यान्त्रिक परीक्षण उडान प्रतिवेदन आउने
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन)को प्रतिवेदन शुक्रबार आउने भएको छ । पुस १७ गतेदेखि व्यावसायिक सञ्चालनमा ल्याउने तयारी रहेको उक्त विमानस्थलमा एरोथाईको टोलीले मङ्सिर ५ देखि ११ गतेसम्म क्यालिब्रेसन उडान गरेको थियो । विमानस्थलमा जडान भएका नेभिगेसन (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)ले काम गरे नगरेको परीक्षण प्रतिवेदनका आधारमा विमानस्थलमा परीक्षण उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
साविक विजेता फ्रान्स फाइनलमा
साविक विजेता फ्रान्स कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अल बायट स्टेडियममा बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई २-० गोलले हराउँदै फ्रान्स उपाधि रक्षाको बाटोमा देखिएको हो ।
तनहुँ हाइड्रो पावरको घिरिङ सबस्टेसनको निर्माण सम्पन्न
तनहुँ हाइड्रो पावर लिमिडेड अन्तर्गतको तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर ४ मा ३३÷११ केभीको घिरिङ सबस्टेसनको निर्माण कार्य सम्पन्न भएको छ।
‘पर्यटकीय गन्तव्यको पूर्वाधार विकासमा ध्यान केन्द्रित गरौँ’
राष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुरका सांस्कृतिक एवं पर्यटकीय गन्तव्यहरूको पूर्वाधार विकासमा ध्यान केन्द्रित हुनुपर्ने बताउनु भएको छ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी उद्घाटन (फोटो फिचर)
लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङबाट औपचारिक सेवा प्रारम्भ भएको छ।
‘होस खुल्दा अस्पतालको बेडमा रहेछु’
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ का २० वर्षीय रूपक तामाङ बुधबार बिहान होस खुल्दा बनेपास्थित शिरमेमोरियल अस्पतालको बेडमा हुनुहुन्थ्यो। उहाँ मङ्गलबार साँझ बेथानचोक गाउँपालिका–४ चलालगणेशस्थान नजिक भएको सवारी दुर्घटना कसरी भयो, दुर्घटनामा कसलाई के भयो केही थाहा छैन।
बजारमा तरलताको अभाव पुसमा झनै बढ्छ: अर्थविद्
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले पुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताउनुभएको छ ।
सरकार गठनमा संविधानको धारा ७६ (२) आकर्षित हुनसक्छ: संविधानविद्
निर्वाचन आयोगले भर्खरै सम्पन्न आम निर्वाचनको अन्तिम परिणाम प्रतिवेदन मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष बुझाउँदैछ ।
दाम्लो बाट्ने पेसा सङ्कटमा
दोलखा भीमेश्वर नगरपालिका वडा–२ का सुब्बा थामीको दैनिकी धानिरहेको दाम्लो बाट्ने पेसा सङकटमा परेको छ । कुनै समयको उहाँको दैनिकी नै वस्तु बाँध्न प्रयोग हुने दाम्लो बाट्नु र बिक्री गर्नु थियो ।
मृतकमध्ये १३ जनाको सनाखत
काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलालगणेशस्थान सल्लाफेदमा भएको सवारी दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म १३ जनाको नाम पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार दुर्घटनामा मृत्यु भएका १७ जनामध्ये १३ जनाको मात्रै सनाखत भएको बताउनुभयो ।
अध्यादेशको पृष्ठभूमिमा अघिल्ला तीन सम्झौता
सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्ने निर्णय गरेपछि राजनीतिक वृत्तमा त्यसको पक्ष र विपक्षमा गम्भीर बहस भइरहेका छन्। आइतबार मन्त्रिपरिषद्को बैठकबाट भएको निर्णयअनुसार सोमबार राष्ट्रपतिसमक्ष प्रस्तुत अध्यादेश जारी भएको छैन। राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशको अध्ययन र परामर्श गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ। वर्तमान सरकारले गरेको यो निर्णय अघिल्लो सरकारले विभिन्न राजनीतिक दल तथा समूहसँग गरेका सहमतिको कार्यान्वयन मात्रै हो। पूर्ववर्ती सरकारले विभिन्न पक्षसँग गरेका तीनवटा सम्झौताको कार्यान्वयन अध्यादेशमार्फत यो सरकारले गरेको हो। यो बेला त्यस्तो निर्णय गर्न नहुने भन्ने आलोचना बेग्लै रहेको छ। सरकार र सम्बद्ध अन्य पक्षले यो सरकारमा जाने वा सरकार बनाउने जोडघटाउको कार्य नभएको स्पष्ट पारेका छन्।
पाँच स्थानीय तह बजेटविहीन
पाँचवटा स्थानीय तहले अहिलेसम्म बजेट पारित गर्न सकेका छैनन् । आर्थिक वर्ष २०७९/८० को बजेट नगर/गाउँ सभा गरी बजेट, नीति तथा कार्यक्रम पारित गर्न नसक्ने स्थानीय तहमा बाँकेको डुडुवा गाउँपालिका, धनुषाका कमल र नगराइन नगरपालिका, सर्लाहीको विष्णु गाउँपालिका तथा रौतहटको बौधिमाई नगरपालिका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक हुँदै
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा बुधबार घोषणा गर्दै छ। आयोग परिसरमा अपराह्न १ बजेपछि अन्तिम नतिजा घोषणा हुने आयोगले जनाएको छ।
फेरि कागजपत्र जाँच्दै सीआईबी
ललिता निवासको सरकारी जग्गा हिनामिनाबारे प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन फिर्ता भएको एक वर्षपछि केन्द्रीय अनुसन्धान ब्युरोले पुनः अनुसन्धान सुरु गरेको छ। करिब तीन वर्ष लगाएर तयार पारिएको अनुसन्धान प्रतिवेदन सीआईबीले २०७८ पुस २२ गते जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सीआईबीको सो अनुसन्धान प्रतिवेदन अपूर्ण रहेको जनाएर जिल्ला सरकारी वकिलको कार्यालयले पुस २६ गते पुनः सीआईबीलाई नै फिर्ता पठाएको थियो।
अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा
अर्जेन्टिना कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहास्थित लुसेल आइकोनिक स्टेडियममा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।
बस दुर्घटनामा १७ को मृत्यु, १४ जना घाइतेको उपचार हुँदै
काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।
शिक्षाले व्यक्तित्व विकासमा योगदान पुर्याउँछ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पुर्याउने बताउनुभएको छ ।
यसरी चयन हुन्छन् प्रधानमन्त्री र सभामुख
प्रत्यक्ष र समानुपातिकतर्फको सम्पूर्ण मत परिणाम आइसकेको छ । दलले समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा पठाइसकेका छन् ।
मौसमी फ्लु बढेकाले स्वास्थ्यमा ध्यान दिन जरुरी
जाडो मौसममा देखिने स्वास्थ्य समस्या मध्ये इन्फ्लुएन्जा अर्थात् फ्लुले नेपाली जनजीवन प्रभावित बनेको छ । कोभिड कालमा केही कम भएको फ्लुको समस्या यो वर्ष पुनः देखिन थालेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।
जुम्लामा १५० मेगावाटको जलविद्युत परियोजना अगाडि बढ्ने
बिजुलीको क्षमता अपुग भइरहेको जुम्लामा १५० मेगावाटको जवा तिला जलविद्युत परियोजना अगाडि बढ्ने भएको छ ।
तयार भयो म्याग्दी र बागलुङ जोड्ने पुल
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिकाको कुँडुले जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । पुल निर्माण सम्पन्न भएको भए पनि प्राविधिक परीक्षण र हस्तान्तरणको काम बाँकी छ ।
मकैको भण्डारण थाङ्ग्रो (फोटो फिचर)
पूर्वी पहाडका किसानले थाङ्ग्रोमा मकै जोहोका लागि भण्डारण गर्ने परम्परागत तरिका संस्कृतिको रूपमा अझै पनि अपनाउने गरेका छन् । यो काइदाले मकै राख्दा घुन, मुसा नलाग्नुका साथै लामो समयसम्म नकुहिने किसान सुनाउँछन् ।
झोलुङ्गे पुलमा रमाउँदै पर्यटक (फोटो फिचर)
डोटीमा अग्लो र लामो झोलुङ्गे पुल निर्माण भएसँगै पर्यटक आगमनमा वृद्धि भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ र वडा नम्बर ५ मा रहेको ऐतिहासिक स्थल कोट भैरव र धार्मिक स्थल दुधेश्वर जोड्ने गरेर अग्लो डाँडामाथि पुल निर्माण भएको छ ।
विद्यार्थी अझै कटेरोमै पढ्न बाध्य
भूकम्प गएको सात वर्ष बितिसक्दा पनि दोलखाको भीमेश्वर नगरपालिका–८ स्थितको देवी माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक कटेरोमै पढ्न र पढाउन बाध्य भएका छन् ।