाइलो गर्ने दिनका लागि पनि यसलाई सामाजिक पर्वको रुपमा लिनेगरेको उहाँको भनाइ छ ।