• २१ असार २०८२, शनिबार

प्रधानमन्त्री देउवा र भारतको नेशनल डिफेन्स टोलीबीच भेट

blog

प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै भातीय नेशनल डिफेन्स कोर्स–६२ टोली । तस्बिर : जङ्गी अड्‍डा

काठमाडौं, भदौ १३ गते । भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कोर्स–६२ टोलीले प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएकाे छ ।

एयर भाइस मार्सल तेजवीर सिंहको नेतृत्वमा आइतबार नेपाल आएको भारतीय टोलीले सोमबार प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटवार्ता गरेको हो ।

भारतीय टोलीले सोमबार नै जङ्गी अड्‍डाको भ्रमण गरेको थियो । भ्रमणको क्रममा भ्रमण दलका सदस्यहरु नेपाली सेनासँग सम्बन्धित विषयहरुमा आधारित प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भएका थिए । सोही क्रममा, उक्त भ्रमणदलका प्रमुख सिंहले प्रधान सेनापति प्रभुराम शर्मासँग जङ्गी अड्‌डामा शिष्टाचार भेटघाट समेत गर्नु भएको थियो ।  

उक्त भ्रमण दलले पोखरास्थित श्री मध्य कमाण्ड हेड क्वार्टरको भ्रमण, पशुपतिनाथ मन्दिर, काठमाडौं, दरबार स्क्वायर, लुम्बिनी, नाम्चे बजार लगायत काठमाडौं र पोखराका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको पनि नेपाली सेनाले जनाएको छ । भारतीय टोली भदौ १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।