• १६ वैशाख २०८१, आइतबार

मकैको भण्डारण थाङ्ग्रो (फोटो फिचर)

blog

नारायण तुम्बापो

फिदिम, मङ्सिर २७ गते । पूर्वी पहाडका किसानले थाङ्ग्रोमा मकै जोहोका लागि भण्डारण गर्ने परम्परागत तरिका संस्कृतिको रूपमा अझै पनि अपनाउने गरेका छन् । यो काइदाले मकै राख्दा घुन, मुसा नलाग्नुका साथै लामो समयसम्म नकुहिने किसान सुनाउँछन् । 


परिश्रमको फल देखिने गरी आँगनमा ठिङ्ग उभ्याएर राखिएको मकैको थाङ्ग्रोले किसानी घरको शोभा पनि बढाइदिने गरेको छ । पछिल्लो समयमा खेती गर्ने चलन कटौती हुँदै गएसँगै मकैको थाङ्ग्रो राख्ने संस्कृति पनि घट्दै गइरहेको छ । कतिपय किसानले मकै खेती प्रवर्द्धनका लागि सरकारबाट सहयोग नपाएको गुनासो गर्ने गरेका छन् । 


तस्बिरहरू: नारायण तुम्बापो