उम्मेदवारको पक्ष-विपक्षमा उभिने स्थानीय प्रशासनमाथि कारबाही हुन्छ: निर्वाचन आयुक्त भण्डारी
निर्वाचन आयोगले उम्मेदवारहरूको पक्ष-विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चेतावनी दिनुभएको छ । उहाँले स्थानीय प्रशासनले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताउनुभएको हो ।
स्थानीयको योजना प्रदेशबाटै तय गरिँदा कार्यान्वयनमा समस्या
प्रदेश सरकारमार्फत आउने योजना मन्त्रालयबाटै तोकिएर आउँदा प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको छ । जिल्लामा प्रत्येक वर्ष लाखौँ रकमको योजना मन्त्रालय बाट नै तोकिएर आउँदा ती योजनाहरू प्रभावकारी र दिगोपनामा समस्या देखिएको हो ।
निर्जीवन बीमा कम्पनीले आर्जन गरे एघार अर्ब शुल्क
मुलुकमा सञ्चालित निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको असोज महिनासम्म झन्डै ११ अर्ब रुपियाँ बीमा शुल्क आर्जन गरेका छन् । नियामक निकाय बीमा प्राधिकरणका अनुसार १९ वटा निर्जीवन बीमा कम्पनीले छ लाख ८९ हजार ४६८ बीमालेख जारी गरेर १० अर्ब ८४ करोड २४ लाख ५२ हजार रुपियाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको असोज महिनामा मात्रै दुई लाख ४४ हजार ९७ बीमालेख जारी गर्दै दुई अर्ब ९६ करोड सात लाख ९४ हजार रुपियाँ बीमा शुल्क आर्जन गरेका छन् ।
उपत्यकाको चासो भक्तपुरमा
आगामी मङसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधार मान्दा नेमकिपासँग अन्य दलको प्रतिस्पर्धा कमजोर हुने देखिएको छ। प्रतिस्पर्धी सबै दलले पाएको मत एकै ठाउँमा हाल्दा पनि नेमकिपाको मत धेरै हुने देखिन्छ। भक्तपुर निर्वाचन क्षेत्र नं. १ को भूगोल भक्तपुर नगरपालिका र चाँगुनारायण नगपालिकाको सबै भूभाग पर्छ।
राजनीतिक दलका घोषणापत्रमा तीन तहको सम्बन्ध
आगामी मङसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेका राजनीतिक दलहरूले तीनै तहको सम्बन्धलाई सुमधुर बनाउनका लागि अन्तरप्रदेश परिषद र प्रदेश समन्वय परिषदलाई प्रभावकारी बनाउने घोषणा गरेका छन। दलहरूले प्रदेश तहलाई विकास निर्माणको सहजकर्ता र स्थानीय तहलाई सेवा प्रवाहको केन्द्रका रूपमा विकास गर्ने उल्लेख गरेका छन।
मुस्ताङ जाने पर्यटक बढे
कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभई माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या बढेको हो । पर्यटकको आगमन बढेसँगै विगत तीन वर्षदेखि सुनसान अवस्थामा रहेका यहाँका होटल भरिभराउ छन् । असोजदेखि कात्तिकसम्म मुस्ताङ घुम्ने उपयुक्त समय भएकाले आन्तरिक र विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको हो । जोमसोममा रहेको एमोनाइट होटलकी सञ्चालक लक्ष्मी शेरचनले यसपालि पर्यटकको आगमन ह्वात्तै बढेको बताउनुभयो । “विगतका वर्ष कोरोना महामारीका कारण पर्यटक आगमन शून्य भयो । यसपालि असोज पहिलो सातादेखि नै पर्यटक आउन थालेको छन्,” उहाँले भन्नुभयो । ५० जनाको क्षमता रहेको होटलमा एक महिनादेखि भरी हुने गरेको शेरचनले जानकारी दिनुभयो ।
मरेको चितुवामा धामी जाग्दा...
डडेल्धुराको अजयमेरुमा मरेको चितुवालाई लिएर स्थानीय र वनका कर्मचारीबीच अनौठो रस्साकस्सी चलेको छ। स्थानीयवासी मरेको चितुवामा धामी चढेपछि जात्रा गरिरहेका छन्। यता, वन कार्यालयका कर्मचारी उक्त मृत चितुवा लिन गएकोमा सफल हुन सकेका छैनन्। शनिबार मरेको चितुवा फेला परेपछि त्यसमा धामीलाई सवार गराएर मन्दिर लगेका थिए। त्यसको सुरुवात भने अझै एक दुई दिनअघिकै हो। स्थानीयका अनुसार अजयमेरु गाउँपालिका–६, कनाकोटमा रहेको डागेश्वरी मन्दिरमा २५ गते शुक्रबार मेला लाग्यो। त्यसको अघिल्लो दिन बिहीबार रतेडी (राति लाग्ने) मेला लागेकोमा २५ गते दिउँसेडी (दिउँसो लाग्ने) मेला भव्यतासाथ सम्पन्न भयो। गाडेश्वरीमा आठ वर्षपछि पूजाआजासहित मेला लागेको हो।
सुकुम्बासी व्यवस्थापनमा सरकारी निकाय नै विभाजित
बागमती नदी किनारका अव्यवस्थित सुकुम्बासी बस्ती हटाउने विषयमा सरकारका दुई निकाय विभाजित हुँदा अन्योल थपिएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय भूमि आयोग बागमती नदी अतिक्रमणको विषयमा विभाजित हुँदा यस्तो अवस्था आएको हो।
पाँचतले मन्दिर अवलोकन गर्दै पर्यटक
भक्तपुर नगरपालिका–५ स्थित तमारीको पाँचतले मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक ।
‘यूएईसँगको सिरिज नेपालका लागि स्तर सुधार्ने मौका’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले यूएईसँग घरेलु मैदानमा हुने तीन खेलको एकदिवसीय सिरिज नेपालका लागि राम्रो अवसर भएको बताउनुभएको छ ।
पाँच दिनमा ५०३ वटा पराकम्प : सचेत रहन विज्ञको सुझाव
गएको मंगलबार रातीदेखि खप्तड राष्ट्रिय निकुञ्जको आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाएर ५ दिनको अवधिमा साना ठूला गरी ५०३ वटा पराकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
नयाँ मतदाताको माग ‘कुराभन्दा काम गर्ने नेतृत्व चाहिन्छ’
वीरेन्द्रनगर १४ का १९ वर्षीय यामलाल पौडेलले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पहिलो पटक मतदान गर्दै हुनुहुन्छ । सुर्खेत क्षेत्र नं २ प्रदेश सभा (ख) को उहाँ मतदाता हुनुहुन्छ । निर्वाचनले आफूलाई उत्साहित बनाए पनि युवालाई रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय सुरक्षाका लागि एमाले नेतृत्वको सरकार : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा, नेपाल र नेपालीको रक्षाका लागि एमालेलाई भोट दिएर एमाले नेतृत्वको सरकार गठनमा सहयोग गर्न आग्रह गर्नुभएको छ । कालीकोटको रास्कोटमा आयोजना गरिएको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आग्रह गर्नुभएको हो ।
४० वर्षदेखिको आश्वासन पूरा गर्न मतदाताको माग
पूर्वी नवलपरासीको कावासोती – १५ का रामेश्वर माझी माछा मार्न नयाँ जाल बुन्न व्यस्त हुनुहुन्छ । माछा मारेर दिनचर्या बिताउने उहाँलाई चुनाव नजिकिए पनि खासै चासो लागेको छैन । अहिलेसम्म चार वटा निर्वाचनमा मतदान गरिसक्नु भएका उहाँकाअनुसार नेता र उम्मेदवारले दिएको आश्वासन पुरा भएको छैन ।
काठमाडौं–९ मा श्रेष्ठ र धमला प्रतिस्पर्धामा, यस्ता छन् उम्मेदवारका एजेण्डा
नेकपा (एमाले)बाट विसं २०७४ निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठ पुनः प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै, सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)की कल्पना धमला हुनुहुन्छ । उहाँहरू दुई जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
दण्डहीनताले बढायो बेरुजु
आर्थिक कारोबार गर्दा बेरुजु आउने गरी गर्ने र बेरुजु नहुने गरी गर्नेलाई दण्ड र पुरस्कारको प्रावधान कार्यान्वयन नहुँदा नेपालमा प्रत्येक वर्ष बेरुजु बढेको पाइएको छ । बेरुजु फस्र्योट गर्ने र नगर्नेबीच कुनै किसिमको फरक नहुँदा बेरुजु बढ्ने र फस्र्योट नहुने समस्या देखिएको सरकारी अध्ययनले देखाएको हो । राष्ट्रिय योजना आयोगले तयार गरेको ‘नेपालमा लेखापरीक्षण र बेरुजु फस्र्योटको स्थिति अध्ययन प्रतिवेदन, २०७९’ले दण्ड र पुरस्कारको व्यवस्था नहुँदा दण्डहीनता मौलाएकाले यस्तो प्रवृत्ति देखिएको उल्लेख गरेको हो ।
दाङमा प्रतिस्पर्धा रोचक बन्दै
निर्वाचनको मिति नजिकिँदै गर्दा दाङमा चुनावी माहोल तात्तिँदै गएको छ । उम्मेदवारहरू घरदैलो तथा सभा/सम्मेलनमा व्यस्त छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीनवटा क्षेत्र रहेको दाङमा राष्ट्रिय राजनीतिमा स्थापित नेताहरू चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । चुनावी मैदानमा बहालवाला मन्त्री मेटमणि चौधरीदेखि कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र लुम्बिनी प्रदेशका सस्थापक मुख्यमन्त्री शंकर पोखरेल प्रतिस्पर्धामा रहनुभएको छ ।
महेन्द्र र राजेन्द्रबीच कडा प्रतिस्पर्धा
“दशक बित्यो तर सर्लाहीमा हुलाकी राजमार्गको ४२ किलोमिटर खण्ड निर्माण भएन, हुलाकी सडक निर्माणमा किन उदासीनता ?” सर्लाही कौडेना–७ का विजयकुमार यादवले प्रश्न गर्नुभयो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो कार्यकालको उपलब्धिमा ‘प्रत्येक दिन पाँच किलोमिटर कालोपत्रे सडक’ प्रचार सामग्री साझा गर्नुभएको छ । उक्त प्रसङ्ग कोट्याउँदै यादवले थप्नुभयो, “महिनामा एक किलोमिटर कालोपत्रे गरेको भए तीन वर्षमा बनिसक्थ्यो तर अहिले पनि हामी धुलो र हिलोमा नै छौँ ।”
पच्चीस प्रतिशत आयात निर्यात प्रभावित
गत पुस २२ गते भारतको मिरगञ्जस्थित प्रमाणा नदीको पुल भासिएर सवारीसाधन आवतजावत रोकियो । त्यसपछि विराटनगरको भन्सार नाकाबाट आवातजावत गर्ने मालवाहक सवारीसाधन लामो दूरी पार गरेर नेपाल भित्रिनुपर्ने बाध्यता सिर्जना भयो । १० महिना बितिसक्दा पनि यो समस्या समाधान हुन सकेको छैन ।
मागभन्दा कम शिक्षक छनोट
माध्यमिक तहमा मागभन्दा कम शिक्षक छनोट भएका छन्। शिक्षक सेवा आयोगले विभिन्न विषयमा एक हजार ५५२ जना शिक्षक माग गरेकोमा एक हजार १८२ जना शिक्षक छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको छ। मागभन्दा ३७० जना कम सिफारिस भएका छन्।
आकाशको फल आँखा तरी मर
काभ्रेपलाञ्चोकको बनेपा, पनौती र धुलिखेलका उपभोक्ता एकीकृत खानेपानी कुरेर बसेको १० वर्ष भयो । समाचार काम सकिएको भनेर आउँछ, नेताहरूले भाषणमा ९७ प्रतिशत काम सकिएको दाबी पनि गर्छन् । तर उपभोक्ताको धारामा पानी नझरेपछि स्थानीय बासिन्दा खानेपानीको भर गर्न छाडेका छन् ।
मतदानको दिन अत्यावश्यक सवारी साधनले पास लिनु नपर्ने
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको दिन अत्यावश्यक सवारी साधनका लागि पास आवश्यक नहुने प्रष्ट पारेको छ ।
शान्ति र समृद्धिका लागि गठबन्धन जित्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति संवृद्धि र एकताबद्ध नेपालका लागि गठबन्धनको बहुमत सरकार जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनको आयोजनामा भरतपुरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभयो । गठबन्धनले जितेमा दुई–तीन कार्यकालसम्म दलहरुबीच सहकार्य हुने उहाँले बताउनुभयो ।
गुमेको नेपाली भूमि फिर्ता ल्याउँछौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालसँगको परामर्शविना कालापानीमा भारतीय सरकारले फौज राखेर नेपाली भूमि नियन्त्रणमा लिएकाले त्यसलाई फिर्ता ल्याइने बताउनुभएको छ ।