तैपनि फेरिँदै छ राहदानी अनलाइन
राहदानीको आवेदन फाराम अनलाइनबाटै भर्न सकिने सुविधासहित अनलाइन आवेदन सुरु भएको वर्ष नाघेको छ तर २०७८ मङ्सिर १ देखि राहदानी विभागले ल्याएको सुविधा साँच्चिकै अनलाइनका रूपमा कहिल्यै रहेन । अनलाइन फाराम भर्ने सुविधा भनेको इन्टरनेटको पहुँचमा रहेको जुनसुकै स्थानबाट जतिबेला पनि फाराम भर्न पाउने व्यवस्था हो तर राहदानी विभागको अनलाइन सुविधा न २४ घण्टा नै उपयोग गर्न पाइन्छ न सबै जिल्लाका लागि एकनासको नै छ । त्यसमाथि प्रतिदिन एक हजार छ सय कोटा तोकिएको छ ।
जग खन्दा तोपगोला !
पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा दुई/तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने तोपका ‘गोला’ फेला परेका छन् । तानसेन नगरपालिकाको वडा नं ४ स्थित पुरानो गोलाखानामा (हाल पाल्पा अस्पताल नजिक) भीमसेन थापाको पालादेखि राणाकालसम्म प्रयोग हुने हतियार तोपका ‘गोला’ भेटिएको हो ।
देशकै ठूलो सौर्य प्यानल
नुवाकोट जिल्लाको देवीघाटमा निर्माण गरेको देशकै ठूलो २५ मेगावाट क्षमताको सोलार फार्ममा जडित सौर्य प्यानल ।
बाथरोगलाई हेलचेक्राइँ गरे अङ्गभङ्ग हुनसक्छ
जाडो मौसममा हाड जोर्नी दुख्ने, हातखुट्टा कक्रक र अररो हुनेजस्ता समस्या देखिन्छन् ।
कांग्रेस संसदीय दलमा सभापति र महामन्त्रीको प्रतिस्पर्धा
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ।
सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते
सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि शपथ ग्रहण हुने
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपतिशमशेर जबराले भोलि बुधबार १ बजे शपथ लिँदै हुनुहुन्छ ।
नारायणगढ–मुग्लिङ सडकमा ३ बजेसम्म सवारी आवागमन ठप्प
नारायणगढ मुग्लिङ सडक खण्डका पुल निर्माणका लागि पहाड काट्नपर्ने भएकाले आज (मङ्गलवार) ११ बजे देखि यस क्षेत्रको यातायात दैनिक चार घण्टा रोक्न सुरु गरिएको छ ।
कोरोना कालमा वैदेशिक रोजगारीमा धेरै ठगी
विश्वभरि फैलिएको कोरोना महामारीका बेला आप्रवासी श्रमिकको तलब ठगी बढेको तथ्य सार्वजनिक भएको छ । कोरोना महामारीका बेलामा विभिन्न वहानामा रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकमाथि तलब तथा सुुविधा कटौती, तलब नपाएका र कामबाट जबरजस्ती निकालिएका घटना बढेको तथ्य सार्वजनिक भएको हो ।
नगरप्रमुखकै निर्देशनमा गैर कानुनी असुली
वीरगन्ज महानगरपालिकाको स्वामित्वमा वडा नम्बर ३ जिल्ला मालपोत कार्यालय नजिकै रहेको खाली जग्गामा वीरगन्ज महानगरपालिकासँग ठेक्का सम्झौता नै नगरी दोब्बर पार्किङ शुल्क असुली गरे पनि नियामक निकाय मौन रहेका छन् ।
उच्च बन्दै वायु प्रदूषण
नेपालमा वायु प्रदूषण उच्च बन्दै गएको छ। मनसुन बिदा भएपछि बढ्दै गएको वायु प्रदूषण उच्च हुँदै गएको वातावरण विभागले जनाएको छ। हिउँदे सुक्खायाम र चिसोसँगै बढ्दै गएको प्रदूषण वर्षा भएपछि मात्र केही मत्थर हुने विभागका वातवरणविज्ञ गोविन्द लामिछानेले बताउनुभयो। उच्च हुँदै गएको वायु प्रदूषण रोक्न सक्ने अवस्था नहुने भएकाले अनुकूलनका लागि दैनिक अनुगमन गर्नुको विकल्प नभएको लामिछानेले बताउनुभयो।
निलगिरि जलविद्युतका लागि वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय
सरकारले निलगिरि जलविद्युत आयोजनाको २२० केभी. प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनभित्रै : प्रमुख निर्वाचन आयुक्त थपलिया
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुन महिनाभित्र हुने जानकारी दिनुभएको छ ।
नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ मा
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते बिहीबार गर्ने भएको छ ।
अव्यवस्थित सहरीकरणले मौलिकतामा आघात: प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक साैन्दर्यता र मौलिकतासहित व्यवस्थित सहरीकरणमा जोड दिनुभएको छ ।
वाम लोकतान्त्रिक गठबन्धनकै सरकार बन्छ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सरकार वाम लोकतान्त्रिक गठबन्धनकै हुने गरी छलफल भइरहेको जानकारी दिनुभएको छ ।
फेरिँदै दरबाङ बजार
मालिका गाउँपालिका –६ ,स्थित दरबाङ बजार पछिल्लो केही वर्षदेखि चहलपहल बढेको छ भने जिल्लाकै एक व्यापारीक हवको रूपमा चिनिएको छ । सदरमुकाम बेनीदेखि २४ किलोमिटर दुरीमा रहेको यो बजारलाई म्याग्दीको दोस्रो सदरमुकामको रूपमा समेत चिन्न थालेको छ ।
अवर्गीकृत श्रमिक धेरै
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ सार्वजनिक गरेको छ। नेपालमा श्रम आप्रवासन, श्रम आप्रवासनको स्थितिलगायतका विषय समेटिएको प्रतिवेदन सार्वजनिक गरिएको हो। अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा मूल समारोह समितिद्वारा आइतबार आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र सचिव एकनारायण अर्यालले संयुक्त रूपमा प्रतिवेदन सार्वजनिक गर्नुभयो। सो अवसरमा श्रममन्त्री कुँवरले श्रमिकबारे राज्य गम्भीर हुनुपर्ने बताउनुभयो। श्रम गन्तव्य देशका समस्या केलाउने र श्रमिकका दुःखमा मलम लगाउन सरकार तयार रहेको उहाँको भनाइ थियो। विदेशबाट फर्किएका श्रमिकको सामाजिक सुरक्षादेखि उनीहरूको मर्यादित पुनस्र्थापनामा सरकार अगाडि बढ्ने पनि उहाँले बताउनुभयो।
पहिचानका लागि स्तम्भ ठड्याउने होड
पर्यटक आकर्षित गर्न स्थानको विशेषता झल्काउने गरी स्तम्भ निर्माण गर्ने प्रचलन झाँगिँदै गएको छ । त्यस्ता स्तम्भ देख्नासाथ जोकोहीले पनि सो स्थान तरकारी वा फलफूलका पकेट क्षेत्र रहेको सहजै थाहा पाउँछन् । यस्ता स्तम्भसामु उभिएर सेल्फी खिच्ने र सामाजिक सञ्जालमा राख्ने उत्तिकै फेला पर्छन् । स्वादिलो सुन्तला उत्पादनका लागि नामुद शहीदभूमि गाउँपालिकामा सुन्तलाको स्तम्भ निर्माण गरिएको छ । गाउँपालिकाले करिब १९ लाख रुपियाँ खर्च गरेर पिप्लेडाँडामा स्तम्भ निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष मनोज राईले भन्नुभयो, “सुन्तला उत्पादनका लागि यो क्षेत्र प्रख्यात छ । त्यसैले यसलाई पर्यटकीय क्षेत्रका रूपमा परिचित गराउन सुन्तला स्तम्भ निर्माण गरिएको हो ।”
सहज तर असुरक्षित यात्रा
‘राइड सेयरिङ’ सेवा सुरक्षा र नियमनका सवालमा सरकारप्रति जवाफदेही बन्न सकेका छैनन् । सार्वजनिक यातायात क्षेत्रको बजारमा हस्तक्षेप गरिरहेका पठाओ, टुटल र इनड्राइभर सेवाका प्रयोगकर्ता आफैँ जोखिम मोलेर तिनको प्रयोग गर्न बाध्य छन् । कम्पनीमा दर्ता भएर अनलाइनमा सेवा दिनेभन्दा दर्ता भएका र नभएका राइडरहरू माझ अफलाइनमा मोलमोलाई गर्ने प्रवृत्ति बढ्दो छ । राइडर र व्यक्तिपिच्छे भिन्न भाडा दरमा मोलमोलाई गर्दै गरेको सडक छेउमा जति पनि देख्न सकिन्छ । अर्कोतर्फ यस्ता एप्सले आम सेवाग्राहीको दैनिकी निकै सहज बनाएका छन् । युवा माझ मोटरसाइकल आयआर्जनको साधन हुनुका साथै लाखौँ युवा स्वरोजगार पनि भएका छन् । तर यी सेवा कानुनी रूपमा दर्ता, व्यवस्थापन र नियमन नहुँदा सम्भावित दुर्घटना बढेको यातायात व्यवस्था विभागले जनाएको छ । हाल राइडरका रूपमा यस्ता राइड सेयरिङ एप्समा झन्डै तीन लाख ५० हजार नेपाली युवा जोडिएका छन् ।
विश्वकप उपाधिसँगै मेस्सी सर्वोत्कृष्ट खेलाडी
आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कप्तान लियोनल मेस्सी कतारमा आइतबार राति सम्पन्न २२औं फिफा विश्वकपको सर्वोत्कृष्ट खेलाडी हुनुभएको छ ।
फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन
२२औं फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । छिनमै जित, छिनमै हार जस्तो सनसनीपूर्ण फाइनल खेलमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
पहिलो हाफमा अर्जेन्टिना २-० गोलले अगाडि
फिफा विश्वकपको फाइनलमा साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भईरहेको छ । कतारको दोहा स्थित लुसेल स्टेडियममा जारी फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले २-० गोलको अग्रता लिएको छ ।
सरकार गठनको सरगर्मी सुरु : आन्तरिक गृहकार्यमा जुटे दल
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकार गठका लागि आह्वान गर्नुभएपछि सरकार गठनका लागि राजनीतिक दलको दौड पनि सुरु भएको छ।