• १३ असोज २०८१, आइतबार

नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ मा

blog

काठमाडौं, पुस ४ गते । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते बिहीबार गर्ने भएको छ ।

सचिवालयका सहसचिव डा. भरतराज गौतमले प्रतिनिधिसभाका २७५ सांसदको शपथ पुस ७ गते दिउँसो १ बजे गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

नवनिर्वाचित सांसदहरूले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिनुहुनेछ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुहुनेछ ।

सांसदहरूको शपथ नयाँ बानेश्वस्थित संसद् भवनको प्रतिनिधिसभा बैठक कक्षमा हुनेछ ।

गौतमका अनुसार प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको तीन दिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण मातृभाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ ।