• ८ वैशाख २०८१, शनिबार

७२ जिल्लाका तीन हजारमा डेंगु पुष्टि

‘अहिले नै डेंगुलाई महामारी घोषणा गर्न मिल्दैन’

blog

काठमाडौं, भदौ १५ गते। नेपालमा डेंगुको सङ्क्रमण दैनिक बढ्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार पुसदेखि बुधबारसम्म ७२ जिल्लाका ३२ सय २७ जनामा डेंगु पुष्टि भएको छ।

अहिलेसम्म सबैभन्दा बढी साउन १५ देखि भदौ १५ गतेसम्म एक महिनामा २५ सय जनामा डेंगु पुष्टि भएको छ। बागमती प्रदेशमा डेंगुको सङ्क्रमण सबैभन्दा बढी देखिएको छ। बागमती प्रदेशमा २१ सय आठ जनामा डेंगु पुष्टि भएको दाहाल बताउनुहुन्छ। त्यसै गरी, लुम्बिनी प्रदेशमा छ सय ९८ जनामा डेंगु पुष्टि भएको छ। 

अन्य सबै प्रदेशमा डेंगुका बिरामी पुष्टि भएको डा। दाहालले जानकारी दिनुभयो। ललितपुरमा ११ सय ८० जनामा डेंगु पुष्टि भएको छ। काठमाडौंमा ५ सय ६२ र रुपन्देहीमा तीन सय ९२ जनामा डेंगु पुष्टि भएको छ। डेंगु पुष्टि भएका ८० प्रतिशतभन्दा बढी बिरामी १० वटा जिल्लाका रहेको डा। दाहालले उल्लेख गर्नुभयो। सङ्क्रमण बढ्दै गएको भए पनि अहिले नै महामारीको घोषण गर्न नमिल्ने डा। दाहालको भनाइ छ। 

अझै दुई महिना डेंगुका बिरामी बढ्ने डा. दाहालको अनुमान छ। छिटै मनसुन सुरु भएकाले छिटै पिकमा पुग्ने उहाँको अनुमान छ। डेंगु नियन्त्रणमा सरकारी तयारी कस्तो छ भन्ने विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालसँग गोरखापत्र अनलाइनका लागि सिर्जना खत्री, मनोरत्न शाही र केशब गुरुङले गर्नुभएको भिडियो कुराकानी :

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।