• ७ पुस २०८१, आइतबार

फिजियो थेरापी दिवस

फिजियो थेरापीले जीवनशैलीलाई सहज बनाउँछ

blog

काठमाडौं, भदौ २३ गते । फिजियो थेरापी भनेको चिकित्सा शास्त्रको एउटा विधा हो । फिजियो थेरापीको माध्यमबाट अपाङ्गता वा अशक्तता कम गरी स्वतन्त्र जीवनशैली तथा कार्यशैलीमा फर्काउन मद्दत गर्छ ।

फिजियो थेरापिष्ट डा. प्रविण यादवका अनुसार रोग लागेपछि काम गर्ने कार्यक्षमतामा कमी आउँदा त्यसलाई फिजियो थेरापीको माध्यमबाट चलायमान गर्न सकिने प्रविधिलाई फिँजियो थेरापी भनिन्छ ।  

उहाँ भन्नुहुन्छ, “नसा, मांसपेशी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चारमा आउने समस्यालाई फिजियो थेरापीको माध्यमबाट पुनः कार्यशैलीमा फर्काउने वा शरीरलाई पुनः चलायमान हुन सहयोग गर्छ ।”

बिना साइड इफेक्ट, बिना औषधि फिजियो थेरापीका माध्यमबाट दुखाइ कम गरी सक्रिय जीवनशैलीमा फर्काउन मद्दत गर्ने डा।यादवले उल्लेख गर्नुभयो । डा‍. यादवका अनुसार ढाड, कम्मर, गर्दन दुख्ने समस्या, नसा च्यापिनु, जोर्नी खिइनु, हाडजोर्नी बाङ्गो हुनु, प्यारालाइसिस, मेरुदण्ड, मांसपेशी, श्वासप्रश्वास, प्रजनन तथा अन्य स्त्रीरोगसम्बन्धी समस्या, बालबालिकाको ढिलो शारीरिक विकास तथा अन्य शारीरिक समस्या फिजियो थेरापीका माध्यमबाट उपचार गर्न सकिन्छ ।  

बिना साइड इफेक्ट, बिना औषधि फिजियो थेरापीका माध्यमबाट दुखाइ कम गरी सक्रिय जीवनशैलीमा फर्काउन मद्दत

फिजियो थेरापी दुई किसिमका हुन्छन् । जोर्नीको दुखाइ कम गर्ने उपचार विधिलाई इलेक्टोथेरापी भनिन्छ । अर्को भनेको एक्ससाइज थेरापी यो विधिबाट विभिन्न किसिमका कसरतबाट बिरामीलाई चलायमान गरिने प्रविधिलाई एक्सरसाइज थेरापी भनिन्छ ।

फिजियो थेरापी उपचारका विधि रोग र रोगको प्रवृत्ति अनुसार फरकफरक हुने फिजियो थेरापिष्ट बताउँछन् । यदि रोगको अवस्थाको जाँच नगरी फिजि फिजियो थेरापी गर्दा रोगहरू झनै जटिल हुने डा. यादव बताउनुहुन्छ । यसलाई सही तरिकाले गरेमा यसको नतिजा पनि छिटो पाउन सकिन्छ । यो विधि बिरामी भएको अवस्थामा बच्चादेखि वृद्धसम्म गर्न मिल्छ ।

मानिसको रोगको प्रवृत्ति अनुसार यो प्रविधिबाट रोग निको हुन समय लाग्ने डा यादवले जानकारी दिनुभयो । फिजियो थेरापी रोग लाग्नै नदिन पनि गर्न सकिने उहाँ बताउनुहुन्छ ।

विश्व फिजियो थेरापीको दिवसको अवसर पारेर फिँजियो थेरापी भनेको के हो रु यसका फाइदा, नेपालमा यसको अवस्थालगायत विषयमा केन्द्रित भई गोरखापत्र अनलाइनका लागि राष्ट्रिय ट्रमा सेन्टरका फिजियो थेरापी युनिटका प्रमुख डा. प्रविण यादवसँग गरिएको भिडियो संवाद :


भिडियो : मनोजरत्न शाही/केशब गुरुङ 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।