असोज २३ गते उम्मेदवारी दर्ता
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका स्वीकृत गरेको छ ।
मन्त्री बडूका पाँच महिना : २८ हजार बढीलाई रोजगारी
मन्त्रालय सम्हालेको पाँच महिना पुगेको अवसरमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा विहीबार पत्रकार सम्मेल गरी उहाँले पाँच महिनाको प्रगति विवरण सुनाउनुभएको हो ।
बेलहिया नाकाबाट आयात घट्यो
दैनिक पाँच सय मालबाहक गाडी जाँच पास हुँदै आएको भैरहवा भन्सार कार्यालयमा अहिले दुई सयको हाराहारीमा मात्रै आयात भइरहेको छ। आयात घट्दा यसको असर राजश्व संकलनमा परेको छ।
पूर्व राष्ट्रपति यादवको प्रश्न : जनतामा जान किन अंशबण्डा
पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । बिहीवार काठमाडौंमा भएको बीपी साहित्य सम्मान एवम् बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्नुहुँदै पूर्व राष्ट्रपति डा. यादवले यस्तो चिन्ता प्रकट गर्नुभएको हो ।
चार महिना बित्दासमेत विद्यार्थीलाई हात लागेन पुस्तक
नयाँ शैक्षिकसत्र सुरु भएको चार महिना बितेको छ । चार महिना बित्दासमेत धनकुटामा रहेका सामुदायीक विद्यालयका विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन् । यस वर्षको शैक्षिकसत्र जेठ १ गतेबाट सुरु भए पनि यहाँका आधारभूत तथा माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन् ।
फिजियो थेरापीले जीवनशैलीलाई सहज बनाउँछ
फिजियो थेरापीको माध्यमबाट अपाङ्गता वा अशक्तता कम गरी स्वतन्त्र जीवनशैली तथा कार्यशैलीमा फर्काउन मद्दत गर्छ ।
‘फोहोर दिएपछि नागरिकले पैसा पाउँछन्’
राजनीतिक रूपमा नयाँ सहरको माग गर्ने प्रवृत्ति बढ्दो छ। पूर्वाधार पर्याप्त नभए पनि नयाँ सहर घोषणा गरिदिने चलन देखिएको छ। उपत्यकामा फोहोरको फोहोरी राजनीति अर्को समस्या छ। ठेकेदारले समयमा निर्माण पूरा नगर्ने समस्या त नसर्ने रोगकै रूपमा बल्झिएको छ। बाहिरी चक्रपथको अन्योल कायमै छ। सहरी विकासमा समस्याका चाङ लागिरहेका बेला सहरी विकास नीतिले आशाको किरण देखाएको छ। स्पष्ट वक्ताका रूपमा परिचित सहरी विकासमन्त्री मेटमणि चौधरी सहरी विकासका क्षेत्रमा देखिएका समस्या सधैँका लागि राखिरहनुहुन्न भन्नेमा स्पष्ट हुनुहुन्छ। प्रस्तुत छ– यिनै विषयमा मन्त्री चौधरीले गोरखापत्रका पत्रकार प्रकृति अधिकारी र भउचप्रसाद यादवलाई दिएको अन्तर्वार्ताको सम्पादित अंश :
पर्यटकका लागि छैन योजना
मुलुक सङ्घीय गणराज्य भएसँगै साबिकको रुकुमबाट छुट्टै जिल्ला बनेको रुकुमपूर्र्वलाई नेपाल सरकारले हिमाली जिल्लाको सूचीमा राखेको छ । २०७४ असोज १९ गतेको राजपत्रमा रुकुमपूर्व ‘क’ वर्गको हिमाली जिल्लामा सूचीकृत छ । हिमाली जिल्लामा देशभरका १९ र रुकुमपूर्वसहित एक गरी २० जिल्ला भएका छन् । रुकुमपूर्वमा धेरै हिमाल तथा हिमशृङ्खला रहेकाले ‘क’ वर्गकै हिमाली जिल्लाका रूपमा सूचीकृत गरिएको हो । पाँच हजार मिटरभन्दा अग्ला करिब आधा दर्जन हिमाल यसै जिल्लामा छन् । सात हजार २४६ मिटर अग्लो पुथा, छ हजार ५३६ मिटर अग्लो दोगारी, पाँच हजार ९२४ मिटर अग्लो साम्जाङ, पाँच हजार ९११ मिटर अग्लो सिस्ने र पाँच हजार ८३३ मिटर अग्लो ङिम्कुँ गरी पाँचवटा हिमाल यहाँ छन् । पुथा, दोगारी, साम्जाङ र ङिम्कुँ चार हिमाल पुथाउत्तरगङ्गा गाउँपालिका–१ र २ वडामा छन् । सिस्ने हिमाल सिस्ने गाउँपालिका–१ मा अवस्थित छ । पुथा र सिस्ने यी दुई हिमालबाट गाउँपालिकाको नामकरण गरिएको छ ।
चीनको प्रतिस्पर्धामा नेपाली चिया
नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच)का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि स्वाद जाँचका लागि त्यता पठाउन लागेको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईका अनुसार सेप्टेम्बर १८–२१ सम्म चीनको बेजिङमा हुने चिया प्रतिस्पर्धा (टी कम्पिटिसन)मा भाग लिने र नेपालको चियालाई प्रतिस्पर्धा गराउनका लागि विभिन्न १६ वटा चियाका नमुना पठाउन लागिएको हो ।
आश्रमको जग्गामा व्यक्तिको रजाइँ
दाङ जिल्लाको लमही बजारको पूर्वीक्षेत्र बाक्लो बस्ती र अग्ला घरले भरिएको छ । बाँकी रहेको खाली जग्गा पनि घरहरूले भरिँदै जान थालेको छ । यसरी घर तथा भवन निर्माण गर्न थालिएको जग्गा कसको हो ? कसले किनबेच गरिरहेको छ ? बन्दै गरेका घरको नक्सा पास कुन निकायले गरिरहेको छ ? यी कुराको मतलब न त घर बनाउनेलाई छ न त जग्गा बिक्री गर्नेलाई नै छ । यो जग्गा सरकारी वा व्यक्तिगत कोही कसैको होइन, प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी आश्रम गुठीको हो ।
निजामती सेवा दिवसको र्याली
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले धुलिखेलमा निकालेको र्यालीमा
चित्र कोरेर वार्षिक चार लाख रुपियाँ कमाइ (फोटो फिचर)
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारको गणेशटोलमा रहेको म्याग्दी उद्योग वाणिज्य संघको भवनको भुइँतलामा पछिल्लो १५ दिनदेखि भित्तामा घोत्लिएर दिनभरी एक युवाको समय बित्ने गर्छ । मानिसहरु बाहिरी दुनियाँसँग रमाइरहेकाबेला ग्राउण्ड फ्लोरको भित्तामा पेन्सिलले आकृति कोर्ने र रङ भरेर आकर्षक चित्र बनाउने कार्यमा लागिरहेका युवा हुनुहुन्छ अशोक किसान ।
मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय
नेपाल सरकारले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ।
टुक्रे आयोजनामा केन्द्रित उपत्यका विकास प्राधिकरण
काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा टुक्रे विकास आयोजनामा केन्द्रित भएर काम गरिरहेको छ । प्राधिकरणले उपत्यकाभित्र रहेका २०० देखि ३०० मिटर लम्बाइ भएका सडकको विस्तार तथा ६ मिटर चौडाइ भएका सडक आयोजनाको विस्तार तथा मर्मत सम्भार गरिरहेको प्राधिकरणका सूचना अधिकारी सौरभ ढकालले बताउनुभयो ।
असोज १ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने
बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलका क्रममा असोज १ गतेदेखि बुकिङ खोल्ने निर्णय भएको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो।
कर्मचारीको सहयोग विना देश अघि बढ्न सक्दैन : प्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगविना देश अघि बढ्न नसक्ने बताउनुभएको छ । बुधबार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले कर्मचारीको सहयोगविना देशको विकास हुन नसक्ने बताउनुभएको हो ।
हात्ती धपाएका स्थानीयलाई सर्पले पनि डस्यो
रवीन्द्र उप्रेती बर्दिबास, भदौ २२ गते । जङ्गली हात्तीकाे एक जोडीले गौशाला नगरपालिका १० बटौवाका दुई घरमा क्षति गर्नुका साथै बालीनाली सखाप पारेको छ । हात्ती धपाउने क्रममा स्थानीय कामेश्वर यादवलाई सर्पले डसेपछि अर्को समस्या खडा भएको थियो । उहाँलाई राति नै बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा भर्ना गरिएको वडाध्यक्ष विष्णुकुमार महतोले जनाउनुभयो । स्थानीयका अनुसार मङ्गलबार साँझतिर लक्ष्मिनियाको जङ्गलमा देखापरेका हात्तीले रातको समय बस्ती प्रवेश गरी पहिले पूजन महतो र त्यसपछि छिमेकी जयवीर महतोको घर भत्काएकाे थियो । भित्र प्रवेश गरेका हात्तीले अन्नपातसमेत खानुकाे साथै भुइँभर छरेर नष्ट पारेको पीडितले जनाएका छन् । महिला तथा बालबालिकालाई राति नै सुरक्षितस्थलतर्फ पठाइएको वडाध्यक्ष महतोले जनाउनुभयो । जतिसुकै गर्दा पनि हात्तीले गाउँ छाड्ने मनसाय नदेखाएपछि स्थानीयले प्रहरी गुहारेका थिए ।कान्तिबजार प्रहरी पोष्टका असई शम्भु सिंहका अनुसार टर्च र दर्जन जति मोटरसाइकलको लाइट बालेपछि हात्ती पश्चिमतर्फ लागेका थिए । अहिले ती जोडी सागरनाथ वनविकास परियोजनाको जङ्गल हुँदै सर्लाहीतर्फ लागेको अनुमान गरिएको छ ।गाउँले र प्रहरीको लामो प्रयासपछि बुधबार बिहान ३ बजेतिर पश्चिम लागेका हात्तीले बाटो छेउछाउका बालीनालीमा क्षति पु¥याएको छ । गाउँलेका अनुसार रामजतन महतोको ३ कट्ठाको धानबालीका साथै रामनारायण सहनीको २ कट्ठाको उखु खाई उखेलेर क्षति पु¥याएको छ । अघिल्लो रात सोही हात्तीका जोडीले बर्दिबास नपा-२ हङकङडाँडा र वडा नं ८ स्थित लोपचन टोल तथा भवसी टोलका नाै घरमा क्षति पुराएका थिए । प्रत्यक्षदर्शीका अनुसार बर्दिबासबाट निस्केका ती हात्ती मडाहा खोलाको बाटो हुँदै टौवा प्रवेश गरेका थिए ।
इन्द्रजात्रा विधिवत् रुपमा सुरु (फोटो/भिडियो)
इन्द्रजात्रा आजदेखि विधिवत् रुपमा शुरु भएको छ । आज बिहान (बुधबार) ७:१७ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) पश्चात विधिवत रुपमा इन्द्र जात्रा सुरु भएको मानिन्छ ।
चीनतिरै थन्किए व्यापारीका सामान
कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै चीनले नेपालसँग जोडिएका भन्सार नाकाहरू बन्द गरेपछि सयौँ कन्टेनर सामान चीनतिरै अड्किएका छन् । नाका खुल्नेबारे नेपाल पक्षले कुनै जानकारी नपाउँदा दशैँलाई लक्षित गर्दै ल्याइएका सामान दशैँअघि नेपाल आउने सम्भावना कमजोर भएको छ । अर्कोतिर फलफूल कुहिने अवस्था बनेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले उत्तरी नाका भएर चाडपर्व लक्षित सामान दशैँअघि आउन अब असम्भव रहेको बताउनुभयो ।
व्यस्त सडक खुलाउन हुँदैन पहल
काठमाडौँ महानगरपालिका (कामपा)ले सार्वजनिक जग्गा र सडक मिचेर बनेका घर धमाधम भत्काउँदै छ। काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) अवैधानिक संरचना हटाउन आफैँ ठाउँठाउँमा पुग्नुभएको छ। काठमाडौँकै छिमेकी मध्यपुर थिमि नगरपालिकाले त्यस्ता संरचना हटाउन सूचना जारी गरेको छ। यी दुई स्थानीय तहको सीमा तर कामपाको क्षेत्राधिकारमा बनेको एउटा संरचनाका कारण छ लेनको सडक नै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। त्यो खुलाउन जिम्मेवार निकायको ध्यान पनि खासै पुगेको छैन।
डेङ्गु परीक्षणमा एक रूपता कायम गरिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षणको शुल्कमा एक रूपता कायम गर्ने भएको छ। सरकारी र निजी दुवै खालका स्वास्थ्य प्रयोगशालाले न्यूनतम चार सयदेखि तीन हजार चार सय रुपियाँसम्म लिने गरेका थिए। डेङ्गु परीक्षण गर्ने किट विभिन्न दातृ निकायले निःशुल्क दिने गरेका छन्। यसरी निःशुल्क दिएको किटमा समेत सरकार मातहतकै निकायले महँगो शुल्क लिने गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरोकारवाला निकायबीच मङ्गलबार भएको बैठकमा एक रूपता कायम गर्ने सहमति भए पनि त्यस्तो शुल्क निर्धारण भने भएको छैन। निजी क्षेत्रका अस्पताल र सरोकारवालाको समेत सुझावका आधारमा एक साताभित्रै सहमति गरिनेछ।
घरदैलोमा पुग्दै निजामती सेवा
निजामती प्रशासन सेवालाई नागरिकको घरदैलोमा पु-याउन प्रभावकारी बनाउने सङ्कल्पसाथ बुधबार १९औँ निजामती सेवा दिवस मनाइँदै छ। यसका लागि सरकारले गत वर्ष नै पाँच वर्षसम्मका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नारा तय गरेको छ। सो नाराअनुसार निजामती सेवालाई थप व्यवहारमा उतार्ने अभियानसाथ सरकारले हरेक वर्ष प्रतिबद्धता व्यक्त गर्दै आएको छ। सङ्घीयताको कार्यान्वयनसँगै ‘घरघरमा सरकार’ भन्ने प्रतिबद्धता पूरा हुने क्रममा छ। २०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनलाई सरकारले हरेक वर्ष निजामती सेवा दिवस मनाउँदै आएको छ। निजामती प्रशासनले सेवा प्रवाह गर्दा सेवाग्राहीले चाहेअनुसारको फड्को मार्न नसके पनि दिन प्रतिदिन सुधारको दिशामा गइरहेको आभास गर्न थालिएको छ।
पोखरा विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन
कास्की जिल्लाको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन ।
गठबन्धनले देशलाई विकास र समृद्धिको बाटोमा लैजान्छ : मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै देशमा राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा अग्रसर गराउने बताउनु भएको छ।