• ५ कात्तिक २०८२, बुधबार

खुलालुबाट बगेकी किशोरी ८ दिनपछि अछाममा मृत फेला

blog

शिवराज ढुंगाना 
अछाम, कात्तिक ५ गते ।
कालिकोटको खुलालु पुलबाट कर्णाली नदीमा हाम फालेकी एक किशोरीको शव अछामको रहफमा फेला परेको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–७ माल्कोटकी १५ वर्षीया किशोरी सिर्जना बटालाको शव ८ दिनपछि कर्णाली किनारमा शव फेला परेको हो ।

अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–१ रहफको तल्लो डुंगेश्वर नजिक रहेको बुढाबालुवा भन्ने स्थानमा मङ्गलबार साँझ शव भेटिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

खुलालु बजारका व्यापारी अनिपाल बटालाकी जेठी छोरी सिर्जना हाल सुर्खेतको वीरेन्द्रनगरमा कक्षा १० मा अध्ययनरत रहेकी बताइएको छ । दसैँ मनाउन घर आएकी सिर्जनाको घटनाको कारण बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।