• ८ वैशाख २०८१, शनिबार

पहिलो हाफमा अर्जेन्टिना २-० गोलले अगाडि

blog

पेनाल्टीमा गोल गरेपछि लियोनल मेस्सी । तस्बिर : एएफपी

काठमाडौं, पुस ३ गते । फिफा विश्वकपको फाइनलमा साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भईरहेको छ । कतारको दोहा स्थित लुसेल स्टेडियममा जारी फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले २-० गोलको अग्रता लिएको छ ।

अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र एन्जल डि मारियाले गोल गर्नुभयो । मेस्सीले २३औं मिनेटमा पेनाल्टीमा गोल गर्नुभएको थियो ।

डिबक्सभित्र फ्रान्सका औसमाने डेम्बेलेले डि मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । जसलाई मेस्सीले सही सदुपयोग गर्नुभयो ।

त्यसपछि डि मारियाले ३६औं मिनेटमा काउन्टर प्रहारमा उत्कृष्ट गोल गर्दै पहिलो हाफमा अर्जेन्टिनाको अग्रता दोब्बर बनाउनुभयोे । उहाँले म्याक एलिस्टरको पासमा गोल गर्नुभएको हो ।

अर्जेन्टिनाको तुलनामा फितलो देखिएको फ्रान्सले पहिलो हाफमा गोल गर्न लायक अवसर बनाउन सकेको छैन । एजेन्सी