• ३१ वैशाख २०८१, सोमबार

राष्ट्रपति समक्ष साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

blog

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुहुँदै साउदी अरेबियाका आवसीय राजदूत साद नासिर अब्दुल्लाह अबु हाइमेद । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौं, भदौ १० गते । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ। 

नेपालका लागि साउदी अरेबियाका आवसीय राजदूत साद नासिर अब्दुल्लाह अबु हाइमेदले शुक्रबार राष्ट्रपति समक्ष परराष्ट्र मन्त्री डा. नारायण खड्काको उपस्थितिमा ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

त्यसैगरी शुक्रबार नै स्लोभाक गणतन्त्रका गैरआवासीय राजदूत रोबर्ट म्याक्सियनलेसमेत राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो।


राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुहुँदै स्लोभाक गणतन्त्रका गैरआवासीय राजदूत रोबर्ट म्याक्सियन