• १९ असार २०८१, बुधबार

११ करोडको निर्वाचन सामग्री खरिद गर्दै आयोग

blog

काठमाडौं, भदौ १४ गते । निर्वाचन आयोगले निर्वाचन  प्रक्रियामा प्रयोग हुने महत्त्वपूर्ण सामग्रीहरूको खरिद  प्रक्रिया अघि बढाएको छ । ४५ दिनभित्र आपूर्ति गर्ने गरी ११ करोड ४७ लाख दुई हजार ३५० को निर्वाचन सामग्री खरिद सुरु गरेको छ । 
खरिद गरिएका सामग्रीहरूमा गोप्य मतदानका लागि प्रयोग हुने छेकाबार, रबर म्याट, सुरक्षा सिल, स्वस्तिक छापलगायत छन् । 
आयोगले मङ्गलवार बोलपत्र स्वीकृत गरिएको सूचना जारी गरेर २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा प्रयोग हुने निर्वाचनका लागि आवश्यक सामग्रीहरू खरिद सुरु गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । 
आवश्यक तयारीहरू धमाधम अघि बढाएको बताउनुहुँदै उहाँले समय लाग्ने खालका तयारी र खरिद सामग्रीहरूलाई तत्काल सुरु गरिएको बताउनुभयो । 
सरकारले तोकेको निर्वाचन आउन अब ८२ दिन मात्र बाँकी छ । आयोगले भदौ १ गतेसम्म बोलपत्र दर्ता समय तोकेर कम्पनी छनौट गरी खरिदको  प्रक्रिया अघि बढाएको हो । आयोगले मङ्गलवार चारवटा कम्पनी छनाेट गरेको सूचना प्रकाशित गरेको थियो । 
आयोगले भदौ १५ गतेसम्म ठेक्का सम्झौता स्वीकृत हुने बोलपत्र दाताले कार्य सम्पादन जमानत र ठेक्का नम्बरमा उल्लेखित निर्वाचन सामग्रीहरू ४५ भित्र आपूर्ति गर्नुपर्नेछ ।