व्यापार घाटा कम गर्न कृषि र पर्यटनलाई बढाऔँ : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वर्तमान अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताउनुभएको छ ।
रामचन्द्र पौडेल वा माधव नेपाल राष्ट्रपति बन्नुहुन्छ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले आगामी राष्ट्रपति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालमध्ये एक हुने बत्ताउनुभएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज (बिहीबार) यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।
नवनिर्वाचित सांसदले लिनुभयो शपथ (फोटो फिचर)
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
ज्येष्ठ सदस्य जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणअघि ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको छ ।
बालबालिकालाई रोटा भाइरसबाट यसरी जोगाउने
चिसो मौसम बढेसँगै जाडोमा बालबालिकालाई धेरै स्वास्थ्य समस्या देखिने गर्दछन् । जाडोमा बालबालिकालाई रुघाखोकी, फ्लु, निमोनिया जस्ता सङ्क्रामक रोगले सताउने चिकित्सक बताउँछन् ।
आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने
आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुनेभएको छ । पाठ्यक्रम परिवर्तनका लागि काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
हुस्सुका कारण २५ वटा विमानस्थलमा उडान भएन
बाक्लो हुस्सुका कारण आन्तरिक उडानहरू प्रभावित बनेको छ । बिहानैदेखि भिजुअल फ्लाइट रुल्स (भिएफआर) सिस्टममा सञ्चालित विमानस्थलहरूमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विदेशमा अदक्ष श्रमिकको मृत्युदर उच्च
वैदेशिक रोजगारीमा गएका श्रमिकले विदेशमा श्रम बेचेर पठाएको विप्रेषणले देशको अर्थतन्त्र टिकिरहेको छ । कुल गार्हस्थ्य उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान २५ प्रतिशतको हाराहारीमा रहनुले वैदेशिक रोजगारको महत्त्व अझै उजागर हुन्छ तर श्रम बेचेर विप्रेषण पठाउन विदेशिएका युवामध्ये दैनिक तीनवटा शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।
हुम्लाको पुँजीगत खर्च दश प्रतिशत
हुम्लामा सरकारीले विनियोजन गरेको बजेटमध्ये कार्यालयहरूले पुँजीगत खर्च ज्यादै न्यून भएको पाइएको छ । आर्थिक वर्षको आधा विती सक्दा समेत कार्यालयहरूले विकासले गतिविधि अगाडी बढाउन नसक्दा र प्रदेश सरकारको कार्यशैलीमा ढिलाइले गर्दा पुँजीगत खर्च १० प्रतिशत मात्र भएको छ ।
तनहुँमा जनता आवास कार्यक्रमका अधिकांश घर अधुरा
तनहुँमा जनता आवास कार्यक्रम अन्तर्गतका अधिकांश घर अधुरा रहेका छन् । जिल्लामा गरिब, विपन्न, तथा सीमान्तकृत समुदायलाई लक्षित गर्दै घाम, पानी तथा जाडो बाट जोगाउन छनोटमा परेका दुई सय ८६ घर मध्ये अधिकांशको निर्माण पुरा नभएको हो ।
वाणिज्य बैङ्कको प्राथमिकतामा नगद लाभांश
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २५ वाणिज्य बैङ्कमध्ये १८ वटाले सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । आव २०७८/७९ को मुनाफाबाट वितरण हुने यो लाभांश अधिकांश बैङ्कले यस पटक नगदमै दिने भएका छन् । लाभांश वितरणको प्रस्ताव गर्ने वाणिज्य बैङ्कमध्ये अहिलेसम्म सर्वाधिक लाभांश दिनेमा नबिल बैङ्क रहेको छ भने सबैभन्दा कम दिनेमा सेन्चुरी बैङ्क रहेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, सिटिजन्स बैङ्क, कुमारी बैङ्क, एनएमबी बैङ्कले त नगद लाभांश मात्रै प्रस्ताव गरेका छन् ।
१५ भाषामा शपथ आज
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्य सुरु भएको छ। २०७२ असोज ३ गते संविधान सभाबाट जारी भएको नेपालको संविधानअनुसार यो दोस्रो प्रतिनिधि सभा हो। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित ज्येष्ठ (८० वर्षीय) सदस्य पशुपतिशमशेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएसँगै सङ्घीय संसद्को प्रतिनिधि सभामा तीन महिनादेखिको जनप्रतिनिधिको रिक्तता पनि समाप्त भएको छ। यसअघि अघिल्लो संसद्को अन्तिम अधिवेशन २०७९ असोज १ गतेदेखि अन्त्य गरिएको थियो।
झारफुकका नाममा त्रासद घटना
काठमाडौँ जस्तो शिक्षित समाजमा पनि अझै झारफुकमा विश्वास गरिन्छ र त्यसले गम्भीर परिणाम निम्त्याएको छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । यस्तै अन्धविश्वासमा पर्दा एक महिला गम्भीर घाइते हुनुभएको छ । गएको वर्ष झारफुकमा विश्वास गर्दा दुई जना मृत्युको मुखमा पुगेका थिए ।
तोरी फुलेर गाउँ रमाइलो
मोरङको सुन्दरहरैँचा–७ स्थित गोठगाउँमा किसानले खेतमा लगाएको पहेँलै भएर ढकमक्क फुलेको तोरी । मौसम अनुकूल वातावरणमा समयमै तोरी छरेका कारण तराईका अधिकांश स्थानमा अहिले तोरी फुलेर गाउँ नै रमाइलो भएको छ ।
प्रदूषण गर्ने सवारी साधनलाई पाँच हजार जरिवाना
काठमाडौं उपत्यकामा धेरै धुवाँ फाल्ने एक सय ३३ वटा सवारी साधन कारबाहीमा परेका छन्। वातावरण विभागले पुस १ गतेदेखि बुधबारसम्म तीन सय सवारी साधनको चेकजाँच गर्दा एक सय ३३ सवारी साधन कारबाहीमा परेका हुन्।
चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश
हत्यासहितका विभिन्न अपराधको सजाय काटिरहेका चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बुधबार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आज नै कैदबाट मुक्त गर्न आदेश दिएको हो।
प्रतिनिधि सभा सदस्यको शपथ अघि सर्वदलीय बैठक
प्रतिनिधि सभा सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित सर्वदलीय बैठकको आह्वान गरेको छ। सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार बिहीबार मध्यान्ह १२ बजे दलको बैठक आह्वान गरिएको हो।
मुलुकको अभिभावक बनेर काम गर्छु : ज्येष्ठ सदस्य जबरा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवम् प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले पदमा रहुन्जेलसम्म मुलुकको अभिभावक बनेर काम गर्ने बताउनुभयो ।
धूम्रपान र भान्साको धुवाँले दमको समस्या
वीर अस्पतालको छाती विभागका प्रमुख डा. आशेष ढुङ्गाना धूम्रपान, भान्साको धुवाँ, आन्तरिक वायु प्रदूषण, वायु प्रदूषण र धुलोको कारण दमको समस्या हुने बताउनुहुन्छ।
यी हुन् संसदीय दलका नेता : प्रधानमन्त्री बन्न बाटाे खुल्याे
नेपाली कांग्रेसबाहेक अन्य पाँच दलका नेता भने सर्वसम्मत चयन भएका छन् ।
पार्टीलाई व्यवधानमुक्त राख्ने काममा लाग्छु : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधानमुक्त राख्ने काममा आफू लाग्ने बताउनुभएको छ ।
होमस्टेको प्रवर्द्धन गर्न महोत्सव
कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको भादामा होमस्टे महोत्सव आयोजना हुने भएको छ । होमस्टेसहित मौलिक कला, संस्कृति, खानपानको प्रवर्द्धन गर्ने उद्देश्यले थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले होमस्टे महोत्सव आयोजना गर्न लागेको हो । महोत्सव पुस १४ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
निर्यातकर्तालाई दुुई हप्तामै अनुदान
स्वदेशी वस्तुको निर्यात गर्ने उद्योगी व्यवसायीले अबदेखि दुई हप्तामै नगद अनुदान पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७९ दोस्रो संशोधन गरी १५ दिनभित्रै अनुदान पाउने व्यवस्था गरेको हो । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा स्वदेशी वस्तु निर्यातमा ५ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार राष्ट्र बैङ्कले कार्यविधि संशोधन गरेर निर्यात गर्ने उद्योगी व्यवसायीलाई दुई हप्तामै नगद अनुदान खातामा जम्मा गर्ने व्यवस्था गरेको हो ।