• १२ साउन २०८१, शनिबार

‘राजनीतिले नै मुलुक सुधार गर्छ’

blog

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बालुवाटारमा प्रजातान्त्रिक विचार समाजद्वारा आयोजित लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रममा वरिष्ठ पत्रकार होमनाथ दाहाललाई सम्मान गर्नुहुँदै । तस्बिर: सुजन गुरुङ

काठमाडौँ, भदौ ११ गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका पुराना नेता कमल चित्रकारको प्रेरणाबाट आफूू राजनीतितर्फ आकर्षित भएको बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाजले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजना गरेको ‘लोकतान्त्रिक योद्धा सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो विचार व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री देउवाले आफू विज्ञानको विद्यार्थी भएकाले राजनीतिमा खासै चासो नराख्ने गरेको भए पनि कमल चित्रकारकै कारण आफू राजनीतितर्फ आकर्षित भएको बताउनुुभयो । उहाँले राजनीतिले मुलुकको बिग्रँदो अवस्थालाई सुधार गर्ने भएकाले आफू त्यसपछि राजनीतिमा लागेको बताउनुुभयो । 

सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले राजनीतिज्ञ कमल चित्रकार र वरिष्ठ पत्रकार होमनाथ दाहाललाई ताम्रपत्र, दोसल्ला र जनही २४ हजार रुपियाँ नगदबाट सम्मानित गर्नुभयो । शारीरिक समस्याका कारण कांग्रेसका पुराना नेता चित्रकार आउन नसक्नु भएपछि प्रधानमन्त्री देउवाले उहाँकी धर्मपत्नी गङ्गा चित्रकारलाई सम्मान हस्तान्तरण गर्नुभयो ।

पञ्चायती व्यवस्थामा नेपाली कांग्रेसका विचारलाई जनतासम्म पुर्याउने साप्ताहिक पत्रिका ‘राष्ट्रपुकार’ रहेको चर्चा गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा लोकतन्त्र स्थापना गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउनुुभयो । कार्यक्रममा समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले लोकतन्त्रको संरक्षण, संवद्र्धन र संस्थागत विकासका लागि प्रजातान्त्रिक विचार समाज क्रियाशील रहेको चर्चा गर्नुुभयो । उहाँले युवा पुस्तालाई टिकट दिएर आगामी निर्वाचनमा उत्साहजनक वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिनुभयो । प्रजातान्त्रिक विचारलाई विस्तार तथा संवद्र्धन गर्ने उद्देश्यले प्राध्यापक बीसी मल्लको अध्यक्षतामा स्थापना भएको समाजले हाल ७२ जिल्लामा आफ्नो सञ्जाल विस्तार गरेको छ ।

विवादित मुद्दामा नेपाल तटस्थ

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै कुनै देशप्रति आग्रह पूर्वाग्रह नराख्ने बताउनुभएको छ । नीति अनुसन्धान प्रतिष्ठान नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘अन्तर्राष्ट्रिय सम्बन्ध: नेपाल र विश्व व्यवस्था’ शीर्षकमा आयोजित सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विवादित अन्तर्राष्ट्रिय मुद्दामा नेपालले सधैँ तटस्थ नीति अवलम्बन गरेको बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपाल सधैँ शान्ति र स्थिरताको पक्षमा रहेको बताउनुभयो । उहाँले पारस्पारिक हित र सम्बन्धका आधारमा नेपाल अघि बढ्ने बताउँदै सबैसँग समदूरीको सम्बन्ध रहने उल्लेख गर्नुभयो । 

नेपालले विश्वमा शान्ति स्थापनाका लागि सशक्त योगदान गरेको उल्लेख गर्दै उहाँले नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति सेना पठाउने प्रमुख देशमध्येको एक रहेको स्मरण गर्नुभयो । कार्यक्रमका वक्ताहरूले नेपालले कसैको पक्षमा उभिन नहुने बताउँदै ‘लोकतन्त्र र मानव अधिकारका सिद्धान्तमा सशक्त रूपमा उभिनुपर्ने’ धारणा राख्नुभयो ।