• १५ वैशाख २०८१, शनिबार

झाडीले छोपियो खुला मञ्च (फोटो फिचर)

blog

झाडीले छोपिएर अलपत्र अवस्थामा खुला मञ्च। तस्बिर : केशब गुरुङ

काठमाडौं, भदौ ९ गते। काठमाडौंको खुला मञ्च भन्ने बित्तिकै राजनीतिक सभा सम्मेलन र प्रदर्शनको केन्द्रको रुपमा परिचित थियो। पुरानो बसपार्कमा २०७१ सालमा ‘भ्यू टावर’ बन्न थालेपछि केही समय बस पार्कको रुपमा प्रयोग भएको खुला मञ्चमा पक्की संरचना बन्न थालेपछि बसपार्क हटाइएको थियो। बस पार्क हटाएपछि भने खुला मञ्च मान्छे प्रवेश गर्न नसक्ने झाडीमा परिणत भएको छ। टुँडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रम गर्दा पार्किङका लागि खुला हुने खुला मञ्चको व्यवस्थापनमा काठमाडौं महानगरपालिकाले वेवास्ता  गरेको छ। 

खुलामञ्च मासिँदै गएपछि सम्पदा अभियन्ताले एक समय ‘अकुपाई टुँडिखेल’ अभियान नै चलाएका थिए। यो अभियान आन्दोलनमा परिणत भएपछि महानगरपालिकाले त्यहाँ बनेका सटर भत्काए पनि अस्तव्यस्त बनेको खुला मञ्चको व्यवस्थापनमा काठमाडौं महानगरको नजर पर्न सकेको छैन। दशरथ रंगशालादेखि रानीपोखरीसम्म फैलिएको विशाल खुला क्षेत्रमध्ये सर्वसाधारण प्रवेश गर्न पाउने एउटा सानो क्षेत्र खुला मञ्चलाई व्यवस्थित गर्नुपर्ने विषयमा सरकारकोसमेत ध्यान पुग्न नसकेको देखिन्छ।  

Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।