कैलालीमा ३८० भन्दा बढी घर डुबानमा
कैलालीमा ३८० भन्दा बढी घर डुबानमा परेका छन् । गएराति भएको वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले डुबान भएको हो । सबैभन्दा बढी भजनी नगरपालिकामा डुबान भएको छ ।
९३ प्रतिशत जनतामा पुग्यो बिजुली
नेपालको कुल जनसङ्ख्याको झन्डै ९३ प्रतिशतले विद्युत् उपभोग गर्न पाएका छन् । नेपाल विद्युत् प्राधिकरणले सबै स्थानीय तहका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको प्रतिवेदनले कुल जनसङ्ख्याको ९२.५१ प्रतिशतमा विद्युत्को पहुँच पुगेको देखाएको हो । नेपाल विद्युत् प्राधिकरणले बिहीबार सार्वजनिक गरेको नेपाल विद्युतीकरण तथ्याङ्क २०७७ अनुसार मधेश प्रदेशमा लगभग सबै जनसङ्ख्याले विद्युत् उपभोग गर्न पाएका छन् भने सबभन्दा कम कर्णाली प्रदेशको ५६.७९ प्रतिशत र सुदूरपश्चिमको ७८.८५ प्रतिशत जनसङ्ख्यामा मात्रै विद्युत् पहुँच पुगेको छ । विद्युत्को पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट रहेको छ ।
इच्छाराजविरुद्ध चार अर्ब ७० करोडको मुद्दा
सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित परिवारका अन्य सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले सिभिल सहकारी संस्थाको रकम हिनामिना गरी आर्थिक अपचलन गरेको आरोपमा तामाङ, उहाँकी पत्नी, दुई छोरी, सहकारी संस्थाका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ र उहाँकी पत्नी श्रीमती बीना श्रेष्ठसहित छ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।
नेपालको ऋण २० खर्ब नाघ्यो
नेपालको सार्वजनिक ऋणको आकार पनि निरन्तर उकालो लागिरहेको छ । गत एक वर्षमै करिब तीन खर्ब रुपियाँ ऋणको भार थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षसम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब रुपियाँ नाघेको छ, जसमध्ये बाह्य ऋण १० खर्ब २५ करोड रुपियाँ र आन्तरिक ऋण नौ खर्ब ८६ करोड रुपियाँ रहेको छ ।
हटाइँदै ‘डिजिटल होर्डिङ बोर्ड’
काठमाडौँ महानगरपालिकाले सहरका मुख्य ठाउँमा अव्यवस्थित रूपमा राखिएका डिजिटल होर्डिङ बोर्डबाट विज्ञापन प्रसारण बन्द गराउन थालेको छ । वस्तु तथा सेवाको प्रचार गर्ने नाममा सहरका संवेदनशील स्थानमा समेत आफूखुसी डिजिटल होर्डिङ बोर्ड राख्न थालेपछि महानगरले यस्तो अभियान थालेको हो । महानगरपालिकाले बिहीबार त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड टे«ड सेन्टर तथा कोटेश्वर चोकमा राखिएका बोर्ड बन्द गराएको छ । अन्य ठाउँमा राखिएका बोर्ड पनि बन्द गराइने र यसका लागि आवश्यक अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ ।
बिरामीलाई चर्को पार्किङ शुल्क
रामेछापकी लक्ष्मी केसीलाई उपचार गराउन वीर अस्पताल पुग्नुभएका विनोद केसीले दिनभरिको सवारी पार्किङबापत २७५ रुपियाँ तिर्नुप-यो । वीर अस्पतालको आकस्मिक कक्षको सामुन्नेको सडकमा मोटरसाइकल पार्किङ गरेबापत सो रुपियाँ मागेपछि सुरुमा त उहाँ अक्मकिनुभयो तर त्यति शुल्क नबुझाएर उम्किनै पाउनुभएन । सवारीसाधन लिएर स्वास्थ्य उपचार गराउन वीर अस्पताल पुगेका बिरामी र कुरुवा पार्किङबापत चर्काे शुल्क तिर्न बाध्य छन् । पार्किङबापत प्रतिघण्टा २५ रुपियाँ तिर्नुपर्छ ।
गठबन्धनका शीर्ष नेताहरूको बैठक : सिट बाँडफाँट गर्न निष्कर्ष नजिक
सत्ता गठबन्धनका शीर्ष नेताबीच सिट बाँडफाँटको छलफल निष्कर्ष नजिक पुगेको छ ।
डिजेल र मट्टीतेलको मूल्य लिटरमा ६ रुपियाँ बढ्यो
काठमाडौं, भदौ १६ गते । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ६ रुपियाँले बढाएको छ । बिहीबार साँझ आयल निगमले विज्ञप्ति सार्वजनिक गर्दै डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । अब डिजेल र मट्टीतेलको मूल्य लिटरको १७८ रुपियाँ पुगेको छ । यसअघि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपियाँ थियो।पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।
मनमोहक शंख दह ताल
प्रसिद्ध धार्मिक तीर्थस्थल साईकुवारीस्थित पदयात्राको बीचमा पर्ने शंख दह ताल ।
प्रधानमन्त्री देउवाद्वारा मानव बेचबिखनविरूद्वको प्रतिबद्धतामा हस्ताक्षर
माइती नेपालले १६ औँ मानव बेचबिखनविरूद्व राष्ट्रिय दिवसको सन्दर्भमा बिहीबार काठमाडौँमा आयोजना गरेको मानव बेचबिखनविरूद्व मेरो दलको प्रतिबद्धता कार्यक्रममा प्रतिबद्धता जनाएर हस्ताक्षर गर्नुहुँदै नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालगायत
प्रदीप गिरी दार्शनिक व्यक्ति हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रुपमा स्मरण गर्नुभएको छ। बिहीबार काठमाडौंमा भएको १३ औँ दिनको स्मृति सभालाई सम्बोधन गर्नुहुँदै उहाँले गिरीलाई भर्सटायल, जिनियस नेताको रुपमासमेत सम्झना गर्नुभयो।
भदौ दोस्रो साता झापामा बिजी धानको रोपाइँ चल्दै
झापाको कमल गाउँपालिकामा भदौंको दोस्रो सातामा नयाँ अभ्यासको रुपमा धानको विउँ उत्पादनका लागि बीजी धानको रोपाइ सुरु भएको छ । क्यारिटास नेपालको सहकार्यमा सो गाउँपालिकाको वडा २ मा सामुहिक रुपमा धान लगाइएको कृषि प्राविधिक समेत रहनु भएका स्थानीय टंक कट्टेलले बताउनुभयो ।
डेंगु फैलाउने लामखुट्टे घाम छउन्जेल सक्रिय हुन्छ : डा. चालिसे
छिल्लो केही महिनादेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा डेंगुका बिरामी बढ्दै गएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक महिनामा दुई हजार ५०० भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । पुसदेखि बुधबारसम्म ७२ जिल्लाबाट तीन हजार २२७ जनामा डेंगुको सङ्क्रमण पुष्टि भइसकेको छ ।
निलम्बित प्रधानन्यायाधीश जबराले अझै ३७ प्रश्नको जवाफ दिन बाँकी
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले दोस्रो दिन बिहीबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ ।
सत्ता गठबन्धनको बैठक शुरु, सिट बाँडफाँट टुङ्गिने
सत्ता साझेदार पाँचदलीय गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ । बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको विषय सम्भवतः आजै टुङ्गीने राष्ट्रिय जनमोर्चाका सचिव हेमलाल पुरीले बताउनुभयो ।
तस्बिरमा ऋषिपञ्चमी (फोटो फिचर)
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज हिन्दु नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाहरूले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवम् खरानी लगाई स्नान गर्दछन् ।
थप दुई बन्दरगाह उपलब्ध गराउन भारत सकारात्मक
नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरावलोकनको तयारी भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल–भारत व्यापार सन्धि २००९ लाई परिमार्जन गरी पुनरावलोकन गर्न लागेको हो ।
सिट बाँडफाँटको परिणाम आज आउन सक्छ : सञ्चारमन्त्री
सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको प्रारूपमा सहमति नजिक पुग्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न बैठकमा मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँटको औपचारिक सहमति नजिक पुग्नुभएको हो।
गोरखापत्र आरोपमुक्त
७६ वर्षअघि अर्थात् २००३ सालको एसएलसी परीक्षा सर्नुका बारेमा गोरखापत्रमाथि लगाइएको आरोप गलत प्रमाणित भएको छ। तत्कालीन शिक्षा डाइरेक्टरका छोरा बिरामी हुँदा परीक्षा सार्नु परेको तर आरोपचाहिँ गोरखापत्रले खेप्नु परेको थियो। विराटनगरस्थित जुद्ध पब्लिक स्कुल (हालको आदर्श माध्यमिक विद्यालय)ले त्यस बेला शिक्षाका डाइरेक्टर जनरललाई पत्र लेखी आफूहरूका कारण परीक्षा सरेको भन्दै गोरखापत्रले गलत समाचार छापेको र त्यसका लागि गोरखापत्रविरुद्ध आवश्यक कारबाही गर्न माग गरेको थियो। सो पत्र त्रिचन्द्र क्याम्पसमा सुरक्षित रहेको फेला पारिएको छ।
सुन्दर कुँडुले फेदी
जिल्लाको बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेदी । जहाँ पछिल्लो केही वर्षयता तीव्र रुपमा बस्ती विस्तार भइरहेको छ ।
‘अहिले नै डेंगुलाई महामारी घोषणा गर्न मिल्दैन’
नेपालमा डेंगुको संक्रमण दैनिक बढ्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्र्तगतका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार पुसदेखि बुधबारसम्म ७२ जिल्लाका ३२ सय २७ जनामा डेंगु पुष्टि भएको छ।
निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकिएन, थप प्रश्नको जवाफ बिहीबार दिनुहुने
बुधबार महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ।
प्रधानमन्त्रीद्वारा विश्वकप क्रिकेटको ट्रफी अवलोकन
काठमाडौं, भदौ १५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी अवलोकन गर्नुभएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले टी–ट्वान्टी विश्वकपकाे ट्रफी अवलोकन गर्नुभएको हो। बुधबार यसअघि ट्रफी भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनीमा राखिएको थियो। टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आइपुगेको हो । विश्वकपको एक सय दिने टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो। टी–ट्वान्टी विश्वकप क्रिकेट ट्रफी नेपालसहित विश्वका १३ का ३५ स्थानमा प्रदर्शनी हुँदैछ।आईसीसी टी–२० विश्वकप अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म आयोजना हुँदैछ । विश्वकपमा १६ देशको सहभागिता रहनेछ ।
गाईपालनबाट नेत्री भण्डारीलाई मासिक ४५ हजार आम्दानी
गुल्मीको रेसुङ्गा नगरपालिका अर्खलेकी सावित्रा भण्डारीले गाईपालन व्यवसाय पनि आम्दानीको राम्रो स्रोत बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । रेसुङ्गा नगरपालिका –४, अर्खलेकी महिला नेतृ समेत रहनुभएकी भण्डारीले गाईपालन व्यवसायबाट राम्रो आम्दानी भइरहेको बताउनुभयो ।