• १२ मंसिर २०८१, बुधबार

सार्वजनिक यातायात सुरक्षित र व्यवस्थित बनाउन आग्रह

blog

गृह मन्त्रालयमा भएको भेटवार्तामा यातायात क्षेत्रको वर्तमान अवस्थाबारे विचारविमर्श, तस्विर –गृह मन्त्रालय

गोरखापत्र अनलाइन 

काठमाडौँ, भदौ १४ गते । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले यातायात क्षेत्रको वर्तमान अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेको ध्यानाकर्षण गराउनुभएको छ। 

गृह मन्त्रालयमा भएको भेटमा ठूला चाडपर्व नजिकिएको अवस्थामा सार्वजनिक यातायातमा सुरक्षित यात्रा र यातायातको व्यवस्थाबारे सहमहामन्त्री यादवले ध्यानाकर्षण गराउनुभएको हो । यादव पार्टीको निवर्तमान यातायात समन्वय विभागका प्रमुख पनि हुनुहुन्थ्यो । 

भेटमा ट्रक व्यवसायी महासङ्घ यातायात व्यवसायी महासंघको विधानबारे पनि कुराकानी भएको थियो । यातायात क्षेत्रमा देखिएका वर्तमान विषयवस्तुलाई विधानमा समेटेर अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल भएको जानकारी गृहमन्त्रीको निजी सचिवालयले दिएको छ । 

गृहमन्त्री खाण र सचिव पाण्डेले सहज यातायात व्यवस्थापनबारे मन्त्रालय सजक रहेको बताउनुभएको थियो । आफूहरूले ठूला चाडपर्व नजिकिएको बेलामा यातायात व्यवस्थित र सहज बनाउन अहिलेबाटै पहल गरिरहेको बताउनुभएको थियो ।